काठमाडौं:  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...

पोखरा:   पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको भिड लागेको हो  । बाल प्रतिभा पहिचान अन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।   महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए ।  महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता  छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव  सिकाईको थलो बनेको छ । ‘कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउन पनि महोत्सवको रुपमा आयोजना गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चुया काटेर डोको वुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ’ अध्यक्ष अधिकारीले भने, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री अन्यत्र आश्रित नभई हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण महोत्सवले दिलाएको छ ।’ घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढु·ा सावित भएको छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।  

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ ।   आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्सवको प्रचार प्रसार शुरु गरिएको हो ।   नेपालका मुख्य शहरहरुमा रहेका मोटरसाइकल राइडर हरुकोे समुह माइलस्टोन्स इन्फिल्डर्समा आवद्ध मोटरसाइलक राइडरहरुलाई महोत्सव आयोजक युनाईटेड क्लब पोखराले पोखरामा स्वागत गर्दैै पोखरा महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।   माइलस्टोन्स इन्फिल्डर्सका संयोजक कुशल सुवेदी र प्रतिनिधी मछिन्द्र थपलियालाई युनाईटेड क्लब का अध्यक्ष लोक बहादुर थापा, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल लगायतले १४ औं पोखरा महोत्सवको प्रचारात्मक स्टीकर हस्तान्तर गरी महोत्सवको प्रचार प्रसार सुरु गरेका हुन ।   माइलस्टोन्स इन्फिल्डर्सका प्रतिनिधी मछिन्द्र थपलियाले राइड टु थ्री एङगल्स नेपाल भन्ने नाराका साथ हिमाल, पहाड तराईको यात्रा स्वरुप चितवन बाट सुरु भएको बाइक राइडरहरुको टोलीलाई युनाईटेड क्लब पोखराले स्वागत गरी आफुहरुलाई हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।   माइलस्टोन्स इन्फिल्डर्सले मोटरबाइक राइडको माध्यामबाट नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको र युनाईटेड क्लबले समेत पोखरामा महोत्सवको आयोजना गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएकोमा धन्यवाद ब्यक्त गर्दै १४ औं पोखरा महोत्सवको सफलताको कामना गरे ।   युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले माइलस्टोन्स इन्फिल्डर्सले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन स्वरुप हिमाल, पहाड तराइको यात्रा अन्तर्गत चितवनबाट यात्रा सुरु गरी पोखरा आइपुग्दा पोखरा महोत्सव आयोजक युनाइटेड क्लबले स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।   युनाईटेड क्लबले पोखरा महोत्सबको आयोजना गरी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको सुरुवाता गरेको र हाल उक्त चिडियाखानालाई प्रदेश सरकारले आफ्नो गौरबको योजना अनुसार काम अगाडी बढाएको बताउदै उक्त चिडियाखाना पोखराको नयाँ पर्यटकीय गन्तब्य बनेको समेत बख्रेलले बताए ।     युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले वर्षेनी पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको र यसपटक पनि आगामी पुषको २९ देखि माघको ११ गते सम्म महोत्सवको आयोजना गर्ने तयारीका साथ अगाडी बढिरहदा माइलस्टोन्स इन्फिल्डर्सको टोली संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।   पोखरा महोत्सवको प्रचारका लागि नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा हिडेको माइलस्टोन्स इन्फिल्डर्सको टोलीले महत्वपूर्ण भुमिका खेल्ने बताए । पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको साथ र सहयोगकै कारण १४ औं संस्करण सम्म आइपुगेको उनको भनाइ रहेको थियो ।   उक्त कार्यक्रमको सञ्चालन युनाईटेड क्लब पोखराका सचिव सन्तोष कार्कीले गरेका थिए । नेपालको काठमाण्डौं, धरान, हेटौंडा, चितवन बुटवल, पोखरा लगायतका,  ६० भन्दा बढी मोटरसाइकल राइडरहरुको टोली हिमाल, पहाड तराइ यात्रा अन्तर्गत चितवनबाट सुरु भएको यात्रा पोखरा हुदै कास्कीको अस्ताम, पोथाना, लुम्ले हुँदै कांडे सम्म पुग्ने बताइएको छ ।   उक्त यात्रामा योंग इन्फिल्डर्स, स्मार्ट बुलेट सर्भिस सेन्टर, हेटौंडा लेजेण्डस, रोलिङ विंग्स, एमसीज नेष्ट सेड बाइ नेचर लभर, लेजेण्डस, ओपन ल्याण्डर्स, कावासोती इन्फिलिन्डर्स, द बाइकर्स हब, हेलबन्डु एमसी काठमाण्डौ, लोको सवारी चितवन, द इन्फिलिण्डर्स स्टेशन, बुलेट हाउस चितवन, रोयल राइनो राइडर्स चितवनको समेत सहभागीता रहेको थियो ।     यो संगै युनाईटेड क्लब पोखराको आयोजनामा वी पोखरा र माइलस्टोनको सहभागीता रहेको कार्यक्रममा पोखराको पर्यटन प्रवद्र्धन संगै सामाजिक सञ्जालको आवश्यक्ता रहेको हुँदा १४ औं पोखरा महोत्सवमा वी पोखरा एपको समेत सुरुवात गरिने युनाईटेड क्लब पोखराका महासचिव दिनेश सुनारले जानकारी दिए । 

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।   उहाँले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।   नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान दिने अपेक्षा गर्नुभयो ।   ‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उहाँले भन्नुभयो – ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’     बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उहाँले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो – ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्यांकन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उहाँले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।       बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरुबीच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामाग्री र अंग्रेजी वक्तृत्वकला लगायतका कार्यक्रम हुँदैछन् ।  

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।   महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।   हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ बताउँछन । ‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले यस क्षेत्रका विभिन्न जातजाती र समुदायले कति अपनत्व महशुस गर्दारहेछन भन्ने देखाउँछ भने अर्को कुरा फरक फरक  जातजाती र समुदायहरुलाई एकैथलोमा उतारेर महोत्सवले उनीहरुको मौलीक रितिरिवाज, रहनसहन र संस्कार–संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक श्रेष्ठले भने ।   लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको विशिष्ट पहिचान बनेको संयोजक श्रेष्ठ बताउँछन ।   महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । झाँकी र्यालीलाई महोत्सवस्थलभित्रै व्यवस्थीत गर्ने योजना बनाईएको छ भने झाँकी तर्फ र र्याली तर्फ छुटृाछुटृै पुरस्कृत समेत गरिने भएको छ ।   झाँकीतर्फ प्रथम, द्धित्तीय, तृतीय र सान्त्वनालाई क्रमश नगद रु २० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ भने र्यालीतर्फ प्रथम, द्धित्तीय र तृतीयलाई क्रमश नगद रु १५ हजार, १० हजार, ५ हजार र सान्त्वना हुने १० समुहलाई नगद रु २ हजार प्रदान गरिनेछ । यसरी झाँकी र्यालीमा सहभागी हुन चाहने समुहले यहि मंसिर २८ गतेभित्र आफ्नो समुह दर्ता गराईसक्नुपर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।   महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन ।   लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

काठमाडौं:  स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

पोखरा:  पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। विश्वबन्धु बगालेले निजी स्तरमा सञ्चालित अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि बढेकोमा खुशी प्रकट गरे । सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुमध्ये गण्डकी प्रदेशबाट सबैभन्दा धेरै योगदानकर्ताहरुलाई स्वास्थ्यसेवा प्रदान गर्ने हस्पिटल बन्न सफल भई नेपाल सरकारबाट सम्मानित भएकोमा पनि उनले बधाई ज्ञापन गरे । प्रवन्ध निर्देशक पोखरेलले सेवाग्राही, कर्मचारी, चिकित्सक लगायत सम्पूर्णमा आभार व्यक्त गरे । हालसम्म सेवा प्रदानको अवसर प्रदान गर्ने सेवाग्राहीप्रति आभार भक्त गर्दै उनले आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र परिमार्जन गरी स्तरीय स्वास्थ्य सेवा प्रदानको प्रतिबद्धतालाई थप विश्वासिलो बनाउने उनले प्रतिबद्धता जनाए । हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । २०६९ साल मंसिर १० गते स्थापना भएको चरक हस्पिटलले १३ वर्षसम्म समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र करुणासहितको सेवा प्रदान गर्न सफल भएको उनले बताए । ‘पोखरा तथा आसपासका जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित हस्पिटलले धेरै सेवाग्राहीको विश्वास जित्न सफल भएको छ’ – प्रबन्ध निर्देशक पोखरेलले भने । पोखराको नागढुंगामा रहेको यो हस्पिटल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ । ७ तले भवन भूकम्प प्रतिरोधी छ भने छतमा हेलिप्याड सुविधासहितका संरचना छन् ।  हस्पिटलले अत्याधुनिक उपकरण, नवीनतम प्रविधिबाट सेवान प्रदान गरिरहेको पोखरेलले बताए । यो मल्टी–स्पेशालिटी हस्पिटल हो । मुटुरोग उपचार र शल्यक्रियाका लागि पनि हस्पिटल चिनिएको छ ।

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।  स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाका अनुसार घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा लगेको छ।

मुस्ताङ:   हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च लेकमा हिउँ चितुवा सङ्ख्या यकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्च लेकमा हिउँ चितुवाको सङ्ख्या यकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातिको अवस्था र मानव र हिउँ चितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन  र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका  फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए ।  उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामेरा जडान गरिएको छ । सोमबारदेखि यहाँको घरपझोङ गाउँपालिकाअन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । यहाँका उच्चलेकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट  गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडानकार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका हुन् । बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुन् । यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या यकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो । कायोकोसका प्रतिनिधि बोलोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए । “दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौँ, सफ्वेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण संकलन हुन्छ,ू गुरुङले भने, ूक्यामेरामा कैद भएका डाटा सबै एक्यापलाइ नै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको यकीन मात्रै गर्छौं ।” 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ ।  कमिटीका सचिव आरसि लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताउनुभयो ।  “यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर हामीले प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ” उहाँले भन्नुभयो, “अहिले हामीले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन गरिरहेका छौँ ।” महाधिवेशनमा करिव दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् । यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकेको छ ।  महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई दुई हजार रुपियाँ शुल्क तोकेको हो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।