ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला सुरु, सोमबारदेखि खेल सञ्चालन हुने

पाेखरा | चैत २४, २०८१

ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला सुरु, सोमबारदेखि खेल सञ्चालन हुने

पोखरा:  कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आजदेखि ऐतिहासिक ३१ औं चैत्र दशैं मेला सुरु भएको छ ।
 

ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला सुरु भएको हो ।

 

मेलाको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले गरे । 

 

सो अवसरमा बोल्दै मन्त्री केसीले ल्वाङगाउँ पुग्ने सडक स्तरोन्नतीका लागि उचित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए  । 

 

 

उनले गण्डकी प्रदेश संस्कृति र प्रकृतिमा धनि रहेको बताउदै प्रवद्र्धनको आवश्यकता रहेको बताए । 

 

उनले ल्वाङगाउँ आन्तरिक तथ बाह्य पर्यटकको रोजाईको गन्तव्य भएको उल्लेख गर्दै पूर्वाधारको विकास जरुरी देखिएको धारणा राखे ।

 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, पूर्वाधार विकास कार्यालयका प्रमुख सोभित खड्का, नेकपा एमाले कास्कीका उपसचिव लाल बहादुर परियार, ल्वाङ समितिका अध्यक्ष हितकाजी गुरुङ, एक्याप ल्वाङ​का प्रमुख लेखनाथ गौतम, स्थानीय समाजसेवी तथा पर्यटन व्यवसायीहरु लगायतले बोलेका थिए ।

 

सोही मेलाकै अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भौतिकमन्त्री केसीले भौतिक मन्त्रालयबाट विजियोजित ५ करोडको लागतमा निर्मित भाङखोला–ल्वाङको (१ हजार २ सय मिटर ढलान) सडकको उद्घाटनसमेत गरेका थिए ।

 

क्लबका अध्यक्ष सुजन गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रताप गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, कार्यक्रम सञ्चालन तिर्थ गुरुङले गरेका थिए ।

 

औपचारिक कार्यक्रमसँगै स्थानीय दुई भेट्रान्स टिमबीच प्रतिस्पर्धा भएको थियो  ।

 

सोमबारदेखि खेल सञ्चालन हुने

 

यही २७ गतेसम्म सञ्चालन हुने सो मेलामा भोलि (सोमबार) देखि भलिबल प्रतियोगिता सञ्चालन हुुने खेल संयोजक अनोद गुरुङले बताए ।

 

उनका अनुसार क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आज (आइतबार) सम्म टिम दर्ता भइरहेको छ ।

 

अहिलेसम्म पुरुषतर्फ करिब १० टिमको दर्ता भएको  छ । 

 

पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।

 

उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।

 

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ  ।

 

उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्य...

थप पढ्नुहोस्

डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।       ...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ ।       यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको...

थप पढ्नुहोस्