प्रदेश खेलकुद प्रतियोगिता: आइटिएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन
पाेखरा | भदौ १९, २०७९
पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ ।
पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ ।
प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । सुनिता भण्डारी, शुष्मिता थापा मगर, हिहिला अदै, पल्पसा घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । त्यस्तै ६० देखि ६५ केजी तौल माथी कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते ।

त्यस्तै महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुंवर, बागलुङकी लली कुमारी वुढा मगर, सुनिता भण्डारी, शुष्मिता थापा मगर र बसन्ती वुढा मगरले स्वर्ण पदक जितेका छन् ।
पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिनन तौलमा बागलुुङका खगेन्द्र धर्ती मगर, श्रीप्रसाद वुढा मगर, प्रविन वुढा मगर, एक्सन पुन मगर, प्रकाश वुढा मगर, पञ्चविर वुढा मगर र मिथुन घर्ती मगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौल माथीको प्रतिष्पर्धामा तनहुँका सोम बहादुर गुरुङ र स्याङजाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन् ।
पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्ती मगर र भिम बहादुर गाहाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै बागलुङका प्रविन वुढा र श्रीप्रसाद वुढा मगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

