पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ः०० बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिइसकेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सत्ताको मोह नभएको भन्दै आफ्नो तारिफ गर्दै शिलालेखमा नभएर इतिहासमा नाम लेखाउन मन भएको बताएका छन् । आज (शुक्रबार) मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले तीन वर्ष अगाडि प्रदेशले सुरु गरेर सम्पन्न भएको योजनाको उद्घाटन गरेर प्रदेशको संरचनाको किन आवश्यक छ भन्ने औचित्यको पुष्टि गरेको बताए । ‘प्रदेशले तीन वर्ष पहिले सुरु गरेका योजना केही सम्पन्न भएका थिए केही सम्पन्न हुँदै छन, मुख्यमन्त्री अधिकारीले भने, ‘सम्पन्न भएका योजनाको उद्घाटन गर्दा शिलालेखमा मेरो नाम लेखिन्छ भन्ने थाहा थिएन, लेखियो धन्यवाद छ, मेटाउन मिल्ने भएन, नाम लेखाउन इतिहासमा मन छ शिलालेखमा होइन ।’ आफुमा कुनै सत्ता मोह नभएको भन्दै मुख्यमन्त्री अधिकारीले संविधानका रक्षाका निम्ति नै २९ दिनमा विश्वासको मत लिन लागेको उल्लेख गरे । ‘सत्ताको मोह छैन, संविधानमा जे उल्लेख छ त्यही अनुसार अगाडि बढेको छु, उनले भने, राजनीतिक दलले राजीनामा दिन सुझाव दिने, संविधान निर्माण गर्दाको क्याबिनेत मिनिस्टर हुँ, त्यसैले २९ औं दिनमा विश्वासमा मत मागेको हुँ ।’ उनले प्रदेश सभाको दोस्रो निर्वाचनपछि प्रदेशको नेतृत्व गर्दा जनताको भावनालाई कदर गर्दै मन्त्रालय घटाएको बताए । ‘जनताको भावनालाई सम्बोधन गर्दै १२ मन्त्रालयबाट प्रदेशमा ७ मन्त्रालय कायम गरेको छु, उनले भने, ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई प्रमुख राख्दै निःशुल्क डायलासिस सेवा विस्तारसँगै स्तरोन्नती गरिएको छ ।’ गण्डकी प्रदेशमा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआउँदा मुख्यमन्त्री अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । उपधारा २ मा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ । प्रदेश सभाको दोसा्रे निर्वाचनपछि नेकपा माओवादी, राप्रपा र स्वतन्त्र सांसद दिपक मनाङ्गेको समर्थनमा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका नेता खगराज अधिकारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र १ जना स्वतन्त्र सांसद रहेका छन् । मुख्यमन्त्री अधिकारीले प्रदेशको नेतृत्व समालेपछि गरेका कार्यहरु हेर्नुहोस् ।
पोखरा: ह्यूस्टन एजुकेसनले ‘सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९’ मा उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने स्पोर्टस् अवार्डलाई सफल पार्न उत्कृष्ट प्रशिक्षकतर्फको पुरस्कार प्रायोजन गर्ने भएको हो । सो सम्बन्धी समझदारी पत्रमा बिहीबार मञ्चका अध्यक्ष दीननाथ बराल र एजुकेशनका तर्फबाट प्रवन्ध निर्देशक पवित्रा थापा मगरविच हस्ताक्षर भएको छ । उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुमाझ लोकप्रिय ह्यूस्टन एजुकेशनले मञ्चको आयोजनामा हुन लागेको अवार्डलाई सफल पार्न सहयोग गरेकोमा अध्यक्ष बरालले आफ्नो क्षेत्रबाट ह्यूस्टनकोे प्रबद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । ह्यूस्टनका प्रवन्ध निर्देशक पवित्रा थापा मगरले विगतका वर्षहरुबाट मञ्चको आयोजनामा हुँदै आएको अवार्डमा पहिलो पटक सहकार्य गर्ने अवसरमा पाएकोमा आभार व्यक्त गरिन् । उनले यसलाई आगमी दिनमा पनि यसलाई निरन्तरता दिने वचन दिइन् । पोखराको बिपीचोकस्थित ह्यूस्टन एजुकेसनले उच्च शिक्षा अध्ययन गर्न नेपाल बाहिर जान चाहने विद्यार्थीहरुका सहजीकरण गर्दै आइरहेको छ । विशेषगरि ह्यूस्टनमार्फत क्यानडा, अष्ट्रेलिया, यूके, यू।एस।ए, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशहरुमा डिप्लोमा, स्नातक, स्नातकोत्तर र रिसर्चमा अध्ययनका लागि अनुभवि प्रशिक्षकहरुद्वारा सहजीकरण हुने गरेको छ । सातौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ । पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाडौं लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिए । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिए ।
सुर्खेत: जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते नौ जना नै मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ । उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
पाल्पा: तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ । यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको जानकारी दिनुभयो । पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।
कास्कीः गण्डकी प्रदेशअन्तरगत लोकसेवा आयोगल प्रदेश वन सेवामा वन रक्षककालागि इच्छुकलाई दरखास्त आव्हान गरिएको छ । प्रदेशले उक्त पदमा १ सय जना स्थायी पदपूर्ति गर्न यही वैशाख ६ गते विज्ञापन खुलाएको छ । विज्ञापनमा दरखास्त बुझाउन न्यूनतम ८ कक्षा पास भएको हुनुपर्ने उल्लेख छ । आयोगले जनाएअनुरुप प्रतियोगितात्मक परीक्षा खुल्ला तथा समावेशी ढाँचामा हुनेछ । जहाँ शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता हुनेछ । निवेदन दिन वैशाख २६ गतेसम्म समयावधि छ भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म समय थपिएको छ । विज्ञापनको सम्पूर्ण विवरणः
दाङ: १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति फकाएर उपमहानगरपालिका-१३ फुलबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साे घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्माले शपथ लिनुभएकाे हाे । प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको थियाे ।
नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ। बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए। बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो। नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो। कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ। यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए। २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।