आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ। स्कटल्याण्डको यो दोस्रो खेल हो। पहिलो खेलमा ऊ वेस्ट इण्डिजसँग पराजित भएको थिय। इटालीको भने यो पहिलो खेल हो। दिउँसो सवा ३ बजे जिम्बावे र ओमान भिड्दैछन्। समूह 'बी' मा रहेको दुई देशले पहिलो खेल खेल्न लागेका हुन्। खेल श्रीलंकाको कोलम्बोस्थित एसएससी ग्राउन्डमा हुँदैछ। समूह 'डी' बाटै दक्षण अफ्रिका र क्यानडाबीच खेल हुनेछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा बेलुकी पौने ७ बजे खेल हुनेछ। यी दुई देशले पनि पहिलो खेल खेल्न लागेका हुन्।
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको हाे । उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए । दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उहाँका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् । बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे । यस्तै त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अनतरले हरायो । मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो । रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित गर्याे । छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे । सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १/१ गोल गरे । आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १/१ गोलको योगदान दिए । सोमबार पनि बिहान ८ बजेबाटै दोस्रो चरणकै खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
भारतले साफ यु १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ। भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत तेस्रो पटक यु १९ च्याम्पियनस बनेको हो। भारतले यसअघि सन् २०२२ र २०२४ मा यो उपाधि जितेको थियो। समूह चरणमा बंगलादेशले भारतले २-०, नेपाल ४-० र भुटान १२-० ले हराएको थियो। ५ पटकको च्याम्पियन बंगलादेशले फाइनल भने समूह चरणको प्रदर्शनलाई दोहोराउन सकेन । बंगलादेश यसअघि २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा च्याम्पियन बनेको थियो। २०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो। आज एकपक्षिय खेलको पहिलो हाफमा १-० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो। ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले अग्रता बनायो। ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो। त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा भारतले आरामदायी अग्रता बनायो। ८३ औँ मिनेटमा अंविता रघुरमनको गोल थपेपछि भारतले सहजै खेल जित्यो । च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो। बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन्। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थान भएको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शनिबार) ८ खेल सकिएका छन् । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो चरणका ८ खेल सकिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले बताए । उनका अनुसार शनिबार भएको पहिलो खेलमा एन्जो ग्रुपले टुंडिखेललाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै दोस्रो खेलमा राइजिङ नेपाललाई रामघाटले ठमेल २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा सुदिन गुरुङले २ गोल गरे भने, राइजिङ नेपालका लागि सन्तोष मगरले सान्त्वना १ गोल फर्काए । तेस्रो खेल लिभिक एफसीको अनुपस्थितीमा वाकओभरमार्फत तालपारी विजयी बन्यो । बेस्ट ब्वाइज क्लब र भिमकाली क्लबबीच भएको चौथों खेल गोलरहित भएपछि पेनाल्टीमा बेस्ट ब्वाइज क्लबले ४–३ गोल अन्तरले जीत निकाल्यो ।\ पाँचौ खेलमा स्याङ्जा युथ क्लबले फूलबारी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा समिर पुरीले २ गोल गरे । छैटौं खेलमा एसटिबिएस एफसीलाई लभ्ली ब्वाइजले ४–२ गोल अन्तरले पराजित गर्याे । लभ्ली ब्याइजको जीतमा स्वचन थापा, सविन थापा, अन्जन थापा र रोहित नेपालीले समान १र१ गोल गरे । भने, एसटिबिएसका लागि विवेक गुरुङले २ गोल गरे । यस्तै आयोजक बिटी टिम बि र कल्याण बेसी लमजुङबीच भएको सातौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा आयोजकले ३–२ गोल अनतरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए । उनका अनुसार शनिबारको अन्तिम खेलमा फायर पिज्जाले भाइब्रेन्टलाई ४–१ को फराकिलो गोल अन्तरले हरायो । फायर पिज्जाको जीतमा मनिस ठकुरीले ह्याट्रिक र सुवास गुरुङले १ गोल गरे । भने, भाइब्रेन्टका लागि खगेन्द्र पुनले समान्त्वना १ गोल गरे । आइतबार पनि बिहान ८ बजेबाटै पहिलो चरणकै खेल हुने क्लबका सल्लाहकार विनिता गुरुङले जानकारी दिइन् । उनका अनुसार आइतबार पहिलो खेल सम्झना क्लब नयाँगल्ली र दीप युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने क्लबका सचिव रेशम सापकोटाले बताए । सापकोटाका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
आचारसंहिता उल्लंघन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्। आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्। आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्। जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाइ आर्थिक बाहेकका अन्य विषय हेर्ने अख्तियारी छ। जिल्लामा प्रमुख कोष नियन्त्रक र कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ। जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लंघनका सम्बन्धमा प्राप्त भएका उजुरीलाई आवश्यक कारवाही गरिएको आयोगले जनाएको छ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर गुरुकुलले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि शुभम गिरीले ४४ बलमा ३७ रन, अनुराग भण्डारीले १६ बलमा २६ रन र भुवनबहादुर भण्डारीले १४ बलमा १४ रनको योगदान दिए । मदरल्याण्डलाई विशाल लक्ष्य बनाउनबाट रोक्ने क्रममा गुरुकुलका सुदीप सुनारले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ३ विकेट तथा एलन भट्टले ४ ओभरमा १ मेडन फाल्दै ३६ रन खर्चेर ३ विकेट र युवराज घर्ती मगरले २.५ ओभरमा १४ खर्चेर २ विकेट लिए । १२२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको गुरुकुलले ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सिमित भयो । गुरुकुलका लागि विवेक बानियाले २० बलमा २८ रन र देवेन्द्र खड्काले ८ बलमा ६ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । गुरुकुललाई सस्तैमा समेट्न मदरल्याण्डका विलोभ मल्लले ४ ओभरमा केवल १० रन खर्चेर ६ विकेट तथा गौरव, सद्रिस र रमेशले थप १÷१ विकेट लिए । खेलमा मदरल्याण्डका ६ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै, शुक्रबार भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्यो । सेमीफाइनल पुग्ने बाटो बन्द भएर सान्त्वना जितका लागि मात्र भएको प्रतिष्पर्धामा कुमुदिनी होम्सले टस जितेर पहिले व्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण रन बनाउने क्रममा कुमुदिनीका मोहम्मद अलीले ४३ बलमा ३७ रन, लोचन राजवंशीले २० बलमा २० रन र लकी गुप्ताले १० बलमा ११ रनको योगदान दिए । कुमुदिनीलाई दवाबमा राख्न टप्सका जेसिस शाहले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट, अनुज शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट र सौरभ तिमिल्सिनाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । १२६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लक्ष्य भेट्टाउने क्रममा टप्सका संयोग तिवारीले १९ बलमा २० रन, अनुज शर्माले ९ बलमै १३ रन र सौरभ तिमिल्सिनाले २३ बलमा १४ रनको योगदान दिए । टप्सको व्याटिङ अर्डर ध्वस्त बनाउने क्रममा कुमुदिनीका लकी गुप्ताले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, विद्वान देवकोटाले ४ ओभरमा २५ खर्चेर २ विकेट नै लिए । सो खेलमा टप्सका अनुज शर्मा प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ। परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए। सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए ३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा 'राते काइँला' भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

