पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।   महोत्सव सुरु हुनुपूर्व हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित झाँकी र्‍याली निकालिने छ । उक्त र्‍याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।   महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय वटा व्यापारिक स्टल रहने छन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु १०० तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुने छ ।   महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुने छन् ।   त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि सञ्चालन गरिने आयोजक विष्णुपादुका क्लबले जनाएको छ ।   सदाझैं यस पटक पनि महोत्सवमा 'सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक' नारालाई अगाडि सारिएको छ ।   हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । यस खेतीमा त्यहाँका करिब २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।   जसको प्रतिरोपनी औसत उत्पादन लागत १८ हजार ५ सय ९७ रुपैयाँ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो ।   आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्याे ।    सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १/१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए ।   यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।    उनका अनुसार आज भएको अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्शमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।    अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए ।    मुल्मीका अनुसार शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् ।    तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथों खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।    प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र्यामोस गुरुङले जानकारी दिए ।    उनका अनुसार विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।    प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवसको अवसरमा पोखरामा प्यानल डिस्कसनमार्फत आयोजना गर्दै संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको सन्दर्भमा संवाद कार्यक्रम सम्पन्न गरेको हो ।   कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।    सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको औचित्य पुष्टि हुने खालका काम गर्ने सबै प्रतिष्ठान तथा विभिन्न निकायहरु लाग्नुपर्ने धारणा राखे ।   उनले संघीयता कार्यान्वयमका लागि केन्द्रीकृत मानसिकतालाई परिवर्तन गर्न अपरिहार्य रहेको बताए ।   मुख्यमन्त्री पाण्डेले तीन वटा संरचनामध्ये सबैभन्दा कम खर्चिलो प्रदेश संरचना रहेको स्पष्ट पारे ।   उनले पेश गरेको महालेखा परिक्षणको तथ्याङ्क अनुसार संघीय सरकारको खर्च ५०.४७ प्रतिशत, स्थानीयको खर्च ४४.८४ प्रतिशत र प्रदेशको जम्मा ४.६९ प्रतिशत खर्च रहेको  उल्लेख गरेका थिए ।  नी ति संवाद कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, जिपिटिए प्रशिक्षण परिषद्का सदस्य रमेश अधिकारी, जिपिटिएका पूर्व कार्यकारी निर्देशक रिसिराम पाण्डे र गण्डकी प्रदेश सभा सदस्य कल्पनादेवी तिवारी सहभागी भए । भने, पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले सहजीकरण गरे ।    सो संवादमा संघीयताको मर्म अनुसार प्रदेश तहको औचित्य तथा संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको विषयमा चर्चा गरिएको थियो ।   यसअघि कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा. सोमलाल सुवेदी र जिपिटिएका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  

सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो ।   नेपाल एकीकरण पछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै उहाँले आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने पद्धतिको विकास गर्न जोड दिनुभयो ।   उ​हाँले भन्नुभयो, “म सरकार र सबै राजनीतिक दललाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस् ।   यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा कुनै मन्त्री वा सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्‍यो भन्ने सुन्नु नपरोस् ।”   फरक प्रसङ्गमा बोल्दै सांसद पुनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए तापनि सो अनुसारको सेवा–सुविधा उपलब्ध नगराइएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।   “गुम्लीलाई हिमाली जिल्ला घोषणा गरिए पनि त्यहाँका जनताले पाउनुपर्ने सुविधा पाएका छैनन्,” उहाँले भन्नुभयो, “हिमाली जिल्लाले पाउने आधारभूत सेवा र सुविधाहरू तत्काल उपलब्ध गराउन म अनुरोध गर्दछु ।” 

काठमाडौं:    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हाे ।   हाल देउवा दम्पती विदेशमा छन् । २१ फागुनको चुनाव अघि १३ फागुनमा उनीहरु स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो ।   यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी समेत हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो ।   त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो ।

पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृति र पितृलाई पुज्दै मौलिक पोशाक, बाजागाजा, झाँकीसहित शुरु भएको  बृहद ट्होटें र्याली नागढुंगा, लखन चोक पृथ्वीचोक, नयाँबजार हुदै तमु धिंमा पुगी समारोहमा परिणत भएको थियो।    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेस  सभा सदस्य माननीय गणेशमान गुरुङले उदघाटन गर्नुहुदै सुशासनका लागि तमुहरुले स्थापित गरेको एतिहासिक साँस्कृतिक पर्वले नेपाल सुशासनको मुलुक बन्ने शुभकामना दिनुभयो।   जेन्जी आन्दोलन पस्चात निर्वाचित सरकारको गृहमन्त्री सुदन पनि गुरुङ नै भएकाले मुलुकलाई सुशासनका साथ समृद्धि तर्फ लम्काउन सकोस भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।     उहाले विगतमा गुरुङहरुको योगदानलाई सम्मान गर्नु पर्ने भन्दै तमुको अधिकारका लागि सधै अग्रमोर्चामा रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।    तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै ट्होटेंको एतिहासिकता, पर्वको मर्मलाई आत्मसात गर्दै जानुपर्नेमा जोड दिनुभयो।    ट्होटें पर्वमा आयोजित झाँकी एवम र्याली प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम ४० हजार, याङ्जाकोट तमु समाज द्वितिय हुदै २५ हजार, फुलवारी तेस्रो हुदै १५ हजारसहित ट्रफीबाट पुरस्कृत भएको थियो।   यसरी नै ब्रेज मेश्रों घान्द्रुक तमु समाज चौथो हुदै १० हजार, सान्त्वना भएको तनहु तमु समाज,  सुर्यमुखी, भुजुङ युम्पो र डढुवा दुर्छा तमु समाज तृतिय हुदै जनही पाँच हजारसहित पुरस्कृत भएका थिए।   झाँकी र्याली  मुल्यांकन समिति तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा रहेको मुल्यांकन समितिको निर्णय समितिका सदस्य श्रीजंङ गुरुङले घोषणा गर्नुभएको थियो।   पुरस्कृत समाजहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सल्लाहकार मेजर डिलबहादुर गुरुङ,  सरंक्षक परिसद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, लगायत प्रथम पुरस्कार प्रायोजक गुरुङ गहनाघर प्रालि सिमा गुरुङ नेल्सन गुरुङ, प्रस्कार प्रायोजकहरु चित्रकुमारी गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ लगायतले पुरुस्कार वितरण गरिएको थियो।    कार्यक्रममा  खानेपानीको प्रायोजन नातिनी सदिमा गुरुङको स्मृतिमा नागवेली तमु समाजको पुर्व अध्यक्ष क्याप्टेन हितमान गुरुङले गर्नु भएको ह्हियो भने चिउली पाचे तमु समाज र तमु धिका नवयुवा सांस्कृतिक कलाकारहरुबाट नृत्य प्रस्तुति गरेका थिए।   तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जुना गुरुङले गर्नुभएको थियो।

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।    मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र  मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा रहेकी छिन् ।   वर्षभरीको  प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए ।    यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ ।    जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् ।  जसको सबैभन्दा बढी भोट आउँछ उ विजेता हुनेछ ।    मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एप मार्फत भोटिङ गर्न सकिने छ भने, आज सोमबारबाट शुरु भएको भोटिङ बैशाख १७ गते राती १२ बजे सम्म खुल्ला रहने छ ।   अवार्ड कार्यक्रम आगामी बैशाख १८ गते पोखरामा हुनेछ ।   सो अवसरमा बोल्दै पिपल्स च्वाइस अवार्डका प्रायोजक गुरुङ गहना घरका प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् ।    गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । यो विधाको विजेतालई  टीभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।    त्यस्तै आईएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एप मार्फत भोटिङका लागि आजैदेखि भोटिङ खुल्ला गरिएको बताए ।   खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्च सँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ रहेको थियो ।   मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।   पोखरा स्पोर्ट्स  अवार्डमा पिपल्स च्वाइस अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल सङ्घसंस्था अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।   अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहनेछ ।   अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।  

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।   इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १७६ पृष्ठको छ ।   पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण रु मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर  , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।   यसैगरि २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।    ‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालिन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’   पुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।   अध्यक्ष रोकामगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउनेछ ।   लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरि किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुले विमोचन अगावै पुस्तक बजारमा पठाइएको सुनाए ।   नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।    नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका पूर्वअध्यक्ष घलेले फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।    सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले पत्रकार घलेलाई धन्यवाद ज्ञापन गरे ।   उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।   कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।