काठमाडौं:    पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । ...

पोखरा:   पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ ।  अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल संघले प्रतियोगिता गर्न लागेको हो ।  प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७७ हजार ७७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।     विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) ले ३/३ हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने भलिबल संघका सचिव युवराज गुरूङले जानकारी दिए । उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् ।      पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।   सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबलप्रति ऊर्जा भर्ने उनको दाबी थियो । पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख हेम आचार्य, रेबान पोखराका कार्यालय सचिव कमलराज कोइरालालगायतको उपस्थिति थियो ।  पोखरा महानगरपालिका, पोखरा महानगरपालिका खेलकुद विकास समिति, पोखरा महानगरपालिका शिक्षा महाशाखा, रेबान पोखरा, नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, टाइगर ग्रुप पोखरा, वडा प्रहरी कार्यालय बैदाम प्रतियोगिताका सहयोगी संस्था हुन् ।   प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ । 

राष्ट्रिय फुटबल टिमका दुई खेलाडी भारतीय महिला लिग खेल्नका लागि भारत प्रस्थान गरेका छन् ।   राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र डिफेन्डर गीता राना मगर आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।  एञ्जिलाले सम्झौता नवीकरण गरेकी हुन् । गीताको भने पहिलो संस्करण हो । यस अघिको सिजनमा ६ जना नेपाली खेलाडीले भारतीय महिला लिग खेलेका थिए ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ ।   पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ ।   यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिश सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिन देखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेण्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।   त्यस्तै आज सम्पन्न फुटबल मावी छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवाशियलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको छ भने स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ ।   विजेता विद्यालय तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानिर्देशक पौडेलले शिक्षा संगै अतिरिक्त कृयाकलापमा खेलकुद जोड्नु पर्ने अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय रहेको उल्लेख गरे ।   युनिप्स नेपालका अध्यक्ष  शान्त बहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए  । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।  

पोखरा:   कास्कीको माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले लाहाचोकले जितेको हो । महेन्द्र माविको निरन्तर पाचौं पटकको जित हो । महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो ।  उदय मा.वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो । प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।  कार्यक्रममा माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । साथै विद्मार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गर्नुभयो । वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ल,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमा बाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गर्नुभयो ।   माछापुच्छे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्मालय,विद्मार्थी साथै विभिन्न भुमिकामा रहनुहुने सम्पुर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गर्नुभयो । महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताउनु भयो ।  

पोखरा:    कास्की जिल्ला टेनिस संघद्वारा पोखरामा आयोजित आइटीएफ जे-३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६-१ र ७-५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् । त्यस्तै महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६-४ र सुपरटाइमा ६-० ले पराजित गर्दै उपाधि आफ्नों नाम गराएकी हुन् । पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १-६, ६-४ र सुपरटाईमा १०-५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६-२, ६-१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई गण्डकी प्रदेस सभा सदस्य प्रकास बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे । सो अवसरमा बोल्दै सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरब गर्नुपर्ने प्रतियोगिता भएको औल्याए । उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । 

पोखरा:  काठमाडौंमा सम्पन्न ४१ आइजिपी रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी च्याम्पियन भएको छ ।   नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सम्पन्न भएको फाइनल खेलमा प्रहरी प्रधान कार्यालयको टोलीलाई १-० को गोल अन्तरले पराजित गर्दै गण्डकी प्रहरी च्याम्पियन बनेको हो ।   गण्डकीलाई च्याम्पियन बनाउनका लागि प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक आशिष थारुले निर्णायक गोल गरे  ।   थारुले प्रतियोगितामा ६ गोल गरेका थिए ।   यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डका रुपमा  क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङ घोषित भए ।    च्याम्पियन बनेको गण्डकीले समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५-० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।   यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा आइजिपी कपको उपाधि जितेको थियो ।     

पोखरा:    पोखरामा सम्पन्न भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।  पोखरा रंगशालामा भएको फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी– त्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेको मधेश प्रदेशले ५ लाख पुरस्कार पायो भने, उपविजेता भएको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । मधेश प्रदेशले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट बनाउँदै १ सय २४ मात्र बनाउन सक्यो । आर्मीका लागि विवेक यादव २५ र सोमपाल कामी १६रनमा अविजित रहे ।  आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए । बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए । यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए । बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो । सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन । हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ख सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गरे । बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गरे  ।

पोखरा:  पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन् ।    पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।    टस जितेर पोखरा रंगशालामास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको विशाल लक्ष्य दिएको थियो ।  १९८ रनको पछ्याएको एपीएफ २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८६ रन मात्र जोड्न सक्यो ।    मधेसका लागि अनिल शाह ५७ र इम्रान शेखले ५० रन बनाएर आवट भए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमान्शु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए ।      एपीएफलाई पराजित गर्न मधेस प्रदेशका विशाल पटेल ३ विकेट र हरिशंकर शाह र प्रदिप पासवानले समान २/२ विकेट लिए ।     एपिएफका लागि ओपनर प्रदिप एैरीले ५५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ५४ रन जोडे । लोकेश बम ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन बनाए ।    बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।   प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ ।   मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।   म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।  

पोखरा:   पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले हराउँदै  फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।  आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे  कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले ११ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी  प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए।  कप्तान लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु  देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिएका थिए । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिएका हुन् ।  आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बिचको विजेतासंग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।