पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा रहेको गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ चैत २५ गते मिडटाउन  फिल्म हलमा पुन: प्रदर्शन हुन लागेको हो ।     सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी (प्रिमियर) शो ६ र ७ गते श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले जानकारी दिए ।     ‘घान्द्रुकको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी शोसहित ३ वटा शो प्रदर्शन भइसकेको छ’, निर्माता गुरुङले भने, ‘पोखरापछि विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेका छौं, चलचित्र प्रदर्शनका लागि दर्शकहरुबाट माग आएपछि हामीले चैत २५ गते मिडटाउन फिल्म हलमा पुनः प्रदर्शन गर्न लागेका हौं ।’   चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले प्रमुख भूमिका निर्वाह गरेका छन् ।    चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो ।   गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।   पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो ।   यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए ।    कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे ।     सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् ।    यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद  २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र  मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे ।   विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् ।     सो अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे ।   उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे ।    उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए । 

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।   धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ । 

पाेखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ ।    प्रतियोगितामा शुक्लागण्डकी  नगरपालिका तनहुँलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो ।   उपाधि जितेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । भने, उपविजेता बनेको  शुक्लागण्डकीले नगद रु १ लाख ट्रफी र मेडल हात पार्याे ।    सेमिफाइनलमा स्थान बनाएका अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार प्रदान गरिएको खेल संयोजक लेखनाथ लम्सालले जानकारी दिए ।   उनका अनुसार पुरुषतर्फ बौदीकालीका हिमाल सुनारी उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाइकर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी बेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक  बौदीका जितबहादुर थापा घोषित भए ।   उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।   यस्तै महिलातर्फ उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो ।      त्यसैगरी उपविजेता बनेको शान्ता भलिबल टे«निङ सेन्टरले नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो ।    सेमिफाइनलमा पराजित भएको टिम बागलुङ र बागलुङ जौमिनीले नगद रु १५÷१५ हजार प्राप्त गर्याे ।   विधागततर्फ एलिटकी जेनीसा विक उत्कृष्ट खेलाडी, शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक  घोषित भए ।    उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।   छोलो तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितिय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना भए । छोलो मा प्रथमले नगद रु १० हजार , द्धितियले नगद रु ५ हजार , तृतीयले नगद रु २ हजार र सान्त्वनाले नगद रु १ प्राप्त गरे ।   प्रतियोगिता चैत्र ११ गते देखि १४ गते सम्म चलेको थियो ।  

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-                    

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी  ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो।   कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग जोडिएको स्थान भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। प्रदेशको सीमित बजेटका हुने भन्दै केन्द्र सरकारसँग पहल गर्न तयार रहेको पनि बताइन्।   भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनाल ले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे।   भीरकोट वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर थापा ले आगामी बजेटमार्फत क्षेत्रको विकासमा सहयोग गर्ने जनाउँदै स्वरेकलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए।   कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।   मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा  त्रिशुत स्तम्भ , सहयोगीहरुको शिलालेखमा नाम सहित अन्य भौतिक संरचना निर्माण गरिएको हो।   अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिइन्।   कार्यक्रममा पत्रकार घनश्याम पाण्डेले स्वरेक धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पूर्वाधार विकासमा अझै पछि परेको टिप्पणी गरे। नेपालमै पहिलो प्याराग्लाइडिङ विश्वकप आयोजना भएको स्वरेक मैदानसम्म पुग्ने सडक कालोपत्र नहुनु र कोटसम्मको पहुँचमार्ग स्तरोन्नति नहुनु विकासका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे। स्थानीय समुदायको सक्रियतासँगै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।   मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।   गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो ।