पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्डरबोल्टको सामना गर्नेछ ।   उक्त खेल पोखरा रंगशालामा दिउँसो ३ बजे हुनेछ ।   थन्डरबोल्ट आहा! रारा पोखरा गोल्डकपमा आफ्नो पहिलो खेल मनाङ मस्याङ्दी क्लबसँग खेल्दैछ ।   प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आभा क्लब उज्वेकिस्तान र प्लानिङ ब्वाइजबीच मंगलबार हुनेछ ।   यसअघि पहिलो क्वाटरफाइनल खेलबाट नेपाल पुलिस क्लबलाई हराउँदै आयोजक सहारा क्लब र चर्च ब्वाइज युनाइटेडलाई हराउँदै जावलाखेल सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् ।    कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।   सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।    तमु धिं यूके र सहारा यूकेको मिडिया तथा फोटो संयोजक समेत रहेका फोटो पत्रकार तमु आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।    सहारा क्लबले २५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार उनलाई रजत जयन्ती सम्मान गरेको थियो ।   प्रतियोगिताको विकास र प्रवद्र्धनमा फोटो पत्रकारिताको माध्यमबाट विशेष योगदान पु¥याएको भन्दै क्लबले फोटो पत्रकार तमुलाई सम्मान गरेको हो । उनलाई माला, दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो ।   रकम ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।    कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।   

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।   चर्च ब्वाइज क्लब भने आहा राराको यो सिजनमा सिधै क्वाटरफाइनलबाट प्रतिस्पर्धा गर्दैछ ।   प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबर र थन्डरबोल्ट भारत सोमबार भिड्नेछन् ।   अन्तिम क्वाटरफाइनलमा आभा क्लब उज्वेकिस्तान र फ्रेन्डस् क्लबले मंगलबार प्रतिस्पर्धा गर्नेछन् ।   यसअघि शनिबार भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक सहारा क्लब नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।   प्रतियोगिताको विजेता टोलीलाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।   निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।   यसअघि पुलिस क्लबका राम वाजीले खेलको ४९ औं मिनेटमा पहिलो गोल गरे । पुलिस क्लबले पाएको कर्नर किकलाई हेडिङ गर्दै वाजीले पहिलो गोल गरेका हुन्  ।   निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस क्बलले केही राम्रा मुभ बनाएपनि सहारा क्लबका डिफेन्डर रन्दीप पौडेल बाधक बने । उनले दुइपटक गोललाइनबाट बललाई फर्काइदिए ।   १ गोलले पछि परेको सहारा क्लबले खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत बललाई जाली चुमाए ।   पुलिस क्लबका भक्तजंग खड्काले डिबक्समा मुकुन्दकुमार निउरेलाई लडाएपछि आयोजक सहारा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । सोही पेनाल्टीको मौकालाई सहारा क्लबका  मुकुन्दकुमार निउरेले गोलमा परिणत गरे र खेललाई बराबरीमा फर्काए ।   त्यसपछि खेल झनै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल हुन नसकेपछि खेल पेनाटी सुटआउटमा धकेलिएको थियो ।    सो खेलबाट सहारा क्लबका गोलरक्षक टिकेन्द्र थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।   प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र थन्डर बोल्ट भारत आइतबार दिउँसो ३ बजे भिड्नेछन् ।  

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।    गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् ।   सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।    सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी उनी गुरुङ फिल्म एसोसियशन हङकङकी अध्यक्ष हुन् । उनको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ ।   हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । उनको छोरा हिमाल गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबाट खेल्छन् ।    सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।   कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।   यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।   

इटहरी:     गोलीसहितको पेस्तोल र केही परिमाणमा  लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।   सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपानेको नेतृत्वको टोलीले सीमाक्षेत्रस्थित अस्थायी चेकपोष्टबाट बिआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा भारतको अररिया जिल्ला, बेला ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवानलाई नियन्त्रणमा लिइएको हो ।   ति भारतीय नागरिकको साथबाट पेस्तोल, गोली तथा लागुऔषध ब्राउन सुगरसमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १ बहार बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापाले जानकारी दिए ।   चेकजाँचका क्रममा पासवानको शरीरमा लुकाई राखिएको इटालियन ९ एमएम अटोमेटिक पेस्तोल १ थान, सो पेस्तोलमा लाग्ने २ राउण्ड गोली र करिब १०० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको बताइएको छ ।   त्यस्तै, उहाँको साथबाट केही नेपाली र भारतीय रुपियाँसमेत बरामद गरिएको छ ।   पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाइएको छ ।

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल (लमजुङ) जन्मिएर कर्मथलो हङकङलाई बनाएका गुरुङले अक्षयकोषका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।   सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा शुक्रबार गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।    लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।    सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए ।   उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।    कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।   अक्षयकोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, चलचित्र निर्माता एवं अभिनेत्री माया गुरुङले ११ हजार १११, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।   

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।   बिहान २ बजेर १० मिनेटमा बिएए १५८२ नम्बरको कार अचानक अनियन्त्रित भई फेवातालमा खसेको थियो। घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वसन्तबहादुर सिंहको कमान्डमा २१ जनाको गोताखोरसहितको टोली घटनास्थल पुगेको थियो।   सशस्त्रको गोताखोर टोलीले गुरुङलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज (जिएमसी) पठाएको थियो। उपचारका क्रममा बिहान ४ बजेर ३४ मिनेट जाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।     प्लानिङ ब्वाइजको जीतमा पापा इबोइकिबेले ह्याट्रिक पूरा गरे । पहिलो हाफको २७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एलेक्स वीलियनले पहिलो गोल गरे ।   फ्रेन्डस्का खेमराज श्रेष्ठले डिबक्समा ह्याण्ड गरेपछि प्लानिङ ब्याइजले पेनाल्टीको मौका पाएको थियो ।   यस्तै खेलको ४५ औं मिनेटमा पापा इबोइकिबेले दोस्रो गोल गर्दै अन्तरलाई दोब्बर बनाए । फेरि उनै पापाले खेलको ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गरे । र टोलीलाई ३ गोलको अग्रता दिलाए ।    उनले ८१ औं मिनेटमा अर्काे गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रेन्डस् क्लबलाई ४–० को गोल अन्तरले पराजित गर्न योगदान दिए । खेलबाट उनै पापा म्यान अफ द म्याच घोषित भए ।   अब प्लानिङ ब्याइज युनाइटेडले आगामी ५ गते आभा एफसी उज्वेकिस्तानको सामना गर्नेछ ।   प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलका रुपमा भोलि (शनिबार) आयोजक सहारा क्लब र विभागीग नेपाल पुलिस क्लब दिउँसो ३ बजे भिड्नेछन् ।