नव आगन्तुक विद्यार्थीलाई पोखरा आदर्शको स्वागत

पाेखरा | भदौ ३, २०८०

नव आगन्तुक विद्यार्थीलाई पोखरा आदर्शको स्वागत

पोखरा:  पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

 

शनिबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई अभिनन्दनसहित नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।

 

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरा विश्वविद्यालयका डीन डा. अजय थापाले शिक्षाले व्यावहारिक एवम् जीवनोपयोगी  ज्ञाप प्रदान गर्नुपर्ने धारणा राखे ।

 

उनले पछिल्लो समय धेरै निजी विद्यालयहरु अस्तित्वमा रहेको बताउदै पोखरा आदर्श सेकेन्डरी स्कुलको छबी पृथक रहेको बताए ।

 

उनले आदर्श सेकेन्डरीले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेको बताउदै आथामी दिनमा रचनात्मक र सकरात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।  

त्यसैगरी अभिनन्दित वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले  गीत प्रस्तुत गर्दै  विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गराएका थिए ।

 

सो कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने , लेक सिटी कलेजका अध्यक्ष प्रा. डा विश्वकल्याण पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा १० का छात्राहरुले स्वागत नृत्य १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

 

‘नराम्रो सोचाइमा डुल्न हुँदैन’ गीतको रचनाकार नेपाली विषय शिक्षक ज्ञानेश्वर सुवेदी तथा उक्त गीतमा स्वर भर्ने बाल कलाकारहरु क्रमशः संस्कृति सुवेदी, रोधा तामाङ , अभिषेक आचार्य , अस्मित पराजुली र निरुता श्रीसलाई सम्मान गरिएको थियो । 

 

कार्यक्रममा कक्षा १२ र ११ मा  अध्ययनरत विद्यार्थीहरुले गायन , नृत्य , कविता प्रस्तुत गरेका थिए भने कक्षा ११ विज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् ।

मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु क्रमशः भैरव सिर्पाली, नम्रता आचार्य , इश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श सेकेन्डरी स्कुलका प्राचार्य श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली भाषा विषय शिक्षक ज्ञानेश्वर सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए । 

दमौली:    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले जनप्रतिनिधिहरु जनताको काममा दिनरात खट्नुपर्ने बताउनुभएको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भा...

थप पढ्नुहोस्

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवर...

थप पढ्नुहोस्