काठमाडौं: आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन् । सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । गत असोज ३ गते देखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरेपछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ । यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सवारी आबातजावत रोकिएको थियो । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाड्ने अडान लिएपछि सरकार अप्ठयारोमा परेको छ । आज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन् ।
काठमाडौँ: शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए । आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ।
पोखरा: शिक्षा सेवी स्व. नारायण सिग्देलको स्मृतिमा पोखरा ८ सिमलचौरमा रहेको श्रीराम आधारभुत स्कुलमा छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना भएको छ । स्व. सिग्देलको स्मृतिमा उनको परिवारले अक्षयकोषको स्थापना गरेको हो । सिग्देलकी श्रीमती हरीमाया सिग्देल र छोरा डा. यज्ञराज सिग्देलले १ लाख रुपैयाको अक्षय कोष स्थापना गरेका हुन् । सोही विद्यालयका सस्थापक प्रधानध्यापक रहेका स्व. नारायण सिग्देले विद्यालयमा ३० वर्ष सम्म अध्यापन गराएका थिए । अक्षयकोषका लागि विद्यालयका प्रधानध्यापक तिर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति चालिसे, पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगाएतलाई हरीमाया सिग्देल र डा.यज्ञराज सिग्देलले १ लाख रुपैयाका चेक हस्तान्तरण गरे । १ लाख रुपैयाबाट आएको व्यजबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने विद्यालयक प्रधानध्यापक न्यौपानेले बताए ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ। यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पूरानो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसलाई पोखराको गौरवको विषय भएको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६४ औं वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले पृथ्वीनारायण क्याम्पसमा पोखराका केही क्याम्पस गाभेर विश्वविद्यालय बनाउने लक्ष्य सफल नभए पनि क्याम्पस विश्वविद्यालय सरह नै रहेको बताए । ‘पोखराको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय सरहको रुपमा रहेको छ, क्याम्पसलाई पोखराको गौरवको विषयमा अगाडि बढाउनुपर्छ’, मेयर आचार्यले भने, ‘पोखरा भन्दा बित्तिकै पृथ्वीनारायण क्याम्पसको नाम आउँछ, कतिले यसलाई ध्यान दिदैनन्, सबैले ध्यान दिने गरी समाजको सबै क्षेत्रमा पुग्ने गरी क्याम्पसको विकासमा सधै साथ रहनेछ ।’ महानगरको कार्यक्षेत्रमा विद्यालय बाहेक कलेजहरुमा काम गर्न नमिल्ने बताउँदै मेयर आचार्यले अध्ययन अनुसन्धानमा सहकार्य गर्न नीति तथा कार्यक्रममा बजेट बिनियोजित गरेको बताए । उनले पृथ्वीनारायण क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा स्पष्ट रहन आवश्यक रहेको बताए । ‘पोखरामा दुईवटा विश्वविद्यालय स्थापना भइसकेका छन्, अन्य क्याम्पसले भन्दा पिएन क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा क्याम्पस स्पष्ट हुन आवश्यक ।’ उनले भने । क्याम्पसबाट पास भएकाले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्र हुने भएकाले प्रयोगात्मक ज्ञान कम हुँदा दक्ष जनशक्ति उत्पादनमा असर परेकाले यसमा पनि क्याम्पसले दिन आवश्यक रहेको मेयर आचार्यले बताए । आफुले प्राप्त गरेको सफलताको पहिलो खुड्लिा क्याम्पस भएकाले क्याम्पस प्रति सधै ऋणी रहेको मेयर आचार्यको भनाई छ । यस्तै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.सरोज कोइरालाले नेपाल सरकारले त्रिविका शिक्षक ÷कर्मचारीको तलब बाहेक अन्य शिर्षकमा अनुदान रकम नदिँदा त्रिविलाई आर्थिक भार परिरहेको बताए । ‘नेपाल सरकारले त्रिविका शिक्षक÷कर्मचारीको तलव बाहेक निवृत्तिभरण,सञ्चयकोष र दक्षता अभिवृद्धि भत्ता शिर्षकमा कुनैपनि अनुदान दिँदैन’, कोइरालाले भने, ‘यही शिर्षकमा सरकारबाट प्राप्त हुने सुविधा नआउँदा त्रिविलाई वार्षिक करिव ४/५ अर्बको आर्थिक भार परिरहेको छ ।’ उनले त्रि।विबाट यस क्यामपसमा स्वीकृत केन्द्रीय दरबन्दीमा कार्यरत शिक्षक÷कर्मचारीको तलबभत्त मात्र अनुदान स्वरुप आउने र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरुलाई आन्तरिक स्रोतबाट नै व्यवस्थाप मिलाउनुपर्ने समस्या रहेको सुनाए । क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा गत आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार स्नातक र स्नातकोत्तर तहमा ११ हजार ६ सय ८४ जना विद्यार्थीहरु रहेको क्याम्पसले जनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कविता लेखन प्रतियोगितामा सागर पनेरु प्रथम, गीता आचार्य द्धितीय र शारदा आचार्य तृतीय भएकी थिईन् । उनीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडको CSR अन्तर्गतको छात्रवृत्ति संजिव जि।टी, मुक्तिध्वज सूर्यकुमारी जोशी जेहेन्दार शिक्षा पुरस्कार विनिता बराल, बालगोपाल÷भागिरथी अमात्य छात्रवृत्ति कोष पुरस्कार, एमएडका संदिप बस्याल र क्षितिज थापा र एमतर्फ मंदिप श्रेष्ठ र समिरा बाटाजुलाई प्रदान गरिएको छ । यस्तै कृष्ण भारती छात्रवृत्ति कोष पुरस्कार स्नातक तहमा अध्ययनरत आयुष भट्टराई र टिकाकुमारी क्षेत्री, स्नातकोत्तर तहतर्फ बिमल पराजुली र अनिषा रिमाल र डिल्लु प्रसाद सापकोटा स्मृति पुरस्कारबाट मानविकी स्नातकोत्तर तर्फ विशाल रेग्मी र मिलनकुमारी नेपालीलाई प्रदान गरिएको थियो ।
बागलुङ: ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । वि.सं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ । १४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो । भदौ १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेषरुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “यो वर्ष पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।
पोखरा: पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई अभिनन्दनसहित नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरा विश्वविद्यालयका डीन डा. अजय थापाले शिक्षाले व्यावहारिक एवम् जीवनोपयोगी ज्ञाप प्रदान गर्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय धेरै निजी विद्यालयहरु अस्तित्वमा रहेको बताउदै पोखरा आदर्श सेकेन्डरी स्कुलको छबी पृथक रहेको बताए । उनले आदर्श सेकेन्डरीले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेको बताउदै आथामी दिनमा रचनात्मक र सकरात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । त्यसैगरी अभिनन्दित वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले गीत प्रस्तुत गर्दै विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गराएका थिए । सो कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने , लेक सिटी कलेजका अध्यक्ष प्रा. डा विश्वकल्याण पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा १० का छात्राहरुले स्वागत नृत्य १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए । ‘नराम्रो सोचाइमा डुल्न हुँदैन’ गीतको रचनाकार नेपाली विषय शिक्षक ज्ञानेश्वर सुवेदी तथा उक्त गीतमा स्वर भर्ने बाल कलाकारहरु क्रमशः संस्कृति सुवेदी, रोधा तामाङ , अभिषेक आचार्य , अस्मित पराजुली र निरुता श्रीसलाई सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा १२ र ११ मा अध्ययनरत विद्यार्थीहरुले गायन , नृत्य , कविता प्रस्तुत गरेका थिए भने कक्षा ११ विज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् । मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु क्रमशः भैरव सिर्पाली, नम्रता आचार्य , इश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श सेकेन्डरी स्कुलका प्राचार्य श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली भाषा विषय शिक्षक ज्ञानेश्वर सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार भदौ १३ गतेभित्र प्राप्ताङ्क पुनः परीक्षणका लागि आवेदन दिन सकिनेछ । उहाँले जसका लागि मार्कसिटको लेजर र प्रवेश पत्रको प्रतिलिपि एक–एक प्रतिसहित नजिकको परीक्षा बोर्डको प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालय सानोठिमीमा बुझाउन सकिने बताउनुभयो । निवेदनका दिँदा कुनै शुल्क भने नलाग्ने जानकारी उहाँले दिनुभयो । प्रवक्ता अर्यालका अनुसार निवेदन दिएको पाँच–छ दिनभित्रै पुनः परीक्षणको नतिजा सार्वजनिक गरिनेछ । कक्षा १२ को नतिजा हिजो ९मङ्गलबार० सार्वजनिक भएको थियो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको थियो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ छ । यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।
काठमाडौ: मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२र०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड ९माथिल्लो तह अध्ययनका लागि योग्य० भएका छन् । त्यस्तै ५६ जनाको परीक्षा रद्ध भएको छ । गत वर्ष जारी लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल नभने पनि एनजी आएकाहरुले माथिल्लो तहको अध्ययन गर्न पाउने छैनन् । उनीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माका अनुसार परीक्षा भएको ८० दिनपछि नतिजा सार्वजनिक हुँदा ५०.९१ प्रतिशत उतीर्ण भएका छन् । ‘विगत वर्ष भन्दा केही इम्प्रुभ भएको मानेका छौं’ उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने । यसले विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको घट्दो संख्यामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । यस्ताे छ नतिजा मंगलबार सार्वजनिक नतिजा अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९७६ जना छन् । ३.२१ देखि ३।६० जीपीए ल्याउने ३८ हजार ९९९ जना, २.८१ देखि ३.२० ल्याउने ६९ हजार १७४ जना, २.४० देखि २.८० आउने ६३ हजार ७७ जना, २.१ देखि २.४० जीपीए आउने ११ हजार ४३८ जना र १.६१ देखि २ जीपए ल्याउने ४७ जना छन् । माथिल्लो ग्रेड ल्याउनेको संख्या र प्रतिशत गत वर्षभन्दा बढेको र तल्लो ग्रेड ल्याउनेको प्रतिशत घटेको अध्यक्ष शर्माले बताए । यस हिसाबले पनि नतिजा सुधार भएको मान्न सकिने उनको दाबी छ ।अघिल्ला वर्षहरुमा दुईवटा विषयसम्म एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर यो वर्षदेखि जति वटा विषयमा एनजी आएको छ त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने सदस्य सचिव अर्यालले जानकारी दिए ।पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

