असोज १५ देखि कोलपाटनमा 'एमेच्युअर फुटबल' हुने, उपाधि राशी ६० हजार
पाेखरा | असोज १, २०८१
पोखरा महानगरपालिका १५ कोलपाटनमा विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।
उनका अनुसार पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिने उनले बताए ।
गुरुङका अनुसार १ वटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन साथै गोल्डकपहरु खेलेका खेलाडीहरु सहभागि हुन नपाउने गुरुङले जानकारी दिए ।
‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन् । उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गरिएको हो ।’
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, असोज १३ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८४६७७१७४३, ९८०६५०४५९९) बताइएको छ ।
उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

