गोरखा:   गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।  पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

गलकोट:  नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ ।  बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो  । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गर्नुभयो । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ ।  नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।  “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भन्नुभयो, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।” बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ÷रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।

पोखरा:  पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् ।  संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्रतिशट छुट दिने सम्झौता भएको हो । सम्झौतमा संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले आइतबार हस्ताक्षर गरेका छन् ।  संघका सदस्य र उनीहरुका परिवारले पोखराको न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालयसहित युआरएलका सबै शाखाबाट परिचयपत्रका आधारमा छुट पाउनेछन् । भदौ १ बाट सुरु भएको सम्झौता २०८७ साउन मसान्तसम्म कायम हुनेछ । संघ पोखराको अग्रणी संस्था हो भने युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला हो ।  युआरएल अध्यक्ष पन्थले पछिल्लो क्रममा बेला बेलामा आफैं रक्त परीक्षण गराउने चलन बढेको जनाउँदै पोखरेली उद्योगी, व्यवसायीको हितका लागि सम्झौता भएको बताए ।  ‘खासगरी कोभिडपछि बेला बेलामा सेल्फ टेस्ट गराउने चलन बढेको छ,’ अध्यक्ष पन्थले भने, ‘पोखराका उद्योगी, व्यवसायी र उहाँहरुको परिवारलाई स्वास्थ्य जाँचमा प्रोत्साहन र सहजताका लागि सहकार्य गरेका हौँ ।’ १२ वर्षअघि स्थापना भएको युआरएलले सामाजि उत्तरदायित्व वहन गर्दै आफैं र विभिन्न संघसंस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ५ वटा निशुल्क रक्तजाँच शिविर गरिसकेको छ । 

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए ।  ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने ।   आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए । अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए । डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने बताए ।  कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नविकरणको काम अब पोखराबाटै हुने बताए । उनले संघियताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्न नपर्ने बताइन् । उनले संचार उद्यममा सहकार्य र एक अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन् । उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन् । प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन् ।  ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरियो । महानगरप्रमुख आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ भने दुइ वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ ।  २०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो । राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गथ्र्यो । संघियता कार्यान्वयन पछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिए । आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल  बनाउन पहल गर्ने उनले बताए ।  गण्डकीका नविनतम् प्रयास, पोखरा पर्यटन वर्ष २०२५ समेतलाई ध्यान दिएर विशेषांक प्रकाशित गरिनुको साथै आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने गौतमले प्रतिबद्दता समेत जनाए ।

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ ।  सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटासहित सम्मान गरे ।  रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा हर्क आलेमगर २०५१ साल र खेम सारुमगर २०५३ सालदेखि कार्यरत हुनुहुन्छ । उहाँहरुले मगर भाषामा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ ।   रेडियो नेपालमा २०५१ साल भदौं १ गते देखि मगर भाषासहित ९ वटा मातृभाषामा समाचार प्रसारण भएको थियो । मगर प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनपछि बौल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले मगर समुदायले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पछाडि परिरहेको बताउनुभयो ।   ‘हामी शिक्षा र चेतनाको अभावले पछाडि परिरहेका छौं, शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नै हामी पछि परिरहेका छौं, सांसद गाहामगरले भन्नुभयो, ‘समुदायमा जनचेतना वृद्धि गर्न हरेक क्षेत्रमा अगाडि बढ्न मगर समुदायले अब शिक्षालाई प्राथमिकतामा दिन आवश्यक छ ।’ सांसद गाहामगरले सामाजिक क्षेत्रमा सक्रियता बढाउन नसक्दा सरकारले गरिरहेको कामको बारेमा समुदायले त्यसको बारेमा जानकारी लिन नसकेको समेत बताउनुभयो ।  ‘अहिले सरकारले हरेक क्षेत्रमा काम गरिरहेको छ, तर हाम्रो हाम्रो समुदायबाट सामाजिक क्षेत्रमा चासो र सक्रियता हुन नसक्दा भइरहेको काम बारे जानकारी लिन सकिरहेका छैनौं, उनले भने, ‘समाजको विकासका निम्ति सबैले सामाजिक क्षेत्रमा चासो राख्न जरुरी छ ।’ उनले गण्डकी प्रदेशमा सरकारी कामकाजको लागि मगर र गुरुङ भाषासम्बन्धी बनेको विद्येयक प्रमाणिकरण भइसकेकाले कार्यान्वयनका लागि सबैको साथसहयोग रहेको बताउनुभयो ।  ३१ औं मगर प्रसारण दिवसको अवसरमा सम्मानित भएका आले र सारुमगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।  ‘५१ साल ९ वटा मातृभाषामा एकैपटक समाचार प्रसारण भएको थियो, उहाँहरुले भन्नुभयो, ‘नेपाल बहुभाषिक र बहुजाति भएको देशमा सरकारको यो निर्णय भाषा,कला र संस्कृति संरक्षणको लागि महत्वपूर्ण भुमिका खेलेको छ, यसमा हामीले सबैले चासो देखाउन आवश्यक छ ।’ कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेश सरकारले कामकाज भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोग गर्न बनेको विद्येयक प्रमाणिकरण भइसकेको भन्दै कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताईन् ।  नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आदिवासी समुदायको संस्कृति संरक्षणसँगै हरेक क्षेत्रमा पत्रकारहरुले कलम चलाउँदै आएको बताए ।  कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका इन्चार्ज रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, मगर संघ सराङकोट इकाई समितिका अध्यक्ष सञ्जिव थापा मगर लगायतले बोलेका थिए ।  कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता, उपाध्यक्ष प्रविण थापा मगरको स्वागत र कार्यवाहक सचिव बलबहादुर रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो । 

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसङ्गठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने जनाइएको छ । महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ । गौतमका अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ । एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले  र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्ने छन् । एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए । व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकाले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आजदेखि विधान महाधिवेशनको काउन्ट डाउन ९दिनगन्ती० पनि सुरु गर्ने भएको छ । विधान महाधिवेशन सुरु हुन अब १९ दिन बाँकी छ । 

पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्डकी २ कोत्रे प्रथम भएको छ ।      राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा भद्रकाली खैजरी भजन समूह, गजुरी – २ धादिङ द्वितीय, मातृकेश्वर एकता भजन समूह, पोखरा २५ हेमजा तृतीय र शिशुवा सत्संग भजन समूह, शिशुवा सान्त्वना भएका छन् ।      प्रतियोगितामा उत्कृष्ट भेषभुुषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ण बाद्यबादनतर्फ तल्लीपोखरी भजन समूह, शुक्लागण्डकी – १ थप्रेक पुरस्कृत बनेको छ ।      प्रतियोगितामा कुल १२ वटा समूह सहभागी भएका थिए । प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  त्यस्तै उत्कृष्ट भेषभुुषा र उत्कृष्ट बाद्यबादन स्वरुप पाँच÷पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा प्रा.डा.कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम रहनुुभएको थियो ।      कार्यक्रममा गन्धर्व समाज र गगन नेवाः खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए ।  संस्थाका तर्फबाट उत्कृष्ट कार्यवापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।      कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनुु आवश्यक भएको बताउँदै त्यसका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।      राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्ञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्ष यता महोत्सवसँगै प्रतियोगिता गरिदै आइएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनुुभयो ।      पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृतिहरू जोगाउँदै भावी पुस्तामा पु¥याउनुुपर्नेमा जोड दिनुुभयो ।      समूहका अध्यक्ष ढकालको सभापतित्व एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेश खत्रीले गर्नुुभएको थियो । 

पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो । मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका थिए । सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिए ।   बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको उनले बताए । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको उनले बताए । आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताएका थिए । महोत्सव सम्पन्न गर्न साथ दिएकोमा बीवाईडीलाई केन्द्रको तर्फबाट उनले धन्यवाद समेत दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको बताए ।  १० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् । यसै गरि मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायत विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान रहनेछन् ।  महोत्सव स्थलमा व्यापारिक स्टल, रेष्टुरेन्ट, वाल उद्यान निमार्णको काम धमाधम भै रहेको छ । महोत्सवमा एक सय ५० व्यापारिक र १२ रेष्टुरेन्टका स्टल रहने छन् । व्यापारिक र रेष्टुरेन्टका सम्पुर्ण स्टलहरु बुकिङ भै सकेको अध्यक्ष अधिकारीले जानकारी दिए । आयोजक केन्द्रका उपाध्यक्ष एंव अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाका अनुसार महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र  बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिए ।  

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो । समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गनुभयो । उहाँले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताउनुभयो । रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफुले प्रत्यक ३ महिनामा रक्तदान गर्ने गरेको बताउदै पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रदेश रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन  ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथी रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याउनु भयो । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।

काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ । कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो ।  उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।  बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।