हेमजाको अम्मटमा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा
फाइभ ए साइड फुटबलतर्फ उद्घाटनमा आरएस ब्लु र डकहाउस रेड भिड्ने
पाेखरा | कात्तिक ८, २०८१
पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ मा आयोजना हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको छ ।
आर.एस.बिच क्लबको आयोजनामा हुने फ्रिस्टाइल फुटबलको तयारी पूरा भएको क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । उनका अनुसार सो ब्याटलमा देशभरका १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
'फ्रिस्टाइल ब्याटलको फाइनल भोलि नै हुनेछ । त्यसका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरु आइसकेका छन् ।' उनले भने ।
उनले फ्रिस्टाइलको वान भर्सेस वान ब्याटल भने शनिबार बिहान आयोजना गरिने जानकारी दिए ।
कार्कीले खुला फाइभ ए साइड फुटबलतर्फको उद्घाटन खेलपनि शुक्रबार दिउँसो २ बजे हुने बताए । उनका अनुसार उद्घाटन खेलमा आरएस ब्लु र डकहाउस रेड भिड्नेछन् ।
फुटबलको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै फ्रिस्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै ‘बिच एण्ड फिस फेस्टिभल २०८१ को समापनको दिन घोडा दौड र बल्छी हान्ने प्रतियोगिता समेत आयोजना गरिने छ ।
घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

