पृथ्वीनारायण क्याम्पस पोखराको गौरव: मेयर आचार्य

पाेखरा | भदौ १७, २०८०

पृथ्वीनारायण क्याम्पस पोखराको गौरव:  मेयर आचार्य

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पूरानो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसलाई पोखराको गौरवको विषय भएको बताएका छन् । 


पृथ्वीनारायण क्याम्पसको ६४ औं वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् । 


उनले पृथ्वीनारायण क्याम्पसमा पोखराका केही क्याम्पस गाभेर विश्वविद्यालय बनाउने लक्ष्य सफल नभए पनि क्याम्पस विश्वविद्यालय सरह नै रहेको बताए । 

 
‘पोखराको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय सरहको रुपमा रहेको छ, क्याम्पसलाई पोखराको गौरवको विषयमा अगाडि बढाउनुपर्छ’, मेयर आचार्यले भने, ‘पोखरा भन्दा बित्तिकै पृथ्वीनारायण क्याम्पसको नाम आउँछ, कतिले यसलाई ध्यान दिदैनन्, सबैले ध्यान दिने गरी समाजको सबै क्षेत्रमा पुग्ने गरी क्याम्पसको विकासमा सधै साथ रहनेछ ।’


महानगरको कार्यक्षेत्रमा विद्यालय बाहेक कलेजहरुमा काम गर्न नमिल्ने बताउँदै मेयर आचार्यले अध्ययन अनुसन्धानमा सहकार्य गर्न नीति तथा कार्यक्रममा बजेट बिनियोजित गरेको बताए । 


उनले पृथ्वीनारायण क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा स्पष्ट रहन आवश्यक रहेको बताए । ‘पोखरामा दुईवटा विश्वविद्यालय स्थापना भइसकेका छन्, अन्य क्याम्पसले भन्दा पिएन क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा क्याम्पस स्पष्ट हुन आवश्यक ।’ उनले भने । 


क्याम्पसबाट पास भएकाले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्र हुने भएकाले प्रयोगात्मक ज्ञान कम हुँदा दक्ष जनशक्ति उत्पादनमा असर परेकाले यसमा पनि क्याम्पसले दिन आवश्यक रहेको मेयर आचार्यले बताए । आफुले प्राप्त गरेको सफलताको पहिलो खुड्लिा क्याम्पस भएकाले क्याम्पस प्रति सधै ऋणी रहेको मेयर आचार्यको भनाई छ । 


यस्तै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.सरोज कोइरालाले नेपाल सरकारले त्रिविका शिक्षक ÷कर्मचारीको तलब बाहेक अन्य शिर्षकमा अनुदान रकम नदिँदा त्रिविलाई आर्थिक भार परिरहेको बताए । 


‘नेपाल सरकारले त्रिविका शिक्षक÷कर्मचारीको तलव बाहेक निवृत्तिभरण,सञ्चयकोष र दक्षता अभिवृद्धि भत्ता शिर्षकमा कुनैपनि अनुदान दिँदैन’, कोइरालाले भने, ‘यही शिर्षकमा सरकारबाट प्राप्त हुने सुविधा नआउँदा त्रिविलाई वार्षिक करिव ४/५ अर्बको आर्थिक भार परिरहेको छ ।’


उनले त्रि।विबाट यस क्यामपसमा स्वीकृत केन्द्रीय दरबन्दीमा कार्यरत शिक्षक÷कर्मचारीको तलबभत्त मात्र अनुदान स्वरुप आउने र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरुलाई आन्तरिक स्रोतबाट नै व्यवस्थाप मिलाउनुपर्ने समस्या रहेको सुनाए ।   


क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा गत आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार स्नातक र स्नातकोत्तर तहमा ११ हजार ६ सय ८४ जना विद्यार्थीहरु रहेको क्याम्पसले जनाएको छ । 


वार्षिकोत्सवको अवसरमा आयोजित कविता लेखन प्रतियोगितामा सागर पनेरु प्रथम, गीता आचार्य द्धितीय र शारदा आचार्य तृतीय भएकी थिईन् । उनीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । 


यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडको CSR अन्तर्गतको छात्रवृत्ति संजिव जि।टी, मुक्तिध्वज सूर्यकुमारी जोशी जेहेन्दार शिक्षा पुरस्कार विनिता बराल, बालगोपाल÷भागिरथी अमात्य छात्रवृत्ति कोष पुरस्कार, एमएडका संदिप बस्याल र क्षितिज थापा र एमतर्फ मंदिप श्रेष्ठ र समिरा बाटाजुलाई प्रदान गरिएको छ । 


यस्तै कृष्ण भारती छात्रवृत्ति कोष पुरस्कार स्नातक तहमा अध्ययनरत आयुष भट्टराई र टिकाकुमारी क्षेत्री, स्नातकोत्तर तहतर्फ बिमल पराजुली र अनिषा रिमाल र डिल्लु प्रसाद सापकोटा स्मृति पुरस्कारबाट मानविकी स्नातकोत्तर तर्फ विशाल रेग्मी र मिलनकुमारी नेपालीलाई प्रदान गरिएको थियो ।

दमौली:    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...

थप पढ्नुहोस्