लामाचौर कप भलिबल: उपाधिका लागि पुरुषतर्फ पुलिस र एपिएफ, महिलातर्फ डायमण्ड र एपिएफ भिड्ने
पाेखरा | भदौ २०, २०८१

पोखरा: लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा लिग चरणका खेल सकिएका छन् ।
बिहिबार विहान महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो ।
राउन्ड रोविन लिगको आधारमा भएको खेलमा कुल चार टिमका सहभागिता रहेको थियो । शीर्ष दुई टिम सोझै फाइनल खेल्ने तालिका अनुसार डायमण्ड र एपिएफ यस अघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए ।
लिगको अन्तिम खेलको रुपमा रहेको यी दुई बिचको खेल फाइनल अघिको प्रशिक्षण सरह मानिएको छ । दुबै टिमले फाइनल अघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन् । एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो । उता डायमण्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो ।
हारपश्चात एपिएफ दोस्रो स्थानमा रह्यो । एपिएफको कुल ३ खेलबाट ६ अंक रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो ।
यस्तै आजै भएको प्रतिष्ठाको खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६–२४ रह्यो । दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो संगै एभरेष्टले ३ खेलमा दुइ जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यहारेको गण्डकी अन्तिममा रह्यो ।
उता पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लाग्यो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो ।
उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट ६ अंक छ । उता पुलिसको पनि ६ अंक नै छ ।
दुवै टोलीको ६–६ अंक रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १–१ सेट जिते । पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९–२५ ले पछि प¥यो ।
प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो । तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो । यो संगै गण्डकीको कुल ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।
पोखरा: लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होट...
आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्...
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञ...