कास्की १ मा एमालेबाट एक जना महिलामात्र सिफारिश
पाेखरा | भदौ १९, २०७९
पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् ।
सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् ।

प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।
एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

