राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिलाले युरोपियन लिग खेल्ने
काठमाडाैं | भदौ १८, २०८१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियनल लिग खेल्ने भएकी छिन् । गोलकिपर एञ्जिलाले ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्ने भएकी हुन् ।
२९ सेप्टेम्बरबाट लिग सुरु हुँदै छ । एञ्जिलाले १ वर्षका लागि सम्झौता गरेकी छन् । यससँगै उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने दोस्रो खेलाडी बनेकी छन् । यसअघि साबित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेङगाम्फबाट दोस्रो सिजन खेल्दै छिन् ।
एञ्जिलाले यसअघि भारत र पाकिस्तानबाट पनि व्यावसायिक खेल खेलिसकेकी छन् । एञ्जिला एपीएफमा आबद्ध भएर फुटबल खेल्दै आएकी छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...