पोखरा २०: भलाममा छात्र/छात्रा ५ र ३ किमी दौड चैत्र २९ गते हुँदै
पाेखरा | चैत २४, २०८१
पोखरा महानगर पालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिएका हुन् ।
सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।
पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले जनाएका छन् ।
उनले भने–“यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगरपालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ । स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”
मञ्चले पोखरालाई दौडै दौडको शहरमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन हेतु विगत तीन महिना देखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ ।
पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिव ३ हजार भन्दा बढिको सहभागिता भइसकेको छ ।
वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको छ ।
पोखरा: शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...
पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपा...
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् । उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ । आज भएको सेमिफा...

