पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

काठमाडौं:  सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो।  राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ । यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।

पोखरा:   पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो ।  बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति ¥याली मौन प्रकृतिको हुने छ ।  ‘आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।    सुरक्षाप्रति सचेत हुन आग्रह  यसका साथै संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र  संयमित हुन उद्योगी÷व्यवसायीहरुमा आग्रह पनि गरेको छ ।  संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ ।  उद्योगी÷व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन् ।  अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ,‘ सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।’ पोखरा उद्योग वाणिज्य संघले  कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै  हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ ।  उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह   संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ ।  यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ ।

काठमाडौंः   जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भयो । घटनामा १ हजार भन्दा बढी घाइते भएकोमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।

काठमाडौं:  जेन-जी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर ५१ जनाको मृत्यु भएको छ ।

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।  उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।  जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।

काठमाडौं:  गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई हजार ५७० कायम भएको छ ।  गत शुक्रबार एक तोला सुन रु दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी रु दुई हजार ५६५ मा खरिदबिक्री भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

पोखरा:   हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भदौ २४ गतेको जेन्जीको आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा जडान गरिएका सम्पूर्ण सिसिटीभि क्यामेराहरु आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले प्रहरीको काम कारबाहीमा सहयोग पुगोस भन्ने उद्देश्य अनुरुप शनिवार सिसिटीभी क्यामेरा मर्मत संगै नयाँ सिसिटीभी जडान गरेको लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीका अध्यक्ष राबत गोम्जा तामाङले बताए । गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षति भएको सिसिटीभी क्यामेराहरुले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए । सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयंभु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो ।  शनिबार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरुको मर्मत संभार समेत लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए । यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।  

काठमाडौं:  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति नेपाल पार्टी रहनेसमेत जनाएका छन् । उनले अब रेमश चौधरीको संगठन निर्माण अभियानमार्फत अघि बढ्ने समेत बताए । उनले जेन–जी पुस्ताको माग र भावनालाई समेट्दै अघि बढ्ने प्रण गर्दै नयाँ पार्टीमा जोडिन सबैमा आग्रह गरेका छन् । पछिल्लो समय संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद हुँदै आएको थियो ।

काठमाडौं:  दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।   नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैङ्क तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिए । ‘हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ कि भन्ने हामीलाई लाग्छ,’ उनले भने ।  दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।  साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३० करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।