काठमाडौं: नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । सडकखण्डमा आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी गरिएको छ । बिहान १०स्३० बजेदेखि दिउँसो ३स्३० बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ । धादिङको गल्छी–गजुरी खण्डअन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले सवारी रोकेर काम गर्न लागिएको हो । त्यस्तै, नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड कालोपत्रे गर्न सवारीसाधन रोकेर काम गर्न लागिएको आयोजनाले जनाएको छ । उक्त समय अवधिभित्र वैकल्पिक सडकमार्गहरूको प्रयोग गर्न यात्रु र चालकलाई आयोजना कार्यालयले अनुरोध पनि गरेको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेक पोस्ट, मुग्लिनबाट काठमाडौं आउने सवारीसाधन खानीखोला, नौबिसे र जंगेखोला, थाक्रेमा रोक्ने गरी ठाउँ तोकिएको छ । नौबिसेबाट मुग्लिनतर्फ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिने छ । मुग्लिनबाट नौबिसेतर्फ आउने सवारी साधनलाई मलेखुमा रोकिने योजना कार्यालयले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व। पोष्ट बाहदुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन सचिवहरु तथा ने।ना।उ।प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना र CAMC Engineering Co. Ltd. उपर गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । त्यसैगरी निजामती सेवाका सचिवहरु मधु मरासिनी, सुशील घिमिरे लगाएतलाई पनि मुद्दा हालिएको छ । उनीहरुबिरुद्ध जनही ८ अर्व २६ करोड भन्दा बढी बिगो कायम गरिएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर रहेकोमा अस्वभाविक रुपमा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर थप गरिएको अख्तियारको भनाइ छ । लागत अनुमान बढाएर ८ अर्व २६ करोड रुपैया भ्रष्टाचार भएको दाबी सहित मुद्दा दर्ता भएको विशेष अदालतका सूचना अधिकारी रेग्मीले बताउनुभयो । मुद्दा दायर गरिएकमध्ये पूर्वमन्त्री पोष्ट बहादुर बोगटीको मृत्यु भएसकेकाले उहाकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको देखिएकाले अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गरेको थियो । चीन सरकारसँग सहुलिएत ऋण लिएर पोखरा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलको लागत लागत अनुमान अस्वाभाविक रुपमा बढाएर २४ करोड ४० लाख ४० हजार ४५० अमेरिकी डलर कायम गरि निर्माण गरिएको पनि अख्तियारले जनाएको छ ।
पोखरा: नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले उद्घाटन गर्नुुभएको थियो । कार्यक्रमममा प्रमख अतिथि खड्काले रक्तदानको आँर्फैमा विशिष्ट महत्व भएको बताउँदै रक्तदान जीवनदान भएको बताउनुभयो । शाखाका सभापति विन्दुराज तिवारीले शाखाले समाजिक उत्तरदायित्वसँगै आफ्नो नियमित कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा परोपकार आमा समूह, गगन नेवाः खल, पूर्णद्विप पौडेल, घनश्याम खनाल, शिखर नेट, विष्णुुबहादुर बस्नेत, खेम गुरुङलगायतले विभिन्न किसिमका सहयोग गर्नुभएको थियो । शाखा सभापति विन्दुराज तिवारीको सभापतित्व एवम् सचिव विष्णुबहादुर बस्नेतले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपसभापति विमला थापा बस्नेतले गर्नुुभएको थियो भने रेडक्रसका सात सिद्धान्त वाचन सदस्य देवी तिवारीले गर्नुभएको थियो । कार्यक्रममा शाखाका निवर्तमान सभापति किसान परियार, रेडक्रस जिल्ला शाखा कास्कीका सदस्य एवम् वडा नं ३२ सहजकर्ता सुवास अधिकारी र वविता सुवेदी, शरणकुमार प्रधान, मोहनकुमार प्रधान, भरत थापा लगायतले रक्तदानको महत्व लगायतका विषयमा बोल्नुभएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ बार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ । दशकौदेखि बसोवास गर्दै आएका स्थानीयलाई जग्गाको स्वामित्व प्रदान गर्न तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्नेमा वक्ताहरुले सामुहिक धारणा राखेका थिए । गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले साधारण सभाको उद्घाटन गर्दै मुलुकका पुस्तौदेखि जग्गा विहिन परिवार अभैm कानूनीरुपमा असुरक्षित भएकोले उनीहरुको जिवनस्तर उकास्न स्वामित्व अधिकार अनिवार्य भएको बताउनुभयो । मुलुकमा अस्गिर सरकारको कारण भुमिहिनलाई लालपुर्जा वितरण र अव्यवस्थित वसोवासिलाई व्यवस्थित गर्ने अभियानले सार्थकता पाउन नसकेको भन्दै एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले मुलुकको समग्र समस्या समाधान गर्न एकल वहुमतको सरकारको खाँचो औल्याउनुभयो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले यस क्षेत्रका भूमिहिन सुकुम्वासी वस्तिमा आवश्यक भौतिक पूर्वाधारमा वडाले जोड दिदै आएको बताउँदै जग्गाधनी वनाउन तिनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । दीर्घकालीन वसोवासका आधारमा जग्गा प्रदान गर्दा सामाजिक सुरक्षादेखि आधारभूत सेवा सुविधासम्म पहुँच सुनिश्चित हुने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय सरकार र संघीय सरकारले सहकार्य गरि दिगो समस्याको समाधानमा लाग्नुको विकल्प नभएको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रुद्र खत्रीले भूमिहिन सुकुमवासीहरु अधिकांश विभिन्न क्षेत्रका श्रमिक भएको उल्लेख गर्दै सामाजिक सुरक्षाकोषमा आवद्ध हुनु पर्ने वताउनुभयो । नेकपा एमाले कास्की जिल्ला सदस्य सुभाष ढुङ्गानाले वर्तमान सरकारले भूमी आयोग खारेज गरेपनि न्यायालयले पुन स्थापना गरेको बताउँदै भूमी हिनलाई लालपुर्जा वितरणमा ढिलाई गर्न नहुने बताउनुभयो । रानीवनको छेउको १३ रोपनी सार्वजनिक जग्गामा दुई दशक अधि ६२ घर परिवार वस्दै आएको टोलका सल्लाहकार दानवहादुर शाहीले जानकारी दिनुभयो । सो क्षेत्रमा खानेपानी, विद्युत, सडकको राम्रो सुविधा रहेपनि जग्गाको लालपुर्जाको अभावमा खड्कीएको उहाँको भनाई छ । नमुना टोलसुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतिको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, एमाले वडा अध्यक्ष एवम् जनप्रतिनिधि विक्रम गुरुङ लगायतले बोल्नु भएको कार्यक्रममा उपाध्यक्ष लोक वहादुर सेन ठकुरीले स्वागत र सचिव भेल वहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मिना थापा मगर र महासचिव सुरज थापामगर थिए । पुरस्कार डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते अर्पण गरिनेछ । पुरस्कारको राशी नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ । सम्मानित हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । २०६५ सालमा पोखरा आएर उनले प्रतिष्ठित अंग्रेजी दैनिक द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट को ब्युरो चिफको जिम्मेवारी सम्हालेका थिए । दुई दशकदेखि अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका भरत कोइरालाको यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम काम गरेका थिए । केही समय काठमाडौंबाट पोखरा एफएममा समेत काम गरेको उनीसँग अनुभव छ । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन् । उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् । नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिना र प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए । पत्रकार कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।
पोखराः पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर) पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । ‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनिन् । पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड सान्त्वना भए । महिला तर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना भए । पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तुपा, भुम्दी, ठुलाखेत ुहदैँ कास्कीकोटबाट मेथलङ् हुदै खहरेमा पुगेर समाप्त भएको थियो । २१ किलोमिटर हाफ म्याराथनमा पुरुष तर्फ नेपालका विशाल राई प्रथम भए । उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गरे । नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना भए । २१ किलोमिटर हाफ म्याराथनमा महिला तर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा पार गरिन् । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकाी मारिलिया बोर्जेस सान्त्वना भए । पुरुष तर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले अग्रता कायम गरे । नेपालका विष्णु लिम्बु प्रथम भए । उनले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरे । यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ सान्त्वना भए । महिला तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरीन् । ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना भए । फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानारी दिए । तिमिल्सिना सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए । प्रतियोगितामा २७ देशका धावकले सहभागिता जनाएका थिए ।
पोखरा: आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के–चि सुले फाइनलमा भेट पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी सर्किट १ अन्तर्गत पोखरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेईका टिङ–हो याङलाई ३–६, ६–३, ७–६(१)ले पराजित गर्दै कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका छन् । अर्काे सेमिफाइनलमा श्रीलंकाका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरे । त्यस्तै गल्र्स सिंगल्सतर्फ चाइनिज ताइपेईकी के–चि सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी शिवाली गुरूङ संग फाइनलमा भेट पक्का गरेकी छन् । अर्काे सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिका पद्मकुमारलाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । त्यस्तै ब्वाइज डबल्सतर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जितेका छन् । यता गल्र्स डबल्सतर्फ शिवाली गुरुङ र के–चि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जिते । जारी प्रतियोगिताको सर्किट १ अन्तर्गतको फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङले जानकारी दिएका छन् । मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वार्टर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् । प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन भइरहेका छन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको कास्की टेनिसका सचिब भिष्मराज पौडेलले जानकारी दिए ।
काठमाडौं: कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो । कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस ९हाल रत्ननगर नगरपालिका–६० का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उहाँलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो । उहाँले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताउनुभयो । यसरी भएको थियो घटना सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए । सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला पर्यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताउनुभयो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ, “उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस ९हाल रत्ननगर–६० का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।” उहाँका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो । सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे । त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताउनुभयो । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् । उहाँका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए । दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताउनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ । लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा। आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ । जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता भएको उहाँले बताउनु भयो ।

