एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै
पाेखरा | मंसिर ३, २०८२
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन ।
सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको छलफलमा सहभागीहरुले बताएका छन ।
पशु सेवा विभागको आयोजना, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला पोखराको संयोजन र खाद्य तथा कृषि संगठन एफ ए नेपालको सहयोगमा आयोजित ‘मानवीय व्यवहारसँग जोडिएको जैविक प्रतिरोध’ विषयक संवादमा सहभागीहरुले एन्टिबायोटिकको अनियन्त्रित प्रयोगका कारण गम्भीर स्वास्थ्य संकटतर्फ धकेलिँदै गएको बताएका हुन ।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा किरण पाण्डेका अनुसार नेपालमा एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै गएको बताए । पाण्डेका अनुसार डब्लुएचओले सार्वजनिक गरेको सूचीमा नेपाल जोखिममा परेका सय भन्दा धेरै मुलुकमध्ये ५२ औं स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अध्ययन अनुसार सन् २०५० सम्म एन्टिमाइक्रोबियल रेजिस्टन्स एमएमआर का कारण प्रत्येक दुई सेकण्डमा १ जनाको मृत्यु हुने देखाएको छ ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका डा. रमेश केसीले एन्टिबायोटिक दुरुपयोग नेपालका लागि गम्भीर संकट बन्दै गएको बताए । एन्टिबायोटिक दुरुपयोगका कारण १५ प्रतिशत बिरामीमा औषधीले काम नै नगरेको देखिएको र यसको नियन्त्रण नगरेको खण्डमा स्वास्थ्य खर्च बढ्ने र अकालमा मृत्यु हुनेको दर बढ्ने डा. केसीको भनाइ रहेको थियो ।
फार्मेसीबाट बिना नियन्त्रण बिक्री, स्थानीय सरकारले पाउने अधिकारमा औषधि व्यवस्था विभागको उदासीनता र जनचेतनाको कमी यस समस्याको मूल कारण बनेको बताउदै केसीले एन्टिबायोटिक नियमन स्थानीय तहमै सशक्त बनाउनुपर्ने बताए ।
पशु स्वास्थ्य विज्ञ डा. ग्रीष्म न्यौपानेले पशु उपचारमा गलत रूपमा एन्टिबायोटिक प्रयोग हुनुले मानव स्वास्थ्यसम्म असर परेको बताउदै आवश्यक नपर्ने अवस्थामा समेत पशुमा एन्टिबायोटिक प्रयोग भइरहेको बताइ । किसानमा पर्याप्त जानकारी नहुँदा पशुमा खोपको दुरुपयोग भइरहेकाले यसबारेमा सचेतना फैल्याउन आवश्इक रहेको उनको भनाइ रहेको थियो ।
मानवशास्त्री अर्जुन पोखरेलले नेपालको कृषि, स्वास्थ्य र जनजीवनमा एन्टिबायोटिकको दुष्प्रभाव गहिरिँदै गएको बताउदै माटो, मल, रासायनिक विषादी र मानवनिर्मित प्रवृत्तिले वातावरणमै एन्टिबायोटिक अवशेष फैलिने गरेको बताए । विद्यालय स्तरको पाठ्यक्रममा एन्टिबायोटिक शिक्षा अनिवार्य गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
उपभोक्ता मन्च कास्कीको तर्फबाट अधिवक्ता मीना रानाभाटले एन्टिबायोटिक प्रतिरोधले उपभोक्ता अधिकारमै धक्का पु¥याइरहेको बताइन् । उपभोक्तालाई कृषि, पशुपालन र मानव स्वास्थ्यका जोखिमबारे सहज पहँचमै सूचना दिइनुपर्ने र स्थानिय तह सम्म सूचना प्रवाह नगरेसम्म समस्या बढ्ने उनको भनाइ थियो । प्रेस काउन्सिल नेपालका सदस्य पत्रकार केशव शरण लामिछानेले एन्टिबायोटिकबारे गलत धारणा, झुट्टा प्रचार र भ्रमपूर्ण सूचना चिर्न मिडियाको जिम्मेवारी बढेको बताए । संवादको सहजीकरण पत्रकार सञ्जयकुमार मल्लले गरेका थिए ।
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल ९यूटीटी०ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले ह...
मुस्ताङ: नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्...
काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भ...

