महिलालाई बन्धक बनाइएको अभियोगमा २ पक्राउ
काठमाडाैं | कात्तिक ८, २०८१
काठमाडौं: काठमाडौँको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।
बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेकाहरुको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।
उनीहरुलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

