बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल
काठमाडाैं | कात्तिक ८, २०८१
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ ।
मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताउनुभयो ।
“स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उहाँले भन्नुभयो, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।”
प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा सुधार आएको मन्त्री पौडेलको भनाइ थियो ।
क्यान्सर र मिर्गौलाको उपचारका लागि बिरामी पत्ता लगाउन देशभर स्क्रीनिङ सेवा प्रारम्भ गर्ने उहाँले बताउनुभयो । तीन महिनाभित्र स्क्रीनिङको व्यवस्था पूरा गर्न मोबाइलमा रिङ्टोन सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
सय दिनको उपलब्धिअन्तर्गत विषयत समितिको बैठक, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षता उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विस्तार र विकास, उपचारात्मक सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन, जलन उपचारलाई निःशुल्क, जनस्वास्थ्यका समसामयिक समस्या सम्बोधन, महिला स्वास्थ्य स्वयमसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने सेवा सम्मान, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम, नीतिगत, कानुनी सुधार र पुनरावलोकन, औजार उपकरण मर्मत र अभिलेखीकरण, सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनमा वृद्धि, औषधिको मूल्य नीति सुझाव समिति गठन गरी कार्य प्रारम्भ, विकास साझेदारीसँगको सहकार्यलगायत विषय सम्पन्न भएको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराउनुभयो ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सु...
म्याग्दी: घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म त...
गलकोट: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–...