कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडाैं | पुस २६, २०८२

कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।


दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । 


साथै उहाँले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनु भयो ।


यही पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनु भयो । 


कार्यवाहक सभापति खड्काका अनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्नु भयो । प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ । दाहालको शनिबार बिहान निधन भएको हो । 

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

थप पढ्नुहोस्