प्युठान: प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो । जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । जीप सडकबाट खसेको उहाँले बताउनु भयो । उहाँका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताउनु भयो ।
काठमाडौं: नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ-आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक-फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् । मनसुनको समयमा अन्य बेलाभन्दा बढी बाढीपहिरोले जनजीवन प्रभावित बनाउने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र ठुलो भेल पहिरोसहित बाढी आउने गरेको छ । दुई वर्ष अघि सिन्धुपाल्चोकको मेलम्चीकामा आएको बाढीपहिरोले यसलाई पुष्टि गर्दछ । नेपालका कतिपय जिल्ला बढीबाट बढी प्रभावित छन् भने कतिपय जिल्ला पहिरोबाट बढी प्रभावित छन् । यस्तै केही जिल्ला बढी र पहिरो दुवैको जोखिममा छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ । यस वर्ष विभिन्न जिल्ला उच्च जोखिम, जोखिम र बारम्बार भइरहेको जोखिमको सूचिमा राखेर विवरण सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ । विगतको तथ्याङ्क, मौसम प्रणाली, यस वर्षको मनसुन पूर्वानुमानलगायत विभिन्न सूचकको विश्लेषणका आधारमा आउँदो मनसुनका समयमा नेपालका २० जिल्ला पहिरोको उच्च जोखिममा छन् भने अन्य ३३ जिल्ला पहिरोको मध्यम जोखिममा छन् । प्राधिकरणका अनुसार २२ जिल्ला भने बारम्बार बाढीबाट प्रभावित भएका पाइएको छ । यस्तै सात जिल्ला बाढीपहिरो दुवैबाट प्रभावित हुँदै आएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । आउँदो मनसुनको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाले यस वर्ष १२ लाख ५० हजार मानिस विपद्बाट प्रभावित हुने आङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जल तथा मौसम विज्ञान विभागले यस वर्ष देशभर नै मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने अनुमान सार्वजनिक गरिसकेको छ । “औसतभन्दा कम पानी पर्ने भन्दैमा पानी नै नपर्ने र बाढीपहिरो नआउने भन्ने होइन”, विभागका महानिर्देशक कमलराम जोशीले भन्नुभयो, “उत्तिकै सावधानी अपनाउनु जरुरी छ ।” अध्ययनपश्चात् गरिएको आङ्कलनका आधारमा गतवर्ष २० लाख मानिस प्रभावित हुने भनिएकामा यस वर्ष त्यो सङ्ख्या केही घट्ने देखिएको भन्दै यस वर्ष १२ लाख ५० हजार मानिस प्रभावित हुने आङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक जोशीका अनुसार नेपालमा मनसुनजन्य विपद्का कारण भारी वर्षा हुनुका साथै बाढीपहिरोको जोखिम हुन्छ । मनसुनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोगको सङ्क्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । उच्च जोखिममा रहेका जिल्ला विगतको तथ्याङ्क, बारम्बार मनसुनको समयमा पहिरो गइरहेका र यस वर्षको मनसुनसम्बन्धी पूर्वानुमानका आधारमा बाढीबाट उच्च जोखिममा पर्ने जिल्लाको सूची सार्वजनिक गरिएको छ । उच्च जोखिममा परेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी रहेका छन् । मध्यम जोखिममा रहेका जिल्ला यस्तै प्राधिकरणले पहिरोको मध्यम जोखिममा रहेका जिल्लाको सूचि पनि सार्वजनिक गरेको छ । जसअनुसार ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, डोल्पा, जुम्ला, मुगु, कालीकोट, हुम्ला, सल्यान, जाजरकोट, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, र दार्चुला रहेका छन् । बारम्बार बाढी गइरहेका जिल्ला बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तराईका केही जिल्लामा भने पछिल्ला समयमा बाढीको प्रभाव कम हुँदै गएको प्राधिकरणले जनाएको छ । बाढीपहिरो दुवैबाट प्रभावित जिल्लामा सिन्धुली, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, बझाङ, बाजुरा, र उदयपुर छन् । यसपटक भित्रिन लागेको मनसुनका समय हुने विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकायअन्तर्गत खोज र उद्धार जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण सातवटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ । बहुप्रकोपीय जोखिम आङ्कलन विधि तथा कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रीय तथ्याङ्क कार्यालय, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भू–गर्भ विभाग एक कार्यदल पनि गठन भएको छ । तातो हावाको लहरबाट उत्पन्न परिस्थितिका सम्बन्धमा प्रभावितलाई सहयोग पुर्याउन तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सङ्घीय निकाय, प्रदेश सरकार, स्थानीय तह तथा सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि तोकेको छ ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ ।’ पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।
तनहुँ: तनहुँका किसानले क्षति पुगेको बीमा रकम नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् । नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँमा आबद्ध किसानले आइतबार प्रदर्शन गरेका हुन् । विदेशी खसी बोका र खाद्यान्न आयात बन्द गर, कृषि र पशुपक्षीजन्य उत्पादनको बजार सुनिश्चित गर, बिमाको भुक्तानी समयमै दे, किसानमैत्री बिमा नीति लागू गर, किसानको समस्या समाधान गर, सबै उमेर र अवस्थाका पशुपक्षीको बिमा गर लगायतका माग राखेर किसानले पर्दशन गरेका हुन् । पटक पटक माग गर्दा पनि बिमा रकम नपाउने र बीमा गर्न पनि नमान्ने भएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बाख्रा पालक किसानको दुखेसो छ । उनीहरूले माग नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारले बीमा कम्पनीलाई दिनु पर्ने भुक्तानी समयमा नदिएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति प्रदान नगरेकोले आन्दोलनमा उत्रिनु परेको नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँका अध्यक्ष कुशल चन्द्र अधिकारीले बताए । अधिकारी भने, ‘‘तनहुँका बाख्रा पालक कृषकले करिब ८४ लाख रुपियाँ भुक्तानी पाएका छैनन् जेठ महिना दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रूपमा चरणबद्ध आन्दोलन गर्छौँ ।’’ नेपाल सरकारबाट पाउनु पर्ने बिमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बिमा बिमा कम्पनीहरूले पशुपक्षी तथा कृषि बालीको बीमा गर्ने र बिमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेकोले कृषक मर्कामा परेको अधिकारीले बताए । बीमा कम्पनीको यस्तो कार्यबाट पशुधन तथा कृषि बालीको बिमा हुन नसकी समग्र कृषि तथा पशु कृषि तथा पशुपालन व्यवसाय आर्थिक रूपमा असुरक्षित हुनु परेकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घका सदस्य चेतबहादुर थापाले बताए । ज्ञापन पत्रमा बिमा कम्पनीहरूले बिमा गर्ने र दाबी भुक्तानी दिने कार्य बन्द गर्नु पूर्व नै विभिन्न माध्यमबाट सरकारी निकायहरूमा अनुरोध गरेको तथा सचेत गराएको भए पनि सोको सुनुवाइ नभएकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घले जनाएको छ । किसानको बीमा रकम तत्काल उपलब्ध गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रदान गरेका छन् । ज्ञापन पत्रमा नेपाल सरकारले बीमा कम्पनीहरूलाई दिनु पर्ने प्रिमियम शुल्क बापतको रकम अविलम्ब भुक्तानी दिई पशुपक्षी तथा कृषि बाली बिमा गर्ने र बीमा दाबी भुक्तानी दिने कार्य सुचारु गर्ने वातावरण निर्माण गर्नको लागि माग ज्ञापन पत्रमा गरिएको छ । ज्ञापन पत्रमा यस्तो विषम परिस्थितिलाई गाभिरता पूर्वक लिई सङ्कटमा रहेको कृषि तथा पशुपालन पेसा व्यवसायमा थप क्षति हुन नदिन आग्रह गरिएको छ । यस्तै किसान बचाउनका लागि यो समस्याको निराकरण गर्न प्रधानमन्त्रीबाट आवश्यक सहजीकरण र मागर्दशन हुनमा आशा एवम् विश्वास व्यक्त गर्दछौ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै भारतको विहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस, बागमती प्रदेशलगाय देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २१ दशमलव ५ र ३२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
पोखरा: लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सयौं लायन मेम्बरहरुको सहभागिता शुक्रबार सम्पन्न भएको छ । होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडको उत्कृष्ट संयोजनमा वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको होस्ट क्लबका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई १ देखि अहिले २०२३ जुनसम्म वर्षभर गरेका गतिविधिका बारेमा प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले लायनले समाजमा गरेका योगदानप्रति खुलेर प्रशंसा गरे । ‘मेरो पनि समाजसेवाप्रति लगाव छ । हामी राजनीतिकर्मीले गर्न नसकेको काम समाजसेवीले गरेका छन् । भूकम्प जाँदा होस् या कोभिडको बेला होस्, लायन्स क्लबहरुले समाजमा गरेको योगदान अतुलनीय छ ।’ गुरुङले भने– ‘समाजसेवाका क्षेत्रमा लायन्सले गर्ने काममा मेरो सक्दो साथ सहयोग रहनेछ ।’ कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी लायन मन्दिरा खनाल पौडेल, होटल व्यवस्थापन समिति घान्द्रुकका विक्रम गुरुङ, फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन चण्डीप्रसाद अर्याल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन गिरीधारी शर्मा, चिफ एडभाइजर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनीराम बराललगायतको उपस्थिति थियो । क्याबिनेट सेक्रेटरी लायन रत्नप्रसाद पराजुलीले सञ्चालन गरेको कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन शिवनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरे । चिफ डिस्ट्रिक्ट एडमिनिस्टे«ेटर लायन रामचन्द्र पोखरेल, पिआरओ ईनचिफ लायन किशोर बराल, चिफ अफ एओजी लायन हरिचन्द्र तिवारी सहित क्याबिनेटका सिनियर लायन, डिस्ट्रिक्ट कोओर्डिनेर, को चिफ एडभाइजरहरु, डिस्ट्रिक्ट चिफहरु, डिपार्टमेन्ट चिफहरु, डेपुटी चिफ एड्भाइजरहरु, एसिस्टेन्ट चिफ एड्भाइजरहरु, डिपार्टमेन्ट चिफ एड्भाइजरहरु, सिनियर एड्भाइजरहरु, अनरेरी एड्भाइजरहरु, एड्भाइजहरु, एओजीहरु, पिआरओहरु, रिजन चेयरपर्सजनहरु, जोन चेयरपर्सनहरु, डिपार्टमेन्ट अफिसरहरु, डिस्ट्रिक्ट चेयरपर्सनहरु, क्लब प्रेसिडेन्टहरु, भाइसप्रेसिडेन्टहरु, सचिवहरु, कोषाध्यक्ष एवं सदस्यहरुको कार्यक्रममा सहभागिता थियो । उत्कृष्टलाई अवार्ड प्रदान लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गका विभिन्न क्लबमा उत्कृष्ट कार्यसम्पादन गर्ने लायन मेम्बरहरुलाई अवार्ड वितरण पनि गरिएको थियो । क्लबमा गरेको योगदान, सहभागिता, सेवा, उत्प्रेरणाका क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गरिएको हो । पीएमजेएफ लायन दीपक खरेलले लायन अफ द इएर अवार्ड प्राप्त गरे । यस्तै, पीएमजेएफ लायन धनीराम बराल टीमवर्क फर एक्सेलेन्स अफ द इयरबाट अवार्डेड भए भने एमजेएफ लायन उदयकुमार नेपाललाई बेस्ट सपोर्टिङ लायन अफ द इयर अवार्ड प्रदान नगरिएको थियो । होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइड आउटस्ट्याण्डिङ क्लबबाट अवार्डेड भयो । यसका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठ गण्डकी प्रदेशतर्फ सर्वोत्कृष्ट प्रेसिडेन्टको अवार्डले पुरस्कृत भए । पोखराका मेयरसमेत रहेका पिएमजेएफ लायन धनराज आचार्य लगायतलाई बेस्ट सपोर्टिङ अवार्ड दिइयो । एमजेएफ लायन रत्नप्रसाद पराजुली र शिवनारायण श्रेष्ठ मस्ट एक्टिभ एण्ड सपोर्टिङ लायन अफ द इयरबाट अवार्डेड भए । क्याबिनेट मिटिङ कोओर्डिनेटर रहेका लायन जगन्नाथ तिमिल्सिनाले डिपार्टमेन्ट चिफ ट्री प्लान्टेशनतर्फ आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफको अवार्ड प्राप्त गरे । यस्तै, डिपार्टमेन्ट चिफ इन्डक्शन एण्ड इस्टलेशन लायन रामु गौतमले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्डेड भए । डिपार्टमेन्ट चिफ मिडिया लायन सुरेन्द्र पौडेलले आउटस्ट्याण्डिङ डिपार्टमेन्ट चिफबाट अवार्ड पाए । डिस्ट्रिक्ट को चिफ एड्भाइजर लायन शिवराज आचार्य आउटस्ट्याण्डिङ चिफ अफ एओजी अवार्डबाट पुरस्कृत भए । लायन डोलराज पोखरेलले आउटस्ट्याण्डिङ को चिफ एडभाइजर अवार्ड प्राप्त गरे । १७० बढीलाई यसरी विभिन्न अवार्ड प्रदान गरिएको थियो । डिस्ट्रिक गभर्नर लायन महेन्द्र पौडेलले १९ जनालाई अन्तराष्ट्रिय प्रेसिडेन्टको सर्टिफिकेट, ग्याटको सर्टिफिकेट, अन्तर्राष्ट्रिय प्रेसिडेन्टको पिन्, डिस्ट्रिक्ट गभर्नरको मेडल, ग्याटको पिन पनि प्रदान गरेका थिए । मिटिङ पूर्व घान्द्रुक गाउँमा बाजागाजासहित लायन मेम्बरहरुले परेड निकालेका थिए भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । चौथो क्याबिनेट मिटिङमा पोखरा मनिपाल शिक्षण अस्पतालले हेल्थ डेस्क राखेर प्राथमिक उपचार सेवा उपलब्ध गराएको थियो । देशका विभिन्न स्थानहरुबाट कार्यक्रममा सहभागिता जनाउन आएका लायन लिडर तथा सहभागीहरुको ब्लड प्रेसर जाँच्नुका साथै आवश्यक पर्नेहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । प्राथामिक उपचार सेवा तथा निःशुल्क औषधी उपलब्ध गराउने मनिपाल शिक्षण अस्पताललाई पनि आयोजकले प्रशंसापत्रद्वारा सम्मान गरेको लायन खिम लामिछानेले जानकारी दिए ।
पोखरा: मिलेनियम ट्रेकको पुन: प्रवद्र्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवद्र्धनमा पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको २३ सदस्यीय टोली पदमार्ग क्षेत्रमा पदयात्रा सहित स्थानीयसँग अन्तरक्रिया गरिरहेको छ । अन्तरक्रियामा स्थानीयले यस क्षेत्रको पर्यटकीय विकासका लागि आँफूहरू लागिरहेको बताउँदै त्यसका लागि मिलेनियम ट्रेक व्यवस्थापन समिति, स्थानीय सरकार एवम् सरोकारवालाको साथ र सहयोग आवश्यक भएको बताए । पुतलीबजार नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लिलप्रसाद गुरुङले यस क्षेत्रको प्रवद्र्धनमा मिलेनियम ट्रेक व्यवस्थापन समितिले गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो । २०६९ सालमा भएको मिलेनियम महोत्सवमा आँफूले सक्दो सहयोग गरेको बताउँदै उहाँले स्थानीय सरकारले मिले्नियम ट्रेकको प्रवद्र्धन एवम् पूर्वाधार निर्माणमा जोड दिएको बतायनुभयो । कोल्मामा २०७५ सालदेखि होमस्टे विधिवत् दर्ता गरी सञ्चालनमा आए पनि मिलेनियम ट्रेकका्े नक्सामा दर्ता हुन नसकेको उल्लेख गर्नुभयो । कोल्मा बराह माविका प्रमुख कृष्णबहादुर गुरुङले होमस्टे मार्फत लुकेर रहेका संस्कार एवम् संसकृतिको जगेर्ना गर्न खोजिएको बताउनुभयो । आमा समूहका सदस्यहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा होमस्टे मार्फत आयआर्जनतर्फ लगाइएको उहाँले बताउनुभयो । गाउँमा वषौं अघिदेखि तोरी पेल्ने कोल रहेका कारण कोल्मा नामाकरण भएको उहाँले जानकारी गराउनुभयो । मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले पर्यटन मार्फत यस क्षेत्रका स्थानीयको आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले पदमार्ग क्षेत्रको प्रवद्र्धनलाई जोड दिइएको बताउनुभयो । उक्त अवसरमा सहप्रा डा. रामजीप्रसाद पोखरेल, टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटा, पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे लगायतले मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने गरी लाग्न आग्रह गर्नुभएको थियो । प्रवद्र्धन टोलीलाई नमोबुद्ध आमा समुहले गुरुङ जातिको प्राचीन एवम् मौलिक झोरा नृत्यबाट स्वागत गरिएको थियो । टोलीले आइतबार वडा नं ९ कै काल्खु एवम् शुक्लागण्डकी नगरपालिका वडा नं १२ विसौनामा जन्ते ढुङ्गाको संरक्षण र विकासका लागि स्थानीयसँग अन्तरक्रिया गरेको थियो ।
काठमाडौं: यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो । विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो । यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र श्रीस मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ । जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७ जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो । ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो । ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो । कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो ।

