मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भएको हो । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।  मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको स्थानीय जानकारी दिएका छन् ।  जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ।

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका कोषाध्यक्ष एवं महोत्सवका आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले बताए ।  ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउनु, आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउनु र विभिन्न आन्दोलन र त्यसकारण भएका क्षतिले खस्कीएको अवस्थामा रहेको व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको लक्ष्य हो ।’’–संयोजक बस्ताकोटीले भने । अहिलेको विषम अवस्थाका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको बस्ताकोटीले बताए ।  महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ ।  महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन । महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्टरसुगम संगितका कार्यक्रम हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्ड तथा कलाकारहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

पोखरा:   युनाईटेड क्लब पोखराले भदौ २४ गतेको जेन्जी आन्दोलनमा आगलागीबाट क्षति भएको राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखरालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।  क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत आगलागीबाट पूर्ण रुपमा क्षति भएका सरकारी कार्यालयहरुलाई सहयोग गर्ने क्रममा राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी प्रदेश पोखराको दैनिक कामकाजलाई सहज होस भन्ने उद्देश्यले एक थान कम्प्युटर प्रदान गरेको हो । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष जयराम आचार्य, कार्यसमिति सदस्य बुद्ध कार्की लगायतको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका प्रमुख अनुसन्धान निर्देशक प्रजेश सिंह हमाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन । सो  अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका प्रमुख मोहन बहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकी पोखराका अनुसन्धान निर्देशक प्रजेश सिंह हमालले जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगलागी र तोडफोडबाट आफ्नो कार्यालय पूर्ण रुपमा क्षति भइ कामकारबाहीमा अफ्ठ्यारो परिरहेको बेला युनाईटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोष अन्तर्गत कार्यालयलाई अतिनै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे ।  साथै आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवको पूर्ण सफलताको कामना गर्दै आफ्नो कार्यालयको तर्फबाट समेत महोत्सवलाई सभ्य बनाउनका लागि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । यस्तै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै पोखरामा खुल्ला चिडियाखना निर्माणमा पहलदकमी, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र तिहारको बेलामा देउसी भैलो कार्यक्रमको आयोजना गरि संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय गण्डकीलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेको बताए । विपद ब्यवस्थापन कोष अन्तर्गत यसपटक  जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं १२, १० र १५ लाई समेत कम्प्युटर हस्तान्तरण गरिएको उनले बताए । युनाईटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

पोखराः   रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो । अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं संस्करण सम्म आइपुग्दा महोत्सवमा देखिएको सुरक्षा चुनौतीबारे जिज्ञासा राख्नुभयो । महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यसपटकपनि यसको व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग गरिने बताउनुभयो । तर विगतको भन्दा यसपटकको परिस्थिती केहि फरक भएको बताउँदै उहाँले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकि नराखिने जनाउनुभयो । अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फुलबारी व्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सीना राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नमराज भट्टराई लगायतले महोत्सवमा सुरक्षा प्रदान गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । यसअघि सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गरिने रणनीतिका बारेमा प्रकास पार्नुभयो । लाखौं अवलोकनकर्ता आउने सडक महोत्सवमा सुरक्षा चुनौती निकै महत्वपूर्ण भएको उहाँले प्रष्ट्याउनुभयो । ट्राफिक व्यवस्थापनबारे जानकारी दिंदै यसका लागि महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोगबारे जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले महोत्सव सुरक्षामा आफु यसअघि पनि खटेको अनुभव सुनाउँदै फायर फाइटिङ, ट्राफिक व्यवस्थापन तथा भिडभाडमा हुन सक्ने चोरीका घटनामा चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।  नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी राज लामिछानेले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा महोत्सवको प्रचार प्रसारमा सहयोग गर्ने जनाउनुभयो । रेवान पोखराका पुर्वाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । शितल सेक्युरिटी प्रालिका लोकेन्द्र अर्यालले निजी क्षेत्रबाट विगतमा भएका सुरक्षा व्यवस्थापनका उपायबारे अवगत गराउँदै सुरक्षा निकायसंगको सहकार्यमा सुरक्षा रणनीति तय गरिने स्पष्ट पार्नुभयो । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनैपनि अप्रिय घटना घटन नदिनसबै खाले सुरक्षा निकायसंग समन्वय गरिने बताउनुभयो ।  बैठकमा महत्वपूर्ण विषयहरु उठेको बताउँदै उक्त विषयहरुलाई गंभिरतापुर्वक लिएर महोत्सवमा लागू गर्ने पौडेलको भनाई थियो । कार्यक्रममा रेवान पोखराका प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक बसन्त गौतमले स्वागत मन्तव्य राख्दै महोत्सवका आकर्षणबारे जानकारी दिनुभएको थियो ।  महासचिव बीरेन्द्र शेरचनले सञ्चालन गर्नुभएको कार्यक्रममा महोत्सवका सह–संयोजक सुनिल भट्टराई, सुमन भट्टराई लगायतले अन्र्तक्रियामा उठेका जिज्ञासाबारे प्रष्ट पार्नुभएको थियो ।  

पोखरा:   पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो  । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।   महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए ।  महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता  छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव  सिकाईको थलो बनेको छ । ‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’ घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।  

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ ।   आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो ।   नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।   माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।   माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।   माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे ।   युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।   युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए ।     युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले वर्षेनी पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको र यसपटक पनि आगामी पुषको २९ देखि माघको ११ गते सम्म महोत्सवको आयोजना गर्ने तयारीका साथ अगाडी बढिरहदा माइलस्टोन्स इन्फिल्डर्सको टोली संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।   पोखरा महोत्सवको प्रचारका लागि नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा हिडेको माइलस्टोन्स इन्फिल्डर्सको टोलीले महत्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको साथ र सहयोगकै कारण १४ औं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।   उक्त कार्यक्रमको सञ्चालन युनाईटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए । नेपालको काठमाण्डौं, धरान, हेटौंडा, चितवन बुटवल, पोखरा लगायतका,  ६० भन्दा बढी मोटरसाइकल राइडरहरुको टोली हिमाल, पहाड तराइ यात्रा अन्तर्गत चितवनबाट सुरु भएको यात्रा पोखरा हुदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडे सम्म पुग्ने बताइएको छ ।   उक्त यात्रामा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, लेजेण्डस, ओपन ल्याण्डर्स, कावासोती इन्फिलिन्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाण्डौ, लोको सवारी चितवन, द इन्फिलिण्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवनको समेत सहभागीता रहेको थियो ।     यो संगै युनाईटेड क्लब पोखराको आयोजनामा वी पोखरा र माइलस्टोनको सहभागीता रहेको कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक सञ्जालको आवश्यक्ता रहेको हुँदा १४ औं पोखरा महोत्सवमा वी पोखरा एपको समेत सुरुवात गरिने युनाईटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए । 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।   नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो ।   ‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’     बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उहाँले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो – ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उहाँले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।       बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरुबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामाग्री र अंग्रेजी वक्तृत्वकला लगायतका कार्यक्रम हुँदैछन् ।  

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।   महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।   हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन । ‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक  जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने ।   लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ बताउँछन ।   महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ ।   झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।   महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

काठमाडौं:  स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।