काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतिय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे । पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए । प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए । त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । पुरुष तर्फको भलिबलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ । विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो । क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । महानगर विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो । छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो । पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए। डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन बढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ । महोत्सवमा दर्शकहरुलाई मनोरञ्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । शान्तारानी संगै बुधवार पार्वती जिसी, चोलेन्द्र पौडेल, रामचन्द्र पौडेल (आरसी), मधु थापा मगर, कृष्ण भट्टराई, आरोही रुचाल लगायत कलाकारहरूको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएभने जादुगर दीपक थापा मगरको जादु कलामा दर्शकहरुले मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा रकहेड्सको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवमा आयोजित विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा बुधबार कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुलको प्रस्तुति रहेको थियो । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बिहीबार अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ अस्मिना अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आयोजित छेलो प्रतियोगिताको फाइनल बिहीबार विहान ९ बजे हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
काठमाडौं: आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी(२, रौतहट(१ र कैलाली(१ मा एक एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन्। उहाँले निर्वाचन कार्यतालिका अनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक, एक गरी जम्मा ५ वटा उजुरी परेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ।’ उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो। सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा पनि १७ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी दिएका छन्, जहाँ अन्य क्षेत्रको तुलनामा महिलाको संख्या केही सन्तोषजनक (३ जना) छ ।
पोखरा: ढुङ्गेसाँघु सितापाईला आमा समुह पोखरा १७ महतगौडाले सिताघाट व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जन्मदेखि मृत्यु संस्कारसंग जोडिएको घाट जाने बाटो निर्माणका लागि समुहले ५१ हजार ११५ रुपैया आर्थिक सहयोग गरेको हो । महतगौडाचोकमा आयोजित एक कार्यक्रमका बीच आमा समुहका अध्यक्ष जुना मल्लले सितापाईला घाट व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालालाई नगद रकम हस्तान्त्रण गर्नुभयो । आमा समुहले माघे संक्रान्ति ढुङ्गेसाँघु मेलामा शेलरोटी तरकारी विक्री गरेर आर्जन गरेको रकम र समाजमा हुने विभिन्न शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि संकलित रकम घाट निर्माण जस्तो पुण्य कार्यको लागि सहयोग गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ को दश लाख आर्थिक सहयोग र स्थानीय स्तरमा संकलन गरिएको नौ लाख गरि कूल १९ लाख रुपैयाको लागतमा घाटसम्म जाने कच्चि मोटर बाटो निर्माण गरिएको छ । वाटो निर्माण समितिका सचिव विक्रम बाबु भण्डारीका अनुसार सदा शिव हरिहर मन्दिर परिसर हुँदै जाने सो बाटोसंगै सुरक्षाका हिसावले एकतर्पिm नाला र फलामे रेलिङ्गवार निर्माण गर्न अपरिहार्य भएको हुँदा आवश्यक रकम संकलनका लागि घरदैलो कार्यक्रम समेत सञ्चालन गरिदै आएको छ । सो घाटको संरक्षणका लागि मोटर वाटोको दुवैतर्पm ग्याभिन जालि भर्ने काम भई रहेको बताउँदै उहाँले भन्नुभयो, धार्मिक क्षेत्रको विकास स्थानीयले देखाएको उत्साहले त आँट म पु¥याउछु भन्ने युक्ती चरितार्थ भएको छ । सो वाटो निमाणले माघे सक्रान्तिका दिन नदीमा स्नान गर्न जाने श्रदालु भक्तजनलाई प्रत्येक्ष सुविधा पुगेको थियो ।
काठमाडौं: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । ‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने । निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’ प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।

