काठमाडौं: अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने । गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् । अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।
कास्की: ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता भोली (बिहिबार) देखि सुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छनोट चरणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशको छनोट चरणको प्रतियोगिता हुने बताए । उनका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउनेछन् । तर नवौं राष्ट्रिय खेलकुदका लागि भने गण्डकी प्रदेशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ७ सय ९ खेलाडी छनोट हुनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत अन्य स्थानमा हुने प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला गरि ६ सय ९ जना खेलाडीले गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सदस्य सचिव गुरुङले बताए । उनले उक्त गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताउदै हरेक जिल्लाले प्राप्त गरेको पदकका आधारमा प्रथम, द्वित्तिय र तृतीय घोषणा गरि च्याम्पियन ट्रफी प्रदान गरिने जानकारी दिए । कुन जिल्लाबाट कति खेलाडी ? गण्डकी प्रदेशस्तरीय छनोट चरणको प्रतियोगितामा ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउदैछन् । सो मध्ये सबैभन्दा बढी कास्कीबाट सहभागिता जनाउने प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले जनाएको छ । परिषदको तथ्याङ्क अनुसार कास्कीबाट ३५ खेलका लागि ६ सय ७३ जना, नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना, त्यसैगरि स्याङ्जाबाट २३ खेलमा ३ सय ४७ जना, बागलुङमा १९ खेलमा ३ सय ६१, तनहुँबबट १७ खेलमा ३ सय ३ जना, गोरखाबाट १६ खेलमा २ सय ३० जना, म्याग्दीबाट १५ खेलमा २ सय ८३ जना, पर्वतबाट १४ खेलमा २ सय २३ जना, मुस्ताङबाट १३ खेलमा १ सय ६६ जना, लम्जुङबाट १२ खेलमा २ सय १३ जना र मनाङबाट ५ खेलमा ४६ जना गरि कुल ३ हजार २ सय २३ जनाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
कास्की: जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, अन्नपूर्ण गाउँपालिका ११ स्थायी घर भई हाल पोखरा १६ दीप बस्ने २९ वर्षिय मिलन गुरुङ, पोखरा १६ दीप बस्ने ४० वर्षिय सन्तोष गुरुङ र गोरखाको भिमसेनथापा गाउँपालिका ३ स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका १३ माधबपुर बस्ने २५ वर्षिय समिर कोईराला रहेका छन् । उनीहरुको साथबाट नुर्फिन १ सय ७०, डाईजापाम १ सय ७०, फेनरागन १ सय ७० गरि कुल ५ सय १० एम्पुल लागुऔषध बरामद गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखरा ३० स्थित पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा लागुऔषध भेटिएको थियो । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ । अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ । आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए । पोखरा १० रामबजारको नारायण प्रोभिजनलको सञ्चालक नारायण श्रेष्ठ पनि नयाँ र युवा जोस भएको नेतृत्व चाहान्छन् । तर, नेतृत्व लिएर मात्र नहुने सानादेखि ठूला व्यावसायीहरुको समस्या संवोधन गर्न सक्ने हुनुपर्ने उनको माग थियो । ‘अर्जुन जीले राम्रो टिम बनाएर हिड्नुभएको छ मतदान गर्ने सबैको अधिकार हो जिताउने हराउने सबै मतदाताहरुको हातमा छ,’ उनले भने, ‘तर जितिसकेपछि भने सबैसँग फेरी समस्या सुन्न पसल पसल पुग्नुपर्छ, योभन्दा अघिकाहरु भोट माग्ने बेला आयो अनि २ वर्ष हरायो ।’ यसका लागि नयाँ सोंच भएको नेतृत्व आवश्यक रहेको भनाई थियो । अर्जुन पोखरेल आफैमा लामो समय संघमा रहेर काम गरेकाले अर्जुजदृष्टि राख्न सक्ने व्याक्ति भएको उनको धारणा थियो । पोखरा १० का चन्द्रकिशोर गौतम पनि संघमा जुजारु अनि नयाँ काम गर्ने व्याक्ति आउनुपर्ने धारणा राख्छन् । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । उनले आफ्नो मत सक्षम र संघमा रहेर व्यापारीको हितमा काम गर्नेलाई रहने बताए । अर्जुन प्यानल मंगलबारको घरदैलोमा रामबजार, उत्तमचोक, बुद्धचोक अमरसिंहचोक, कालिका, चाउथे लगायत स्थानमा पुगेको थियो । साथै तीजका अवसरमा केही उद्योगी व्यावसायी घर मै हुने आँकलन गर्दै घर घरमा पुग्दै समस्या सुनेको थियो । व्यावसायीहरुको समस्या सुनिसकेपछि अध्यक्ष पदका आकांक्षी अर्जुन पोखरेलले व्यावसायीहरुको समस्या सम्बोधन गर्नकै लागि आफू नेतृत्वमा जान चाहेको धारणा राखे । ‘हिजो सहायक पदमा रहेका काम गरियो अब नेतृत्व लिएर संघलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नेतृत्वमा पुगेपछि व्यावसायीको समस्यालाई सही ढंगबाट समाधान गर्नुपर्छ भन्ने म र मेरो टिमको उद्देश्य हो ।’ धेरै मतदाताकोमा पुग्दा धेरैले समस्या सुनाएको जायज माग तथा समस्याहरु समाधान गर्न र माग पुरा गर्न आफू नेतृत्वमा जान चाहेको उनको भनाई थियो । आफ्नो नेतृत्वमा युवा तथा अनुभवी उम्मेदवार भएकाले उद्योगी व्यावसायीहरुको माग सम्बोधन गर्ने क्षमता राख्ने उनको भनाई थियो । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
कास्की । उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा नाकामा लाग्ने व्यापार मेला तीनवर्षदेखि सञ्चालन हुन सकेको छैन । प्रदेशसभा सदस्य महेन्द्र थकालीका अनुसार असार र भदौमा हुने सो मेला गत तीन वर्षदेखि सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा परेकोे जानकारी दिनुभयो । “पहिले यहाँ व्यापार मेला हुँदा स्थानीयलाई निकै सहज भएको थियो”, उहाँले भन्नुभयो, “अहिले सबै सामान भारततिरबाटै ल्याउनुपरेको छ ।” मेला नहुँदा समस्या भएकाले मुस्ताङका जनप्रतिनिधिले सम्बन्धित स्थानमा आवाज पनि उठाइरहनुभएको छ तर पनि सुनुवाइ भएको छैन । सांसद प्रेमप्रसाद तुलाचनले गत जेठ २६ गते संघीय संसद् बैठकमा सो विषयलाई उठान गर्नुभएको थियो । उहाँले सीमा क्षेत्रका बासिन्दा मुख्य आम्दानीको स्रोत व्यापार भएको र कोरलानाकामा व्यापार मेला सञ्चालन हुन नसक्दा उपल्लो मुस्ताङवासी मर्कामा परेको विषयलाई सदनमा जानकारी गराउनुभएको थियो । उपल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्र खेती हुने र उत्पादन गरिएको अन्नबालीले छ महिना थेग्न मुस्किल पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो“कोभिडले रोकिएको अन्तरदेशीय व्यापार मेला यथाशीघ्र सञ्चालन गर्ने वातावरण मिलाउन संघीय सरकारले ध्यान दिनुपर्छ ।” कोरोना त्रासका कारण रोकिएको व्यापार मेला सङ्क्रमणको जोखिम शून्य अवस्थामा रहेकाले व्यापार मेलालाई निरन्तरता दिन स्थानीयवासी टसी गुरुङले प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ । उहाँका अनुसार व्यापार मेलामा जानका लागि उपल्लो मुस्ताङीको नागरिकता देखाएर चीन प्रवेश गर्न पाउँथे । व्यापार मेलामा नेपालबाट पश्मिना, यार्सागुम्बा, आलु, फापरलगायतका सामग्री निर्यात हुन्थ्यो भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री र भेडाच्याङ्ग्रा आयात हुने जनाइएको छ । कोभिडका कारण तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल नआउँदा भेडाच्याङ्ग्राको मूल्य आकाशिएको उहाँले बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सुवर्ण विष्टले सरकारले दूरदराजका जनताको पीडा बुझ्न नसकेको गुनासो गर्नुभयो । राज्यले लोमान्थाङलाई हेर्ने नजर फरक रहेको उहाँको धारणा थियो । भौगालिकरूपमा विकट भए पनि कोरलानाकासँगै लोमान्थाङको सांस्कृतिक सम्पदाले भरिपूर्ण लोमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घर संरक्षणका लागि राज्यको आँखा जानुपर्ने उहाँको धारणा थियो । उपल्लो मुस्ताङीको समस्या बुझ्न र विकास निर्माणका बारेमा जानकारी लिन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लोमान्थाङ समेत पुग्नुभएको थियो । तत्कालीन समयमा उहाँ कोरलानाकासम्मै पुग्नुभएको हो । नाका पुगेर उहाँले गण्डकी प्रदेशको समृद्धिको मूल आधार कोरलानाका भएको थियो । व्यापार मेला नखुलेर स्थानीयवासीलाई परेको समस्याको सम्बोधन गर्दै उहाँले मेलामात्र होइन, नाका नै खोल्नुपर्नेमा जोड दिनुभयो । “यो नाका गण्डकी प्रदेशकै लाइफलाइन हो र प्रदेशको समृद्धिको मूल आधार पनि हो”, उहाँले भन्नुभयो, “सबैभन्दा पहिले कोरलाबाट त्रिवेणीसम्मको सडक खुलाएर नाका सञ्चालन गर्न सकियो भने मित्रराष्ट्र चीन र भारतसँगको व्यापार बढ्छ ।” तत्काल नाका खोल्नका लागि संघीय सरकारलाई अनुरोध गरिसकिएको उहाँले जानकारी दिनुभयो । “संघीय सरकारबाट पनि भन्सारको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्न बजेट विनियोजन गरिसकेको छ भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “भोलिका दिनमा नाका सञ्चालन गर्न प्राथमिकताका आधारमा साधान स्रोतले भ्याएसम्म अगाडि बढाउन चाहन्छौँ ।” भन्सार सञ्चालनका लागि चीनले बनाएको संचरनाले पनि नेपाल सरकार र प्रदेश सरकालाई झक्झकाएको बताउनुभयो । “हामीले पनि चीनले जस्तै हाम्रा भन्सार जाँचचौकी बनाउन सक्यौँ र दुवै देशका नागरिकको व्यापारिक सम्बन्ध आदानप्रदान गर्न सकियो भने हाम्रा लागि ठूलो सफलता हन्छ”, उहाँले भन्नुभयो । चीन सरकारले चीनको ढोङ्वासेनको बजारबाट कोरलानाकासम्मको सडक कालोपत्र गरेको छ भने आफ्नोतर्फ भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि दुईवटा भवन बनाइसकेको छ ।
पोखरा । पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिन लागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेको छ । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यावसायीको समस्या र सुझाव सुन्दै हिडेका छन् । अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । जहाँ पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा पनि सर्वसम्मतको तयारी भईरहेको थियो । तर विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाई छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना । स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहार टिममा समेट्दै प्यानल बनाएर हिंडिरहेको छ । सोही क्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो । आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाईदिएर जितको शुभकामना दिदैं फोटो खिच्न भ्याए । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले, ‘आदरणिय दाई पवन प्रजापती र वाहाको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिदै । मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा’ विविध कारण सर्वसम्मत हुन नसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’ पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन् । गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गर्नुभयो । अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिनुभयो । तालवरपर घाँसेमैदान भएकाले यसलाई चराहरूको बासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको बासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् । गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ । विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि वन कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जलक्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ । हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदेतालमा आउने गरेकै गुँदेताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिनुभयो । संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठितरूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् । पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् । तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।
पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ । सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यू’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेश कुमार गुरुङले यस्तो बताएका हुन् । उनले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले हालसम्म नवौं राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुंगो लगाएका छौं । यसमा सदस्य सचिव, टेक्निकल टोली सहित खेल पदाधीकारी बसेर केही दिनमै सार्वजनिक गर्नेछौं ।’ प्याराग्लार्ङडिङका लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिसकेका उनले घुमाउरो पारामा प्रतियोगिता पोखरामा नै सञ्चालन हुने संकेत गरे । उनले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिने बताए । उनले प्रतियोगिता सञ्चालका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारहरुको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडी, प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे । ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपन्त्व रहनेगरि सञ्चालनका लागि तयारीलाई अन्तिम चरणमा पुर्याइएको गुरुङले बताए । यद्यपी विभिन्न जिल्लामा खेल पुर्वाधार र प्राविधिक अवरोधका कारण प्रतियोगिताका अधिकांश खेल प्रदेश राजधानी पोखरा केन्द्रित हुन सक्न गुरुङले जानकारी दिए । प्याराग्लाइडिङ खेलाडीलाई तयारी स्वरुप राज्यले प्रयाप्त रकम दिन सक्दैन: दवाडी सरकारले प्याराग्लाईडिङसहित अन्य खेलहरुमा पर्याप्त रकम विनियोजन गर्न नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य बसन्तराज दवाडीले गुनासो गरेका छन् । गण्डकी खेलकुद परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले सोमबार खेलस्थल अवलोकन क्रममा पोखराको सराङकोट पुगेर संचारकर्मी माझ सो कुरा बताएका हुन । प्याराग्लाइडिङ संघका संस्थापक अध्यक्ष समेत रहेका उनले प्याराग्लाइडिङ मंहगो खेल भएकोले सरकारले प्रयाप्त रकम दिन नसक्ने बताए । सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छांै । उनले भने । राज्यबाट दिने स्रोत नै अपुग भएकोले हामीले खेलाडीलाई पुग्ने रकम दिन नसकिने दवाडीको भनाई रहेको छ । प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुन्छ: प्रशिक्षक भट्टराई प्याराग्लाईडिङ प्रशिक्ष योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । सराङकोट र तोरीपानीबाट व्यवसायीक प्याराग्लाईडिङ उडान हुँदै आएको पोखरामा टेक्निकल हिसावले पनि प्रतियोगिता सराङकोटबाट सञ्चालन गर्नु उपयुक्त भएको उनले बताए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताकालागि सराङकोट टेक्निकल तथा खेलाडीको सुरक्षाको लागि पोखरा उपयुक्त रहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशका अन्य जिल्लामा पनि व्यवसायिक उडान नभएका होइन् तरपनि प्रतियोगिताका एकुररेसी र क्रस कन्ट्रिका लागि आवश्यक टेक्निकल हिसाव र खेलाडीको सुरक्षाका लागि यो भन्दा अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले भने । उनले प्रतियोगितामा खेलाडीहरुले यस अगाडीका विभिन्न प्रतियोगितामा प्राप्त गरेको नतिजा र छनौट चरणमा गरेको प्रर्दशन आधारमा प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लगाइने जानकारी दिए । विभिन्न जिल्लाबाट छनौट भएका प्याराग्लाइडिङ खेलाडीहरुले भदौ १६ गते देखि १८ गते सम्म पोखरामा संचालन हुने प्रदेश स्तरिय छनौटमा सहभागिता जनाउने छन । भट्टराईका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिने छ । महिला तथा पुरुष क्रस कन्ट्रि, महिला तथा पुरुष एकुररेसी इभेन्टस्मा प्रतियोगिता सञ्चालन हुनेछ । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ ।
पोखरा । उनकै भाषामा, ८० पुग्न एक वर्ष वाकी, रहेकी गंगादेवी अधिकारीले आर्शिवाद दिदै भनिन् दुई पटक त मैले पनि भोट दिए तिमिलाई अहिले छोराको नाममा सारिदिएकी छु, तर पनि आर्शिवाद छ तिमी आउनै पर्छ । विहानको झुल्के घाम सँगै भोट माग्दै विरौटा चोकमा पुगेको पवन प्रजापतीको प्यानललाई अधिकारी वुलेट टे«डर्सकी संचालक अधिकारीले भनेको शव्द हो यो । उनले भनिन्–“वोलेर वाठो र दौडेर छिटो पुग्ने प्रयास नगर सवै व्यवसायलिाई सम्हालेर काम गर यति हसिलो मान्छेले केहि गर्छौ ।” गंगादेवी अधिकारीको आर्शिवादसँगै विरौटा मतदाताको घरदैलो गरेको प्रजापती टिमलाई अल्ली पर वडा कार्यालय नजिकै रहेको एस के व्रदर्शका संचालक किरण श्रेष्ठले मत दिने मात्रै होईन आफ्नै सामसुङ्ग व्राण्डको मोवाईलवाट १२ जनालाई फोन गरेर प्रजापती प्यानलाई भोट मागे । उनले भने–“हामी व्यवसायीहरु हाम्रो हितमा आवाज उठाउनेलाइ जिताउने हो । हामीलाई नेता होईन अभिभावक चाहिएको हो ।” विरौटाका एम के विल्डर्सका संचालक मुनाल रानाभाटलाई फोन गर्दै भने–“चिया खायौ ? पवन दाईहरु आउनु भएको छ एक छिन सँगै भोट माग्न हिडौं है ?” अल्ली पर छोरेपाटनको आरोलो नपुग्दै भेटिन्छ फेवा मिट अर्थात् चीकेन पोइन्ट , यसका संचालक सुर्य वरालले भोट दिने कुरा भन्दा पनि चिया नै खान अनुरोध गर्दै भने–“दाई चुनाव त तपाईले घरमै सुते पनि जित्नुहुन्छ तर पनि राम्रो काम गर्नुहोस् सवै व्यवसायीहरुको अनुभवी र योग्य अनि प्रक्रियागत रुपमा नेतृत्व हस्तान्रण होस् भन्ने चाहना रहेको पनि संचालक वरालको भनाई थियो । विरौटा एरियामा आफै भोट माग्दै वरालले अग्रिम शुभकामना सहित विदाई गरे । यी त केहि उधारहण मात्र हुन् चुनावी अभियानका, अधिकतम विरौटा तथा वडा नं १७ का उद्योगी व्यवसायीहरुको एउटै धारणा र यसपालिका भोट पवन प्रजापतिको प्यानललाइ । अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले मत माग्नु भन्दा पनि अव संघलाई कसरी लैजादा राम्रो होला भनेर अभिमत माग्न घरदैलो जरुरी रहेको धारणा राखे । उनले भने–“ चुनाव जित्न मत माग्न भन्दा पनि अव आउने अध्यक्षले कस्ता एजेण्डालाई कार्यन्वयनमा लैजानु पर्ला भन्ने विषयमा अभिमत लिन घरदैलो गरेका हौं ।” स्थानिय तह निर्वाचनमा वडा नं १७ का नेपाली काँग्रेसवाट वडा अध्यक्षका प्रत्यासी देवराज आचार्यले भने–“व्यवसायीको निर्वाचन भएका कारण मेरो मत काँग्रेस भए पनि सवै व्यवसायीहरुलाई समेटरे लैजाने प्यानललाई हुन्छ , यसमा पवन प्यानलको विकल्प देख्दिन ।” अन्नपुर्ण मेसिनरीका संचालक समेत रहेका आचार्यले व्यवसायीका मर्का वुझ्न सक्ने उम्मेदवारलाई भोट दिन समेत सवै सचेत व्यवसायीहरुलाई अनुरोध गरे । छोरेपाटन, विरौटा, एयरपोर्ट लगाएतका स्थानका ३५० व्यवसायीहरुको घर र पसलमा समेत अभिमत संकलनमा हिडेको टोलीले सवै खालका व्यवसाय, उमेर समुह र स्थानलाई समेटेर टिम निर्माण गरेको छ । नेकपा समाजवादीका नेता तथा मेयर धनराज आचार्यका भाई शिवराज आचार्यले सम्पुर्ण टिमलाई खादाले अग्रिम शुभकामना दिदै उनले भने–“म सँग भोट मागेर समय वर्वाद नगर्नुहोस्, अग्रिम वधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई ।” प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित उपाध्यक्ष वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्

