भक्तपुर: मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर विडम्बना करिब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ । त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ । कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता विना सञ्चालनमा छन् तर जिम्मेवार निकाय नगरपालिका भने बेखबर बनिरहेको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन सुरु गरेको बताउनुभयो । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उहाँले आजदेखि सुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताउनुभयो । कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पुर्याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।” सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहेपनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उहाँको भनाइ छ । कडा अनुगमनका बिचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा रहेका छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौँला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।” उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । “विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उनले भने, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।” विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । बराललाई शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको उल्लेख छ ।
पोखरा: लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए । बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ । माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए । कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे । विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो ।
पोखरा: पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुची लाग्छ । पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन् । बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । ‘घरमा ड्याडी ममीले पुस्तक पढ्न एकदमै रुची दिनुहुन्छ । र उहाँहरुले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने ज्ञिजासा जागृती हुन्छ’, उनले भनिन् । विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ’, उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे । आर्या भन्छिन्, ‘यति धेरै पुस्तक छन् की तिन वटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।’ पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् । ‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ’, उनको सुझाव छ । विद्युत्तिय सञ्चार माध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन् । ‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुदैन । रुची अनुसारको पढ्न प्रेरित गरेमा उनीहरुले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्’, उनलाई लाग्छ । सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक हो ‘मुना मदन’ । बाल्यकालमा उनका शिक्षकले मुना मदनको चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन । जब गाउँमा कक्षा ५ सम्मको पढाई सकेर पोखरा झरे बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए । साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन् । ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ । अरुमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ’, उनले सुनाए । विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।’ विदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् । ‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुची अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो ।
पोखरा: पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजीटल साक्षरता कार्यक्रम भएको छ । शब्दहरुको उत्सव, स्रष्टाहरुको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजीटल साक्षरता प्रदान गरिएको हो । ग्लोबल आइएमी बैंकका रिलेशनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजीटल बैंकिङको बारेमा सहजीकरण गरे । सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरे । डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो । उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए । ‘स्कुलको फि पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं । बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन । घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फि तिर्न सकिन्छ’, सिंहले भने । यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ । मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए । ‘मोबाइल बैंकिङ भएपछि अरुको फ्रड गर्छ की अफ्ठ्याराहरु पर्छ की भन्या जस्तो सोच्नु भएन । बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं’, सिंहले विश्वस्त बनाए । उनले ओटीपी कोर्ड, पासवर्ड, पीन नम्बर र सुरक्षा प्रश्नहरु अरुमाझ नबाँड्न सिंहले अनुरोध गरे । ग्लोबल आइएमी बैंकले डिजिटल बंैकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरेट बैंकिङ, क्युआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, इकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा दिदैं आइरहेको छ । ‘क’ वर्गको ग्लोबल आइएमीले ३५६ शाखामार्फत सेवा दिदैं आइरहेको छ । २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशीक कार्यालयमार्फत सेवा दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमको एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले उद्घाटन गर्नुभयो । कार्यक्रममा कुलपति विखर्चीले लेखनाथ क्षेत्रमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा गुरुकुल विद्याश्रम सकृय रहेको बताउनुभयो । अतिरिक्त क्रियाकलापमा विद्याश्रमले अग्रणी स्थान ओगटेको बताउँदै उहाँले विद्यार्थीले प्राप्त गर्ने सफलता नै शैक्षिक संस्थाको सफलता हुने बताउनुभयो । विद्याश्रमका प्राचार्य मिलन केसीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिइएको बताउनुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् विद्याश्रमका पूर्व नृत्य शिक्षक गोरे गुरुङले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै यस क्षेत्रको शैक्षिक विकासमा विद्याश्रमले विशिष्ट योगदान पु¥याएको बताउनुभयो । अभिभावक सरस्वती श्रेष्ठले विद्यालयमा पठाएर मात्र कर्तव्य पूरा नहुँने बताउँदै आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले समय दिनुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए भने शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूलाई प्राचार्य मिलन केसी, संस्थापक क्या.मदन केसी, सहायक प्राचार्य नारायण बराल लगायतले पुरस्कृत गर्नुभएको थियो । प्राचार्य मिलन केसीको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन गुरुकुल विद्याश्रम तथा गुरुकुल कलेज अफ म्यानेजमेन्टका अतिरिक्त क्रियाकलाप प्रमुख रामप्रसाद ढकालले गर्नुभएको थियो भने सल्लाहकार निलिसा ठकुरी केसीले धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ । १४ जनाको सर्ट लिस्टमा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुुसाल र सूर्यबहादुर थापा छन् । आवेदन दिएका ४३ जनामध्ये व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ । सर्टलिस्टमा परेकाहरुको आउँदो माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेगरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरिने समितिले जनाएको छ । अन्तर्वार्ताबाट छानिने तीन जनामध्ये एक जना उपकुलपतिमा नियुक्त हुनेछन् । गएको कात्तिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । यसअघिका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष शिवलाल भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । नयाँ नियुक्तिमा ढिलाइ भएपछि भुसाललाई फेरि ३ महिनाका लागि जिम्मेवारी दिइएको छ ।
काठमाडौं: आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा माघ १२ गते भएको उक्त समारोहमा ३१९ जना विद्यार्थीहरू दीक्षित भएका छन्। नेपालका लागि बेलायती राजदूत रोब फेनको प्रमुख आतिथ्यतामा सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अविभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी ९सिएसइ० मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।