पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   पोखरा महानगरपालिका–३ नदीपुरमा यही आउँदो भदौ ४ र ५ गते खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  फोर बदर्श पोखरा र लभर्स ट्रि रेष्टुरेन्ट पोखराको सुयुक्त आयोजनामा पोखरा–३ नदीपुरमा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक समित गुरुङले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विजेताले ६० हजा, उपविजेताले ३५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा १ टिमलाई ४ हजार रुपैयाँ शुल्क कायम गरिएको आयोजकले जनाएको छ ।  भदौ ४ र ५ गते हुने खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता पोखरा–३ नदीपुरस्थित इलाइट भलिबल एकेडेमीको कोर्टमा हुनेछ ।  खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताका खेलकुद संयोजक मलिन रोका मगरले युवाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।  ‘हामीले ४ जना युवाहरुको सक्रियतामा पोखरा–३ नदीपुरमा इलाइट भलिबल एकेडेमी सञ्चालन गरेका छौं, एकेडेमीमा युवा÷युवतीहरुलाई ग्रास रुटबाट नै भलिबल प्रशिक्षण गराउने उद्धेश्यले एकेडेमी सञ्चालन गरेका हौं’, रोकाले भने, ‘एकेडेमी सञ्चालन गर्दै गर्दा युवाहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ खेलकुद संयोजक रोकाले खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा युवाहरु लक्षित भएकाले राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जना खेलाडी मात्र टिममा समावेश गर्न पाइने बताए । ‘खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा हामीले विशेष गरी ग्रास रुट र भलिबलमा सिक्दै गरेका युवाहरुलाई लक्षित गरेका छौं’, उनले भने, ‘प्रतियोगितामा राष्ट्रिय, प्रदेश र क्षेत्रीय भलिबल प्रतियोगिता खेलेका १ जनालाई मात्र समावेश गर्न पाइने नियम बनाएका छौं ।’    

काठमाडौं:    भारतले  सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।  खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेको उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो ।  खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।  नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।  फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।   

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ ।   उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो ।   नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।   उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।   घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।   लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ । भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

काठमाडौं:   काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले आज भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ पाँच बजेपछि खेल हुनेछ । मङ्गलबार भएको खेलमा इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । यसैगरी भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ । सो खेल आजै ३ बजे हुनेछ ।

काठमाडौं:    सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा नेपाले इरानलाई सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको दोस्रो सेमिफाइलन खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।    नेपालले इरानलाई २५–२१,२८–२६ , २५–२० ले जित्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।  यस्तै पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।       राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको छ। भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।       त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।      त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । 

काठमाडौं:     सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।       राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।       त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।      त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

काठमाडौं:    नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । माल्दिभ्समाथि २५–६, २५–१९, २५–१८ को सहज जित निकाले पनि नेपाल लिगमा दोस्रो बन्दै सेमिफाइनलमा पुगेको हो ।  नेपालले चार खेलबाट नौ अङ्क बनायो । नेपालले यसअघि श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । चार खेलबाट सात अङ्क बनाएको इरानले तेस्रो बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।  यस्तै सोमबार नै भएको खेलमा भारत श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो । भारतले श्रीलङ्कामाथि २५–१३, २५–२१, २५–२० को नतिजा निकालेको थियो । जितसँगै भारतले चार खेलबाट १० अङ्क बनायो ।  हारेपनि चार अङ्कसहित शीर्ष चारमा अटाएको श्रीलङ्का र भारतबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । माल्दिभ्स यसअघिकै प्रतियोगिताबाट बाहिरिएको थियो । माल्दिभ्सले लिग चरणमा सबै हार खेप्यो । 

पोखरा:    मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवाथाङमा भदौ १ गते तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ ।    मुस्ताङ गल्फ कोर्सले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।    मुस्ताङ गल्फ कोर्सका प्रबन्धक निर्देशक इन्द्रधारा विष्टले खेलकुद प्रतियोगितासँगै मुस्ताङमा पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए ।    ‘आन्तरिक तथा बाह्य पर्यटकहरु रोजाई अहिले लुम्बिनी र सगरमाथा पर्छ भने तेस्रोमा मुस्ताङ पर्छ’, विष्टले भने, ‘खेलकुद प्रतियोगिताबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सन्देशसँगै मुस्ताङमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य हो ।’   विश्वकै उच्च स्थानमा दाबी गरिएको ४ हजार ६ सय ४५ मिटर उचाईमा रहेको तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुन लागेको हो ।    भदौ १ गते हुने प्रतियोगितामा गैर–आवासिय नेपाली गल्फरसँगै ५५ देखि ६० जनाले सहभागिता जनाउने मुस्ताङ गल्फ कोर्सका निर्देशक विष्टले बताए ।    प्रतियोगितामा महिला तथा पुरुष विद्याका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लङ्गेस्ट ड्राइभकामा पुरस्कार प्रदान गर्ने विष्टले जानकारी दिए ।   यस्तै प्रतियोगिताका होल इन वनलाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ रहेको छ । 

पाल्पा:  पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   हरितालिका तीजको अवसरमा स्थानीय क्लब जागृति युवा क्लबले आगामी भदौ ८ गतेदेखि घोरबन्दास्थित कोठिचौर खेलमैदानमा सञ्चालन गर्ने क्लबका अध्यक्ष जनक गाहामगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको बताए ।   सो प्रतियोगिताले पाल्पाकै फुटबलको विकासमा टेवा पुग्ने अध्यक्ष गाहामगरले बताए । ‘पाल्पामा पछिल्लो समय फुटबलको पनि क्रेज बढिरहेको छ, यसले नयाँ खेलाडी उत्पादन र फुटबल खेलको विकास गर्नेमा विश्वस्त छौ’, अध्यक्ष गाहामगरले भने ।    यस्तै क्लबका सदस्य विरबल रानामगरले आपसी भाइचाराको सम्बन्धलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुनसार विगतमा पनि सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको क्लब २०३८ सालदेखि नै खेलकुदको क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु ६ हजार (थप १ हजार रेड कार्ड) निर्धारण गरिएको छ भने टिम दर्ता फोनमार्फत (९८४७१०१०५०, ९८१७५२८६७८ र ९८६८३३८२११) पनि गर्न सकिने आयोजकले जनाएको छ ।   गत वर्ष कुल ११ टिमको सहभागिता रहेको प्रतियोगितामाा आयोजक नव जागृती युवा क्लब (कालो) लाई  पराजित गर्दै सराई एफसी च्याम्पियन बनेको थियो ।