पोखरा:   तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ ।   दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पर...

पोखरा:  ढोलाहिटी फ्रिडमले दोश्रो  संस्करणको एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।   पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै ढोलाहिटी दोस्रो पटकले च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो ।     ढोलाहिटीको जीतमा म्यान अफ द म्याच घोषित भएका प्रकाश राना मगरले २ गोलको योगदान दिए । यस्तै सरोज थापा र राजकुमार केसीले समान १—१ गोल गरे ।   यता फाइनलमा हार व्यहोरेको हेटौंडाको तर्फबाट शशी गौतम र सञ्जय राना मगरले १—१ गोल फर्काए ।   दोस्रोपटक च्याम्पियन बनेको ढोलाहिटीले नगद रु १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ७७ हजार ७ सय ७७ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   प्रतियोगिताबाट ढोलाहिटीका तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुदैं नगद रु १० हजार र ट्रफी प्राप्त गरे ।   प्रतियोगिताका विजेताहरु तथा उपविजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।   सो अवसरमा बोल्दै समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी प्रदेश सांसद सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको विकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखेकी थिइन् ।  

पोखरा:   पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटी फ्रीडम र हेटौडा भेट्रान भिड्ने भएका छन ।  प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रीडमले फाईनल यात्रा तय गरेको हो ।  खेलमा ढोलाहिटीको तर्फबाट तेज बहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए ।  खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो ।  त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रानलाई पाखा लगाउदै हेटौडा भेट्रानले फाइनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा  म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।   

पोखरा:       कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए ।  लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ‘ए’ को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे ।  भोलि हुने पहिलो सेमिफाइनलमा विद्यान स्पोर्टस हाउस र भुका देउरालीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लबबीच प्रतिस्पर्धा हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ ।  यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  भोलि चक्रिय पदमार्ग दौड प्रतियोगिता घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिता भोलि (बिहिवार) हुने भएको छ ।  मेश्रेम बराह माविबाट सुरु हुने चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयम नजिक जोडिएको छ । यो दुरी ५.५ किमी रहेको छ । सोही पदमार्गमा दौड प्रतियोगिता हुनेछ । चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।  यस्तै ठेलो प्रतियोगितातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ ।  बास्केटबलतर्फ क्वाटरफाइनलको समिकरण पूरा महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।  भोलि हुने पहिलो क्वाटरफाइनलमा दाङ र टाइम्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आर्मी र घान्द्रुक ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल मर्दीखोला र घान्द्रुक ‘बी’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनलको अन्तिम खेल सेन्चुरी युवा क्लब र नदीपुरबीच प्रतिस्पर्धा हुनेछ ।  सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए ।  घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए ।  घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।   

पोखरा:     पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान प्रतियोगितामा ढोलाहिटी, हेटौडा, चितवन र एबिसी भेट्रान सेमीफाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए । दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए । मंगलवार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए ।   प्रतियोगितामा बुधवार पहिलो खेल ढोलाहिटी र चितवन बीच र दोश्रो खेल हेटौडा र आयोजक एबिसी बिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । ९ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।

पोखरा:     पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ ।  कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।    पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ ।  हाफ म्याराथनको विजेताले ६० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।  १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।  भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए ।  दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिने छ ।   भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भुगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ ।    खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लेखनाथ पनि पोखराभित्रै पर्ने तर केही पिछ्डिएकोजस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको सुनाए ।  पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए ।  ‘लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौँ । यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ताल छन् । धेरै कोट पनि छन् ।’  भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने र वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए । पोखरा–२९ मा रंगशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गरिदिने वडाध्यक्ष गुरूङको भनाइ थियो ।   

काठमाडौं:     ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् । नेपालको टोली:   रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।

पोखरा:      पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे । ओपन मास्टर्सतर्फको उपाधि राज शाहीले जिते । दोस्रो विकास श्रेष्ठ र तेस्रो अजीत बराल भए । मास्टर्सतर्फ भाग लिएका सातै जना तथा पुरुष र महिलातर्पm पाँचौसम्मलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । विजयीलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना लगायतले पुरस्कृत गरिन् । प्रतियोगितामा कुल ५६ खेलाडीले भाग लिएका थिए । पहिलो दिन पुरुषतर्फ २५ राइडर छनोट भइ फाइनल भिडेका हुन् । महिला र मास्टर्सतर्फ ७÷७ जना राइडरलाई फाइनल खेलाइएको थियो । अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा भएको प्रतियोगितामा वनजंगल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर, बालुवा उडाउने गुडाउने सबैखालको मिश्रित करिब ५ किमीको ट्रयाक निर्माण गरिएको थियो । आयोजक संस्थाका निर्देशक जगत धौलीले सबैको साथ र सहयोगले पहिलो पल्ट आयोजित प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए । साहसिक उक्त प्रतियोगिता हेर्न विदेशीसहित करिब ७ हजार दर्शक वाम्दी ओइरिएका थिए । उपसभामुखले यस्ताखालका साहसिक खेलले नेपाललाई विश्वसामु चिनाउन धेरै मद्दत गर्ने बताइन् । नेपाल अटो मोबाइलस एसोसिएसन (नासा), अन्तर्राष्ट्रिय नियामक संस्था फिम, प्रदेश खेलकुद परिषद् गण्डकीमा अनुबन्धित उक्त पोखरा क्षेत्रमा पहिलो हो । विश्वकपमा खेलाइने डर्ट बाइक इन्डूरोलाई पोखरा राइडर्स क्लबले नेपालमै पहिलोपल्ट भित्राएको क्लब अध्यक्ष सोनिक क्षेत्रीले बताए । आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषित पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकी अध्यक्ष शिव श्रेष्ठले बताए । नेपाल अटोमोबाइल्स एसोसिएसन उपाध्यक्ष अनिल के. बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराई सुरुआत गराएका थिए । विभिन्न संघसंस्थाले सहयोग गरेको प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । सो अवसरमा एटिभी डेमोस्ट्रेसन रेस भएको थियो । यस वर्ष खुलेको पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो ।

पोखराः     तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । १९ औं एसियाली खेलकुदमा समेत सहभागी रहेकी सुनिरा थापाले यू–१६ गर्ल्स सिंगल्समा दिव्यता भण्डारीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै  च्याम्पियन बनेकी छन् । नेपाल ¥याकिङ नं २ खेलाडी थापाले नगद रु २० हजार र दिव्ताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । शनिबार सम्पन्न ६ वटा विभिन्न उमेर समुहका फाइनल खेल मध्ये यू–१० व्वाइज सिंगल्सतर्फ निश्चल ज्ञवालीले अर्याशराज पौडेललाई ७–६, ५–४ ले पराजित गरी उपाधि जिते । निश्चलले नगद रु ५ हजार हात पार्दा उपविजेता अर्याशले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसै गरी यू–९ गर्ल्स सिंगल्समा ताभिसी रानाले नैरा छोदेन गुरुङलाई ५–३, ४–२ ले पराजित गरी च्याम्पिनि बनिन् । उनले नगद रु ५ हजार हात पार्दा उपविजेता नैराले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै गर्ल्स ओपन डबल्सतर्फको फाइनलमा शाल्भी शेरचन र आरुषी तुलाचनको जोडीले शरिषा शेरचन र गरिष्मा गुरुङको जोडीलाई सुपरटाई ब्रेकमा १–६, ६–४ ९१०–७०ले पराजित गरेका छन् । उपाधि बिजेता शाल्भी र आरुषीको जोडीले नगद रु २० हजार र उपविजेता शरिषा र गरिष्माले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता ब्वाइज ओपन डबल्सतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको जोडी र एड्रिन र स्पन्दन उदासको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् । दर्शिल र शास्वतले यूवेन र विश्व विशेषलाई ६–०, ६–१ ले र अड्रिन र स्पन्दन उदासको जोडीले सन्दिप विक र डोजन गुरुङको जोडीलाई ६–०, ६–३ ले सेमीफाइनलमा पराजित गरे । यस्तै यू–१६ ब्वाइज सिंगल्सको फाइनलमा दर्शिल र सृजन भट्टराई आमने सामनो हुनेछन् । यू–१४ ब्वाइज सिंगल्समा डोजन गुरुङ र सन्दिप विक भिड्नेछन् । डोजनले सेमीफाइनलमा प्रफुल्ल श्रेष्ठलाई टाइव्रेकमा ६–७, ६–४ र ६–३ ले पराजित गर्दा सन्दिपले स्पन्दन उदासलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । त्यसै गरी  यू–१४ गर्ल्सतर्फ शाल्भी शेरचन र शरिसा शेरचनको जोडी फाइनलमा पुगे । यू–१२ ब्वाइज सिंगल्सतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा पुग्दा यू–९ ब्वाइजतर्फ इभान भट्टराई र कायान चालिसे  तथा यू–८ ब्वाइज सिंगल्समा कायान र जिवाश विक्रम भट्टराईको जोडी फाइनलमा पुगे । प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो ।  शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए ।  उपाधि जितेको पत्रकारको टिमले कुखुराको भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको संगीत समूहले पनि कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने, संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो ।  विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्र्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।