पोखरा: नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ । जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घाचोकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा खेलमा जनकल्याणले पहिलो सेट २५–१९ ले जितेपनि दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पूनरागमन गर्दै जनकल्याणले २५–१३ र २५–२१ ले जितेको हो । जनकल्याणका भुपेन गुरुङ म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो सेमिफाइनल खेल जिभिपि युके लण्डन र माछापुच्छ«े गाउँपालिका भलिबल संघबीचको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको भलिबल संयोजक लामा अमृत गुरुङले जानकारी दिए । दोस्रो सेमिफाइनल खेल शनिबार बिहान सञ्चालन हुने संयोजक गुरुङले बताए । फाइनल खेल शनिबार नै हुनेछ । लिगकम नकआउटको आधारमा ९ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’बाट जनकल्याण पोखरा–११ समूह विजेता र माछापुच्छ«े गाउँपालिका भलिबल संघ समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । यस्तै समूह ‘बी’बाट जिभिपि युके लण्डन समूह विजेता र माछापुच्छ«े गुराँसे भूमि घाचोक समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भएको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनकाअनुसार पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख रूपैयाँ बराबरको बीमा आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०÷५०, ३०÷३० र २०÷२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चौँथो र पाँचौ हुनेले क्रमश: १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ । उपाधिसहित खेलाडीलाई १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र दिइने सदस्य सचिव खड्काले बताए । प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ कि वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् । स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको उनको भनाइ थियो । समितिका अध्यक्ष दीपकबहादुर गोदारले आफूहरूले यो दोस्रो राष्ट्रिय प्रतियोगिता गर्न लागेको तर ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको सुनाए । ‘हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ,’ उनले भने, ‘साइकल दौड दोस्रो राष्ट्रिय प्रतियोगिता हो । यसअघि मुआथाइको राष्ट्रिय प्रतियोगिता गरेका थियौँ ।’ जेठ १५ भित्र खेलकुद विकास समितिले चालु आर्थिक वर्षको सबै खेल गतिविधि सक्ने गरेर बाँकी रहेका खेललाई समय तालिका बनाएर खेल महोत्सव गरिरहेको उनले बताए ।
पोखरा: पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् । बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित ग¥यो । जिभिपि युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको अन्नपूर्णले १ अङ्क जोड्यो । यस्तै दोस्रो खेलमा समुह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित ग¥यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको मादीले १ अङ्क जोड्न सफल भयो । तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ«े गुराँशसे भुमि घाचोकले शान्तिदेवि युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित ग¥यो । चौथो खेलमा समुह ‘बी’मा रहेको जिभिपि युके लण्डनले माछापुच्छ«े गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो । जिभिपिले माछापुच्छ«े–२ लाई २५–१४ र २५–१९ ले पराजित ग¥यो । लगातार २ खेल जितेको जिभिपि समूह‘बी’को ५ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । यस्तै पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ«े गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । माछापुच्छ«े गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित ग¥यो । पहिलो खेलमा १ अङ्क जोडेको माछापुच्छ«ेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ«्े गाउँपालिका भलिबल संघ ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । यस्तै छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित ग¥यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अङ्कसहित शिर्षस्थानमा रहेको छ । यस्तै आज नै भएको सातौं खेलमा शान्तिदेवि युथ क्लब शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित ग¥यो । शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको माछापुच्छ«े गाउँपालिका–२ ले १ अङ्क जोड्यो । यस्तै आज नै भएको आठौं खेल अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गुराँशसे भुमि घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ । ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । उनका अनुसार ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।
काठमाडौं: नेपाल क्रिकेट संघले क्रिकेटर सन्दीप लामिछाने माथि लगाएको निलम्बन फुकुवा गरेको छ । संघले आज एक विज्ञप्ति निकालेर उनिमाथि लगाइएको निलम्बन फुकुवा गरेको हो । ”सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउंदछौ। विज्ञप्तिमा भनिएको छ ।
पोखरा: पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ । जनकल्याण पोखरा–११ ले माछापुच्छ्रे गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे । जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तेस्रो तथा निर्णायक सेटमा सुरुवाती अङ्कमा पछाडी परेको जनकल्याणले उत्कृष्ट पूनरागमन गर्दै माछापुच्छ्रेलाई २६–२४ ले पराजित गर्याे र २ अंक जोड्यो । यता पराजित बनेको माछापुच्छ्रे १ अङ्क प्राप्त गर्याे । कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । उनका अनुसार ९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’तर्फ माछापुच्छ्रे गाउँपालिका भलिबल संघ, जन कल्याण पोखरा–११, फ्रेन्स युथ क्लब, मादी–११ रहेका छन् । यस्तै समूह‘बी’तर्फ जिभिपि युके लण्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ्रे गुराँसे भूमि घाचोक,शान्तिदेवि युथ क्लब शिशाघाट र माछापुच्छ्रे गाउँपालिका–२ रहेको छ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए । राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौं: उपसभापति गुरुङ प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नपर्ने बताए । ‘हामी राजनीतिककर्मीहरु पछिल्लो समय अनुशासनविहिन बन्न थालेका छौं । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् । बेलगाम भएका हामीहरुले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।’ उनले वर्तमान राजनीति अनुशासनविहिन भएकै कारण फरक शिराबाट अगाडि बढिरहेको दोहोर्याए । ‘अहिलेको नेपाली राजनीति अनुशासनमा रहेको छैन । खेलाडीबाट अनुशासन सिक्न पर्छ, उनले भने, ‘वर्तमान राजनीति विडम्बना ढङ्गबाट अगाडि बढेको छ । प्रजातन्त्र भनेको लुटतन्त्र, मनपरीतन्त्र जस्तो देखिएको छ, त्यसैले राजनीतिकर्मीहरुले अनुशासन सिक्न जरुरी छ ।’ नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको दशौं स्थापना दिवसको अवसरमा देशको विभिन्न जिल्लाहरुमा प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाइरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवशमान प्रधानाङ्ग र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ यस प्रतियोगिताले भलिबल र खेलाडीहरुलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षता, कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक लामा अमृत गुरुङको स्वागत र सचिव प्रितम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १०औँ राष्ट्रिय खेलकुद समयमै गरिने बताउनुभएको हो । उहाँले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र सहभागितामा पनि जोड दिने बताउनुभयो । साथै राष्ट्रपति पौडेलले विद्यालय स्तरमा खेलको विकास गरिनुका साथै खेलकुदको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिईने बताउनुभयो ।
पोखरा: पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । ‘नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडी मात्र सहभागिता हुन पाउनेछ ।’ प्रतियोगिता संयोजक गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहेपनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ । प्रतियोगिताको दोस्रो दिन १ सय, सेमिफाइनलमा १ सय ५० र फाइनल खेलमा २ सय रुपैयाँ टिकट रहेको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन गर्दै आएको बताए । ‘नेपाल लोकतान्त्रीक खेलकुद संघले गण्डकी प्रदेशको ९ जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छ’, अध्यक्ष शेरचनले भने, ‘खेलकुदका विभिन्न विधाहरु मध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।’
पोखरा: पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने लागेको हो । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रथम खुल्ला भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।
पोखरा: टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा १८ लाख बढी रकम बचत भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गर्दै माघ १ देखि ६ गतेसम्म सञ्चालन गरेको भलिबल प्रतियोगितामा १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष नारायण प्रसाद शर्माले बताए । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आम्दानी मध्ये १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च हुँदा १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको अध्यक्ष शर्माले बताए । उनका अनुसार सुश्री मिडिया काठमाडौंबाट १५ लाख, मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद् गण्डकीबाट ५ लाख ७५ हजार, टिकट बिक्रीबाट २२ लाख २२ हजार २ सय २२ र विभिन्न व्यक्ति, संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ आम्दानी भएको छ । यस्तै खर्चतर्फ सहभागी टिम व्यवस्थापनमा ३१ लाख ४२ हजार ९सय ७५, पुरस्कार तथा प्रोत्साहन खर्चमा १९ लाख २४ हजार ४ सय ४०, खेलाडी पोशाक तथा सोभिनियर ट्रायाकसुट÷आयोजक ९ लाख १५ हजार ४ सय २१, प्रतियोगिता समारोह व्यवस्थापन खर्च ११ लाख ४६ हजार ३ सय १२ र अस्थायी प्याराफिट मञ्च, साउण्ड सिस्टम ८ लाख ४९ हजार १ सय ७२, प्रचारप्रसार विज्ञापन खर्च ५ लाख ५२ हजार ४ सय ९१ लगायतमा खर्च भएको आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना माघ १ देखि ६ गतेसम्मा सञ्चालन भएको भलिबल प्रतियोगितामा महिलातर्फ एक विदेशी क्लबसहित ६ र पुरुषतर्फ एक विदेशी क्लबसहित ६ टिमको सहभागिता रहेको थियो । महिलातर्फ सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गर्न सफल हुँदा न्यू डायमण्ड महिला भलिबल टिम उपविजेता भएको थियो । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो भने, गण्डकी प्रदेश उपविजेता भएको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालले प्रतियोगिताबाट बचत भएको रकम सामाजिक सेवाको क्षेत्र, शिक्षा एवं खेलकुद अभियानमा खर्च गर्ने अध्यक्ष शर्माले बताए । उनले प्रतियोगितालाई व्यवस्थित एवं खेलाडी र खेलको विकाश गर्न छुट्टै अक्षय कोष स्थापना गर्ने लक्ष्यसमेत अगाडि बढाएको बताए ।