चट्याङ लागेर दिदीकाे मृत्यु, बहिनी घाइते

बाजुरा | भदौ १७, २०८०

चट्याङ लागेर दिदीकाे मृत्यु, बहिनी घाइते

बाजुरा: चट्याङ लागेर बाजुरामा दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् ।

 

गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता घाइते भएकी छिन् ।

 

कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ ।

 

घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:  पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार म...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ । एमाले प्रतिनिधि सभा पुनस्र्थापनाका निम्ति सर्वोच्च अदालत जाने निर्णयमा पुगेको हो ।  मङ्ग...

थप पढ्नुहोस्

पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...

थप पढ्नुहोस्