पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...

काठमाडौं:  एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो ।   यो पनि पढ्नुहोस   एसईईको नतिजा सार्वजनिक

काठमाडौं:  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो ।  गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।  नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।  एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।  यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 

भक्तपुर:  यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि तानेर एक साताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ, त्यसैका लागि दिनरात काम भइरहेको छ ।” असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

काठमाडौं:  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम भर्ने म्याद पुनः थप गरिएको छ।  परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरले यसअघि वैशाख १२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनामार्फत जेठ ११ गतेलाई अन्तिम म्याद तोकेको थियो। तर विद्यालय, विद्यार्थी तथा अभिभावकहरूबाट आएको मागको सम्बोधनस्वरूप उक्त म्यादलाई  जेठ ३० गतेसम्म कायम हुने गरी थप गरिएको छ।  यस अन्तर्गत विद्यालयहरूले विद्यार्थीको फाराम संकलन गरी तोकिएको शुल्क बुझाएर प्राप्त भौचरसहित असार ८ गते आइतबारसम्म सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पेश गर्नु पर्नेछ। यसका अतिरिक्त, रजिस्ट्रेसन फारामसम्बन्धी अन्य कार्यतालिका भने अघिल्लो सूचनाअनुसार नै यथावत् रहने सोमबार बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।   

पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ ।   आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार मूल्यको जग्गामा बन्ने ५ तले भवनमा ४० कोठा रहनेछ ।   उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरू कलावती र भद्रकली पराजुलीले नयाँ वर्षकै दिन सोमबार संयुक्त शिलान्यास गरे । भवन यही वर्षभित्र निर्माण सक्ने लक्ष्य छ ।   वडाध्यक्ष बरालले वडा नं. ५ को गर्वलायक शैक्षिक संस्था शान्ति निकेतन वडाको सम्पति भएको र शैक्षिक सेवा विस्तार गर्ने उद्देश्यका साथ भौतिक संरचना निर्माणतर्फ केन्द्रीत रहेकोमा खुशी व्यक्त गरे ।   उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यास आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्ने औँल्याए ।     शिक्षासेवी हेरम्बप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औंल्याए ।   गण्डकी बोर्डिङका पूर्व प्राचार्य रविप्रसाद बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै शिक्षा साझा विषयवस्तु रहेको उल्लेख गरे ।   हिसान कास्कीका सचिव एवं प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्बल शैक्षिक संस्थाको संज्ञा दिए । त्यस अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सचिव एवं पूर्व जनप्रतिनिधि अञ्जु केसी, पोखरा महानगरकार्यपालिका सदस्य हरिमाया विश्वकर्मालगायतले पनि धारणा राखे ।   विद्यालयका संस्थापक प्राचार्य डा. पराजुलीले सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने मान्यतामा साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै अभिभावकको सुझाव ग्रहण गरी भवन निर्माण थालिएको स्पष्ट पारे । विद्यालय अध्यक्ष कृष्णमणि भुर्त्यालको अध्यक्षतामा भएको कार्यक्रम समाजसेवी पुरुषोत्तम पराजुलीले संचालन गरेका थिए ।   सोमबार शिलान्यासपछि पत्रकार सम्मेलन गर्दै विद्यालयले आगामी शैक्षिक रणनीतिका बारेमा पनि जानकारी दिएको छ । संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी गराए ।   ‘२०६२ सालमा युवाहरूको पहलमा स्थापित यस विद्यालयको शैक्षिक गुणस्तरीयताबारे हामी गर्वका साथ भन्न सक्छौं कि पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरी हामी पटक पटक सम्मानित भएका छौँ । ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन भइसकेको छ ।’ – डा. पराजुलीले भने ।   प्राचार्य पराजुलीले विद्यालयले आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी, समतामूलक समाज निर्माणमा विद्यार्थी केन्द्रीत शिक्षा प्रणालीमा विश्वास राख्ने उल्लेख गरे ।   ‘अत्याधुनिक भौतिक संरचना भित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने क्रममा हामी केवल पाठ्यक्रम र परीक्षा आधारित शिक्षामा मात्र केन्द्रीत रहनेछैनौँ ।  शिक्षण पद्धति अनुसन्धानमूलक र खोज  विधिमा आधारित रहनेछ ।’ उनले थपे – ‘विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने हाम्रो मूलभूत उद्देश्य रहनेछ । विश्व बजारमा प्रभुत्व जमाउने गरी भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्नु मुख्य ध्येय रहनेछ ।’   शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटर भित्र पोखरा ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएको छ ।     पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठनपाठन गराउने उनले सुनाए ।   उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए ।   पराजुलीले भने, ‘लागत बढ्दैमा हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं । भूकम्पप्रतिरोधी नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वल्र्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ ।’   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन् ।  उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए ।

चितवन:   नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।   कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् ।   केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी तनहुँ (देवघाट र खैरहनी गाउँपालिका), रौतहट, बारा, पर्सा मकवानपुर, नवलपरासी (वर्दघाट सुस्तापूर्व) र चितवनमा बिक्री गर्दै आएको छ ।   प्रमुख केसीले भने, “शैक्षिकसत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउने गरी बिक्री सुरु भएको छ ।” गत वर्ष १४ लाख ७६ हजार ३५९ थान पुस्तक बिक्री भएका थिए ।   गत वर्ष कक्षा ३, ४ र ५ को पाठ्यपुस्तक निजी क्षेत्रले पनि बिक्री गरेका थिए । यो वर्ष कक्षा ३ देखि नै केन्द्रले पाठ्यपुस्तक बिक्री गरेको छ ।

पोखरा महानगरपालिका–१, मोहरिया टोलमा ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नारासहित सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा  नि:शुल्क आँ आँखा परिक्षण सम्पन्न भएको छ ।   वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने कार्यक्रमको अवसरमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको हो ।   हिमालय आँखा अस्पतालले प्राविधिक सहयोगमा भएको सो शिविरमा  अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुगरी सय बढीले सेवा लिएका थिए ।    सोही सन्दर्भमा साँस्कृतिक कार्यक्रम, शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई  पुरस्कृत गरिएको थियो ।    उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको  बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि  कार्ययोजना राख्दै  विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गरेका थिए ।   विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।

पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ  ।   बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए  ।   उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ ।    डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए ।    ‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’      डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए  ।   सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ । 

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ ।   आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।   गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् ।   नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताए ।   महाङ्सघले आज विज्ञप्ति जारी गरी यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम-गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा संलग्न नहुन सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।