पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’ २६ गते

आइटी पाठ्यक्रमबारे छलफल हुने

पाेखरा | चैत २४, २०८१

पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’ २६ गते

पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ  ।

 

बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए  ।

 

उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ । 
 

डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए । 

 

‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’ 

 

 

डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए  ।

 

सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्