काठमाडौं:    जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ जनाले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व परिवर्तनको माग पुरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह याद...

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।  ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् ।   लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनल नजिक पुगेको छ ।  ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् । ३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ । दुवै टोलीले दुईदुई खेल खेल्न बाँकी छ । लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेशबिच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ ।

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा घाइतेको उपचार भइरहेको छ । पोखरा सभागृहबाट शान्तिपूर्ण प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयनजिक पुगेपछि उग्र बनेको थियो । 

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।   एभरेस्ट हस्पिटलमा ३४ जना उपचारत छन् भने तीनको मृत्यु भएको छ । शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एकको मृत्यु भएको छ । त्यहाँ घाइते १६ जनाको उपचार भइरहेको छ । उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।  जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

पोखरा:  पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ ।    पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २९–२७ र तेस्रो सेट २८–२६ ले जित निकाल्यो । कर्णालीकि आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् । कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसंगै कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा छ ।  काठमाडौंले दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको थियो । दोस्रो खेलमा भने काठमाडौंले मधेश युनाइटेडलाई हराएको थियो ।  आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

 काठमाडौं:   जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।   दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।   ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।   घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

काठमाडौं:  काठमाडौंमा भएको जेनजी आन्दोलनमा ठुलो मानवीय क्षति भएको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये नौ जनाको मृत्यु भएको छ।    ट्रमा सेन्टरमा मात्रै छ जनाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। सिभिल अस्पतालमा दुई, काठमाडौं मेडिकल कलेजमा एक जना घाइतेको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो।    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको छ।

काठमाडौं:   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ।  स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न भनिएको छ। यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ ।  साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।

काठमाडौं:   जेन–जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा ५ जनाले ज्यान गुमाएका छन् । संसद् भवन नयाँबानेश्वर परिसरमा पस्न खोज्दा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ५ जनाको ज्यान गएको हो । अश्रुग्यास र गोली लागेर घाइते भएकाहरूको निजामती अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ज्यान गएको हो ।  

पोखरा:   जेनजी आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी शर्माले जारी गरेको आदेशमा शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ ।  उनका अनुसार शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।   आन्दोलनकारीले सोमबार प्रदर्शनका क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।