भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...

पाेखरा:  ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ ।   पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।   गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए ।   यस्तै  कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए ।    यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए । यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए ।    दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।   सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे ।   मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् ।   विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।  

चितवन:     चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।    नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख  लामाले जानकारी दिनुभयो । नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठन पाठनमा सहज  बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुँदै आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”  यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषा सम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताउनुभयो ।   सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९ सामुदायिक विद्यालय छन् ।

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए। ‘नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ’, उनले भने, ‘विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।’ विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो । एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।

पोखरा:     मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ ।  प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरि ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाउने विद्यार्थीमा निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, बराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ्रे मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरिशंकर मनिलाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियार रहेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए । त्यस्तै निष्पक्ष मावि रिभान, बराह मावि भिंडावारी, माछापुच्छ्रे मावि भुर्जुङखोला, शारदा मावि माछापुच्छ्रे १, गौरिशंकर मनिलाल मावि सैतिघट्ट, भारती भवन मावि पुरन्चौर र संगम मावि अन्न्पुर्ण ६ चन्द्रकोटलाई गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव गिरीले बताए । वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको थियो । जसमा निष्पक्ष मावि प्रथम, माछापुच्छ्रे मावि ढिकुरपोखरी द्वितिय, सिर्जना मावि सिम्पाली तृतिय र भारती भवन मावि सान्त्वना हुन सफल भएको थियो । बराह माविमा भएको वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुृर गुरुङले राज्यले गर्नुपर्ने कार्यलाई प्रतिष्ठानले गरेकोमा आभार प्रकट गरे ।  कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा ५ का वडाध्यक्ष नारायण पौडेल, वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम, बराह माविका प्रधानाध्यापक मिनराज अधिकारिलगाएतले शुभकामना मन्तव्य राखेका थिए । प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पुर्व कोषाध्यक्ष नरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए । मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक डा। राम गिरी हाल जापानमा छन् । उनलाई नेपालको शैक्षिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको भन्दै जापान सरकारद्वारा अनुमति प्राप्त गैरनाफामूलक जापानी संस्था सामाजिक योगदान सहयोग फाउन्डेसन ९कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदान० ले जापानमा सम्मान समेत गरेको थियो । प्रतिष्ठानले पछिल्लो पाँच वर्षमा शिक्षा क्षेत्रमा मात्रै ३१ लाख भन्दा बढी खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

काठमाडौं:   आजदेखि  कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरु भएकाे छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।   उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुनेछन् ।   ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।   परीक्षाका लागि बो र्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एकएक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।   पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो ।   परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।   यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ ।

काठमाडौंः   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताउनुभएको छ । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताउनुभएको हो । “मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब वा हस्तक्षेप हुँदैन ।   यहाँहरुले पनि विभिन्न पार्टीका शीर्ष नेताहरूलाई हस्तक्षेप नगर्न भनिदिनुहोला”, उहाँले भन्नुभयो । शिक्षाविद्हरूले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिष्ट्रारमा दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गराएकामा मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका थिए । मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्तिमा पनि प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिने र उक्त छनोट प्रक्रियामा आफू संलग्न नहुने स्पष्ट गर्नुभयो ।   उहाँले विद्यमान कानुनले कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भएकाले बसेको पाइएमा कारबाही गर्न आफू कटिबद्ध रहेको अवगत गराउँदै शिक्षक बन्न ‘बिएड’ पढेकै हुनुपर्ने बाध्यतालाई हटाउनेलगायत शिक्षक पदपूर्तिको मापदण्डसम्बन्धी सुझाव दिनका लागि कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।

काठमाडौंः  प्राध्यापक एवम् प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।   आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवम् प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।   प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”   देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।”   भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”   छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा.गौरीशङ्करलाल दास, डा.गोविन्द पोखरेल, डा.सन्दुक रूइत, डा.अर्जुन कार्की, डा.जेपी अग्रवाल, डा.नरेशमान बज्राचार्य, डा.असीम ढकाल, डा.भगवान कोइराला, डा.विष्णु उप्रेती, डा.धर्मकान्त बास्कोटा, डा.देवेन्द्रराज पाण्डे, डा.लवदेव अवस्थी, डा.मदन उपाध्याय, डा.महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।  

पोखरा:       नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ ।   इक्यान कास्कीले आज (सोमबारं पोखरामा पत्रकार सम्मेनल गर्दै चैत ३० गते शैक्षिक बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।  नेपाल शैक्षिक परामर्श संघ कास्कीका उपाध्यक्ष सन्तोष शाहीले चैत ३० गते पोखरामा शैक्षिक बहस कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले चैत ३० गते राष्ट्र निर्माणको लागि विश्वव्यापी शिक्षा विषयमा बहस गर्दै छौं’, उपाध्यक्ष शाहीले भने, ‘कार्यक्रममा तीन सेसन हुन्छ, पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्ने छौं जसमा मुख्य वक्तामा महानायक राजेश हमाल आउनुहुन्छ ।’ उनका अनुसार अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट)का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् । ग्लोवल एजुकेशनका विषयमा lशिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए ।  कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए । बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए ।  कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे । इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् । कार्यक्रम पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा हुनेछ । 

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।  पूर्व प्रकाशित परीक्षा तालिका प्राविधिक कारणले २०८१ वैशाख १६ गते देखि सञ्चालन हुने गरी पुनः परिमार्जन भएको पनिकाले जनाएको छ। परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म चल्नेछ।  परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेको भन्दै पनिकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन भनेको छ।