पोखरा ।    जिल्ला प्रहरी कार्यालयले ठुलो मात्रामा लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् ।  ...

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभयो । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित हुनुभएको थियो ।    चितवन क्षेत्र ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गर्नुभएको छ ।   यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त भएको छ । यहाँ राप्रपाका दिपक थापा उम्मेदवार हुनुहुन्थ्यो ।     यो क्षेत्रमा काँग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी ब्यवस्था छ । 

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै जित हात पार्नुभएको हो ।    उहाँले ३० हजार ४४८ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ । 

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू(भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।   एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैंक तथा वित्तीय संस्थाका कार्यालय संचालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।   राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता संचालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैंकिंग सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।   वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवतीको आज बिहान शव फेला परेको हो ।   ‘ड्यामसाइडको नयाँपुल मुनी खेलामा शंकास्पद खालको तन्नाले बेरेको सुटकेस फेला परेको खबरपछि युवतीको शव रहेको पायौं, डिएसपी भट्टराईले भने, ‘अहिले उक्त शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको छ ।’   उनले उक्त शवको सनाखत नभएको बताउदै घटनाबारे थप अनुसन्धान सुरु गरिसकेको बताए ।   

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।   उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे ।   उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि अनिश्चितकालका लागि बन्दको आह्वान गरेका थिए ।

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।    फागुन २० गते दिउँसो भने यातायात सञ्चालन हुने छन् । २० गते राति १२ बजेसम्म गन्तव्यमा पुग्न सक्ने रुटका बसहरू सञ्चालन हुने महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले जानकारी दिए।   २० गतेका रात्रि बसहरूको टिकट नकाटिएको पनि उहाँले बताए ।   एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुने छन् ।     सञ्चार गृहलगायत अन्य सवारीसाधन भने निर्वाचन आयोगबाट पास लिएर चल्न पाउने छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।   आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ ।   आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन ।     दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ ।   अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन् ।   नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् ।   यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ । रासस 

पोखरा ।    ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ ।   हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको मगर एकता दिवस मगर जातिसँग सम्बन्धित बाँजागाजासहित र्याली निकालेर मगर दिवस मनाएको हो ।   नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रमको र्याली मानव अधिकार चोकबाट सुरु भई न्यूरोड, सभागृह हुँदै रंगशालास्थित मगर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।   र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए ।   एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ ।   थप तस्बिरहरु:-