नवलपरासी: बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकामा आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी –३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति भएको छ । निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो । डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए । वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रीहरूलाई कठिनाइ हुँदै आएको छ ।
धनगढी: धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिएकी छिन् । डेरा गरेर बस्दै आएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन् । मृतक युवती अविवाहित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको प्रकृति शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।
पोखरा विश्वविद्यालय कानून समाजद्वारा आयोजित ‘प्रथम अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगिता’मा पृथ्वीनारायण क्याम्पसको बिएएलएलबी टिम ‘ए’ च्याम्पियन बनेको छ । पोखरा विश्वविद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा गण्डकी विश्वविद्यालयलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगितामा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै पिएन क्याम्पसले नगद रु २२ हजार २ सय २२को साथमा शिल्ड तथा मेडल प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गण्डकी विश्वविद्यालयले नगद रु ११ हजार १ सय ११ को साथमा शिल्ड तथा मेडल हात पार्याे । उक्त फाइनल खेलमा मनिष चौधरीले २ गोलको योगदान दिए भने, सिद्धान्त बोटे र भुवन सिं शेर्माले समान १/१ गोल गरे । सो प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडीका रुपमा मनिष चौधरी घोषित हुँदै नगद रु ५ हजार बराबरको स्वास्थ्य परिक्षणको भौचर र मेडल प्राप्त गरे । पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको नेतृत्वमा बनेको पिएन क्याम्पस बिएएलएलबीको टिमको प्रशिक्षकमा फुटबलर अञ्जन देवकोटा रहेका थिए । सो प्रतियोगितामा पोखरा विश्वविद्यालय समूह (क), पोखरा विश्वविद्यालय समूह (ख) गण्डकी विश्वविद्यालय समूह, पृथ्वीनारायण क्याम्पस समूह (क) र पृथ्वीनारायण क्याम्पस समूह (ख) गरी कुल ५ टिमको सहभागिता रहेको थियो ।
गोरखाः सहिद लखन गाउँपालिका-७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे(खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन(७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।” सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबारदेखि सडक पुनर्निर्माणको काम सुरु गरेको भए पनि वर्षाका कारण निर्माण प्रभावित भएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको आइतबार भएको १७ औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सङ्घीय सरकारको सशर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
पोखराः शिक्षासेवीडा। टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा ११फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । सम्पूणानन्दविश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेकाडा। बास्तोलाले लामो समय शिक्षासेवामा अर्पण गरेका थिए । वाराही माविमा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए । उनी शिव शक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्षहुन् । यसैगरी,लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्धार समितिका संयोजक रहेका थिए । उनले शिवशक्ति माविमा प्रतिभा सम्मान कोष स्थापना गरेका छन् । यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनीमहेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए । वाराही मावि, शिवशक्ति मावि,शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर,विन्दुवासिनी संस्कृत विद्यापीठ लगायतका संस्थाबाट उनी सम्मानित भएका थिए ।स्व।बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुलीतथा पाँच नातिनातिना छन् । साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् । दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने परिवारले जनाएको छ । पोखरा–११ सेतीगण्डकी,कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभएको छ । सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको बताउनुभयो । शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उहाँको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् । गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ । सिमित श्रोत र साधनका वावजुद पनि वडाको समग्र विकासमा जुट्दै आएको बताउँदै वडाअध्यक्ष योगीले भन्नुभयो, जनसंख्याको आधारमा सवै भन्दा ठूलो र बसाई सराईको अत्याधिक चाप भएको यस वडावासीका कतिपय अपेक्षा पुरा गर्न सकिएको छैन । टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यव्दय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल,लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पार्नुभएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाउनुभएको हो । प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि आयोग बनेको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराउनुभयो । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो आयोगको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव बद्रीनाथ अधिकारी, प्रमुख स्वकीय सचिव अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो । मुस्लिम आयोग स्थापना भएको छ वर्ष बितिसकेको छ । नेपालको संविधानको धारा २६४ अनुसार आयोग गठन भएको थियो । यसका लागि २०७४ सालमा मुस्लिम आयोग ऐन, २०७४ बनेको थियो ।
चितवन: मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए । भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो । क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ । मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ । नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ । मौसमले साथ दियो भने थप दुई किमी कालोपत्र गर्दै छौँ ।’ आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदै छ । ‘यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो(ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ’, इञ्जिनीयर दरैले भने । उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ । विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन(नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ । शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।