मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।   भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ प्रतिनिधिहरू लामवद्ध भएका छन् ।  प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मङ्गलबार राति अबेरसम्म पनि सुरु हुन नसकेपछि बुधबार बिहानका लागि सारिएको थियो ।     निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ भने भीड व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।   अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ नेता पोखरेलबिच प्रतिस्पर्धा छ ।     दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।   कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान गर्दैछन् । केही पदमा निर्विरोध चयन भइसकेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ ।   महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ । यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।  

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवास्ता गरेको भन्दै ताराखोला गाउँपालिकाले आइतबार सञ्चालन गरको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले सहिद मार्ग बारे प्रश्न उठाए ।  जनप्रेम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण गुरुङ, शिक्षक टेक बहादुर पुन, कमलमणी पाठक र हरी बहादुर भण्डारीले सहिद मार्ग जिउँदै छ कि छैन भनेर प्रश्न गरे ? जवाफमा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक (हिमाल)ले सहिद मार्ग साच्चिकै सहिद नभएर जिउँदै भएको जवाफ फर्काए ।  ‘हामी झण्डै २०÷२२ वर्ष पछाडि फर्किएर हे¥यौं भने, धनसिङचोक, अमरुभुमी, सिले, अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडक खन्न सुरु गरेका थियौ’, अध्यक्ष विकले भने, यो सडक सहिदको सपना हो, सहिदहरुको पसिना, रगत बगेको छ, सहिद मार्ग साच्चिकै सहिद भएको छैन, जिउँदै छ, निर्माण हुन्छ ।’ गाउँपालिका अध्यक्षको जवाफमा चित्त नबुझेपछि स्थानीयहरुले पुनः प्रश्न गर्दै सहिदमार्गको वास्तविक रेखाङ्कन कुन हो भनेर प्रश्न गरेका थिए ?  जवाफमा अध्यक्ष विकले पुनः धनसिङचोक, अमरुभुमी, सिले अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडकको रेखाङ्कन भएको बताए ।  ‘सहिद मार्ग धनसिङचोक, अमरुभुमी, सिले, अर्गल, ताराखोला हुँदै म्याग्दी रुम जोड्ने सडक हो’, उनले भने, ‘सहिदमार्ग खरिखोला हुदै गएपनि जहाँबाट गएपनि सडक निर्माण हुन्छ ढुक्क हुनुहोला ।’ मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको मध्यभागबाट सुरु हुने यो सहिद मार्ग धनसिङ चोक हुदै त्रिशुलीचोकमा पुगेर विवाद रहेको छ ।  केही स्थानीयले सहिद मार्ग स्थानीयहरुले श्रमदान गरेर खनेको जङ्गलको बाटो नै कालोपत्रे गर्नुपर्नेमा माग राखपनि केही स्थानीयले माझखर्क जलजला जिरोकिलोमिटर हुँदै, चगाडि, नौले, माटेपानी, वडाकार्यालय बुकेनी, ठुलचौर ,सिले हुँदै गाउँपालिका जोड्नुपर्ने माग राख्दै आएका छन् ।   गण्डकी प्रदेश सरकारको बहुवर्षे योजना अन्र्तगत त्रिशूलचोक हुँदै दरौदीसम्म सडक कालपत्रे भएपनि सडक अहिले अलपत्र रहेको छ । गाउँपालिका जोड्ने यो सडक खरिखोला वनमा गएर प्राप्त बजेट नहुँदा अलपत्र परेको हो ।  सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षक रामकृष्ण चालिसे, र हरी प्रसाद पाठकले प्रश्न तथा सुझाव राखेका थिए ।  प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रथम चौमासिकमा १७ लाख २२ हजार ६ सय ३४ रुपियाँ राजश्व सङ्कलन भएको बताए ।  उनले गाउँपालिकाको ४१ करोड २५ लाख ९८ हजार ३७० रुपियाँ बजेट रहेकोमा प्रथम चौमासिकसम्म पाँच करोड २८ लाख पाँच हजार नौ सय ७८ रुपियाँ खर्च भइसकेको बताए ।  प्रमुख प्रशासकीय अधिकृत रिजालले चालु खर्च पाँच करोड आठ लाख पाँच हजार नौ सय ७८ रुपियाँ र पुँजिगत खर्च २० लाख रुपियाँ रहेको बताए । उनले गाउँपालिकाका अधिकांश योजनाहरु सम्झौताको चरणमा रहेको बताए ।  सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न र  जिज्ञासाको जवाफ गाउँपालिका उपाध्यक्ष भिमबहादुर रोका, वडाध्यक्ष याम बहादुर श्रीस र शाखा प्रमुखहरुले दिएका थिए । कार्यक्रम ताराखोला गाउँपालिकको आयोजना र ताराखोला मिडिया प्रालिको सहजिकरणमा सम्पन्न भएको थियो । 

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका थियो । तर, प्राविधिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।  प्रतिनिधिलाई भोलि बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ । एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।  महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।   मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ । 

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको सिटिजन फर्निचरले सह प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मंगलबार सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की र युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, कोषाध्यक्ष जयराम आचार्य र कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ बिच महोत्सवको सह प्रायोजक गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन फर्निचरले तेस्रो मुलकुबाट आयातित अत्याधुनिक आकर्षक घरायसी तथा अफिसियल फर्निचर र फर्निसिङका सामान विक्रि गर्दै आएको छ । सिटिजनले यसअघि १२ औं संस्करणको पोखरा महोत्सवमा टिकट प्रायोजनमा समेत रहेर महोत्सवलाई साथ दिदै आएको थियो । मंगलबार आयोजित सम्झौता कार्यक्रममा बोल्दै सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले सामाजिक सेवामा लागेको युनाईटेड क्लब संग सिटिजन फर्निचरले पोखरा महोत्सवको माध्यामबाट सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।  युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनात्मक काम गरेको र सिटिजन फर्निचर समेत उक्त सामाजिक काममा संलग्न हुन पाउनु आफैमा गर्वको कुरा भएको बताउदै कार्कीले युनाईटेड क्लब संग आगामी महोत्सवहरुमा समेत सहकार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।  सो अवसरमा बोल्दै युनाईटेड क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सिटिजन फर्निचर संगको सहकार्यले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन थप मदत पुगेको बताए ।  त्यस्तै क्लबका कोषाध्यक्ष जयराम आचार्यले विभिन्न ब्यवसायीक संघ संस्थाहरुको साथ र सहयोगकै कारण पोखरा महोत्सव १४ औंं संस्करण सम्म आइपुगेको र १४ औं संस्करणको पोखरा महोत्सवमा सिटिजन फर्निचर सह प्रायोजकको रुपमा जोडिदा पोखरा महोत्सवको गरिमा थपिएको बताए । पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर रहेको छ ।  

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विजि गाइजले जित हासिल गरेको छ । विजी गाइजले भिरचोक तमु समाजलाई २–० गोलअन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ । रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले पालिकाले खेलकुदको विकासका लागि हातेमालो गर्दै आइरहेको बताइन् । आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस प्रतियोगिताले पालिकाको सोचअनुसार खेलकुदको विकासमा टेवा पुगेको बताइन् । फुटबलसंगै अन्य खेलकुद प्रतियोगिताको आयोजना गर्न आवश्यक रहेको उनले सुनाइन् । कार्यक्रमलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले सुनाइन् । वडा ५ का वडाध्यक्ष राजन खनालले क्लबले ऐतिहासिक प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुद युवाको मेरुदण्डको रुपमा रहेको रुपा खेलकुदमा पहिचान थप्ने नयाँ आयाम थपिएको बताए । वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाकै युवाको नेतृत्वमा नविनतम कार्य गर्न आवश्यक रहेको सुनाए । रुपा ६ का वडाध्यक्ष नारायण गुरुङले क्लबले गुर्नपर्ने दायित्व र खेल्नुपर्ने भूमिका दोभान क्लबले पुरा गरेको सुनाए । उनले पहिलो पटक पालिकाभित्र फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । खेलकुदले स्वास्थ्य र सद्भाव कायम गर्नुपर्ने भन्दै एक वडा एक खेल मैदानको अभियान चालेको बताए । खेल संयोजक सुनिल श्रेष्ठले पालिका गठन भएपश्चात पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरेको सुनाए । दोभान क्लब विभिन्न काल खण्डमा सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आइरहेको र अब फुटबलमा समेत पालिकालाई अब्बल बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । रास्वपा रुपाका सभापति राजेन्द्र सुवेदीले खेलकुदले युवाहरुलाई जोड्ने बताउँदै क्लबले खेलकुदलाई प्राथमिकता दिदाँ खुसी लागेको बताए । दोभान क्लबका अध्यक्ष सुजन श्रेष्ठले रुपा गाउँपालिकामा फुटबल खेलको विकास र विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । रुपामा भलिबलको पहिचान हुनेगरेपनि फुटबलमा पहिचान नभएको र पहिचान स्थापित गराउने मुख्य लक्ष्य रहेको उनले सुनाए । अब युवाहरु भलिबलमा मात्र नभइ फुटबलमा समेत आकर्षित हुने उनको विश्वास रहेको छ । २१ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौं:  नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।  उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।  यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन् ।  यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।  यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवार दिनुभएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।  एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।   

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।  मन्त्री खरेलले मन्त्रिपरिषद्का ११ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा डा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।  बैठकले प्रचलित कानुनमा व्यवस्था भएको अवस्थामा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय–टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन हटाउने निर्णयसमेत गरेको उहाँले बताउनुभयो।  त्यसैगरी सरकारले भारतीय रुपियाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाउने गरी निर्णय गरेको छ।  सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो। मन्त्रीपरिषद् बैठकका निर्णय -प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने ।  -स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।  -पवनकुमार शारदा र मुरारी लाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहा जिल्ला लहान नगरपालिकाको १(१५(१० विघा जग्गा तथा सोमा बनेको भवनको मधेस प्रदेश सरकारको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन, २०८२ बमोजिम छुट दिने ।  -सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २०० तथा भा.रु. ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भा।रु। २५,००० को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने ।  -आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।  -२०८२ पुस १२ देखि १४ गतेसम्म नेपालको काठमाडौंमा सञ्चालन हुने नेपाल÷भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।  -सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने ।  -युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।  -नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी पदमा र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, छ जना उपरथीहरू र सातजना महासेनानीहरूको सरूवा गर्ने ।  -राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य पदमा प्रा। सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गर्ने ।  -राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने । 

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उनीविरुद्ध पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।  उहाँका अनुसार मुनंकर्मी सार्वजनिक पदमा बहाल रहेको मिति २०५४ साल फागुन १ गतेदेखि मिति २०८० मङ्सिर १४ गतेसम्मको अवधिमा जाँच गर्दा निज र निजको एकाघर परिवार÷सगोलमा रहेका व्यक्तिहरुको पारिश्रमिकतलब बचत, जग्गा बिक्री आय, ऋण सापटी आय, शेयर बिक्री आय, लाभांशमुनाफा आय, दैनिक भ्रमण भत्ता, पुरस्कार लगायत विभिन्न आयका स्रोतबाट जम्मा आय तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपियाँ रहेको देखिएको छ।  यसैगरी, सोही समयमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन मोटरसाइकल खरिद, सुनको गरगहना, बिमा प्रिमियम भुक्तानी, अध्ययन शुल्क, ऋण सापटी लगायत जम्मा व्ययतर्फ ६ करोड २४ लाख १५ हजार ९६१ रुपियाँ देखिएको छ।  आयोगका अनुसार सो अवधिमा कुल आयभन्दा कुल व्यय जम्मा दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ बराबरको स्रोत पुष्टि भएको नदेखिएका कारण सो रकम बिगो कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनी र उनकी श्रीमती पूर्ण केशरी गोसाईलाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ।  

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ ।  लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । ‘यो सडक महोत्सवको मुख्य आकर्षण हो’–उनले भने ।   अंग्रेजी नया वर्षको स्वागतार्थ आयोजित ५ दिने महोत्सवको मूख्य दिन न्यू ईयर ईभ स्पेसल कार्यक्रम हुनेछ । जुन दिन एक्स नेपथ्य गुञ्जिने गुरुङले बताए । उनका अनुसार सो दिन एक्स नेपथ्यको ओरिजिनल भोकलिष्ट रविन श्रेष्ठ र गौतम गुरुङको विशेष प्रस्तुती रहनेछ । त्यस दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माले माहोल तताउनेछिन् । उनले अहिलेको चिकिरीचिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिने उनले जानकारी दिए ।   त्यस्तै, न्यू ईयर ईभकै दिन अहिलेका चर्चित गायक उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली र टुकी व्याण्डहरुले लाईभ प्रस्तुतीमार्फत ९० को दशकका हिटहिट गीतहरु गुञ्जाएर चिसो मौषममा स्टेज तताउनेछन् । सांगीतिक उत्सव अन्तर्गत पुस १५ गते गुरुङ समुदायको ल्होसार विशेष कार्यक्रम हुनेछ । उक्त दिन दिउँसोदेखि साँझ स्वप्न सुमन, केआर लिम्बु र चक्र व्याण्ड ब्लाष्ट हुनेछन् । तथा दिउँसो प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए । त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ । अल टेक नेपालको आयोजनामा हुने हिट्स अफ नाईन्टिज कार्यक्रमको मुख्य प्रायोजकमा प्रोटोन गाडी रहेको छ भने राईड पार्टनरमा टिभिएस र एजुकेसन पार्टनरमा गण्डकी ईन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी रहेका छन् ।