एमालेबाट कास्की ३ ‘ख’मा पहारी सिफारिस
पाेखरा | भदौ १९, २०७९
पोखरा । नेकपा एमालेले आउदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवार सिफारिस गरेको छ ।
एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उक्त क्षेत्रको उम्मेदवारको रुपमा राजिव पहारीलाई सर्वसम्मत सिफारिस गरेको हो ।

एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङका अनुसार उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न शनिबार एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका थिए । पहारी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद भएका थिए ।
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

