अपडेट: क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु (नामसहित)

सोलुखुम्बु | असार २६, २०८०

अपडेट: क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु (नामसहित) तस्बिर: क्याप्टेन विवेक खड्का

सोलुखुम्बु:   मनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ । 

 

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो । 

 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार उक्त दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको हो । 

 

मुत्यु हुनेमा हेलिकप्टर पाइलट चेतबहादुर गुरूङ र मेक्सिकन नागरिक फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन् ।

 

प्रारम्भिक अनुसान्धानको क्रममा हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो । 
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्