माओवादीलाई राप्रपा गण्डकीको कटाक्ष: म्याच फिक्सिङ भयो, अब नगर्नुस्
पाेखरा | बैशाख २१, २०८०
पोखरा: गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री प्रदेश सभा सदस्य पन्चराज गुरुङले गण्डकी प्रदेश सरकामा म्याच फिक्सिङ भएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै राप्रपाका संसदीय दलका नेता गुरुङले प्रदेशको सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले म्याच फिक्सिङ गर्दै कांग्रेसलाई जिताएको बताएका हुन् ।
गुरुङले कांग्रेस नेतृत्वको गण्डकी सरकारमाथि अब म्याच फिक्सिङ नर्गन समेत शुभकामना व्यक्त गरे ।
उनले नेकपा माओवादी केन्द्रले सत्ता केन्द्रित राजनीति सधै दिगो नहुने भन्दै बफादार हुनुपर्ने धारणा राखे । ‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, उनले भने, ‘अबको सरकारमाथि म्याच फिक्सिन नगर्नुस् हार्दिक शुभकामना ।’
उनले वर्तमान राजनीतिक परिस्थितीकै कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन नसक्ने बताए । यद्यपी पाण्डे नेतृत्वको सरकारको सकरात्मक कार्यमा भने साथ दिने धारणा राखेका थिए ।
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्र...
कास्की: पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक स...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औ...

