कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण गरिनेछ । यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो । पुरुषतर्फको फाइनल आइतबार हुने प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् । यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ । विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
पोखरा: युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शनिबार) भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एफिएफले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे । सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट स्पाइकरबाट टेक बहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफि र नगद राशीबाट पुरस्कृत भए । कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धिरज गुरुङ, प्रायोजकले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । युनाइटेड किङ्स क्लबका अध्यक्ष धिरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अशोक थापाले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित च्याम्पियन बनेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् । यस्तै पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बाग्मतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लवकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएपm क्लवकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भईन् । पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् । त्यस्तै, पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपीएपm क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् । ७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समुहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए । यस्तै पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई र ८६ केजीमा गण्डकीका किरन वि.क.ले लुम्बिनीका प्रसन थापालाई पराजित गरे । प्रतियोगितामा विजेता बक्सरलाई नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकरी दिए । उत्कृष्ठ बक्सर गण्डकीका निश्चल गुरुङ र महिला तर्फ एपीएफकी विनिता थापामगर घोषित भए । विजेता र उपविजेता खेलाडीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, नेपाल बक्सिङ संघका केन्द्रिय अध्यक्ष राम अवाले, केन्द्रिय उपाध्यक्ष किरण श्रेष्ठ, रामबहादुर गिरी, गणेशबहादुर भट्टराई, महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघ गण्डकी प्रदेश अध्यक्ष विद्या प्रसाद मर्सानी, जिल्ला अध्यक्ष सुमनकुमार श्रेष्ठ, महानगर बक्सिङ संघका सचिव बुद्ध गुभाजु लगायतले पुरस्कार वितरण गरेका थिए । बक्सिङ च्याम्पियनसिपमा महिला तर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए । यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि २०६४ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो । खेलकुदको माध्यममार्फत पोखरालाई प्रर्वद्धन गर्न सकिन्छ: मेयर आचार्य खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका छन् । शुक्रबार पोखरामा भएको पोखरा राष्ट्रिय बक्सिङ च्याम्पियनसिप–२०८१ को उद्घाटन गर्दै उनले पोखरालाई खेलका माध्यम मार्फत अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका हुन् । पर्यटन राजधानी पोखरालाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्न यहाँ आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताहरु महत्वपूर्ण रहने उनले बताए । उनले भने, ‘नेपाललाई अन्तराष्ट्रिय प्रतिस्पर्धा, ओलम्पिकमा पु¥याउने भनेको अहिलेका विद्यालय तहका बालबालिकाले हो । त्यसैले उनीहरुको ‘ग्रुमिङ’का लागि महानगरले थुप्रै खेल गतिविधी सञ्चालन गरिरहेको छ । यस्लाई अझ व्यस्थित र भब्यरुपमा हामीले आगामी दिन सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिताले खेलसंगसंगै यहाँको पर्यटन प्रर्वद्धन हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बक्सिङ महासंघका केन्द्रिय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधीले स्तरिय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा बक्सिङ खेलको विकासमा योगदान गरेको भन्दै ओलम्पियन रामसिंह थापा, सुवेदार मेजर क्या. लोकबहादुर गुरुङ, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मानपत्र, दोसल्ला र मालाद्वारा सम्मान गरिएको थियो ।
पोखरा: पोखराको अमरसिंह स्पोर्टस् सेन्टरमा पहिलो संस्करणको भेट्रान्स (३५ प्लस) फुटसल प्रतियोगिता सुरु भएको छ । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा आज (शुक्रबार ) सेमिफाइनलको समिकरण पूरा भएको क्लबका सचिव अनुपम गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो क्वाटरफाइनल खेलमा एट टु नाइनले आयोजक स्वर्णिम एफसी हरियोलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एट टु नाइन सेमिफाइनलमा प्रवेश गर्याे । दोस्रो खेलमा गार्डेन एफसीले भाइब्रेन एफसीलाई ३–१ गोल अन्तरले हरायो । तेस्रो खेलमा नाफालाई टेन टु इलाभेनले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्याे । अन्तिम क्वाटरफाइनल खेलमा स्वर्णिम एफसी रेडले दिपेन्द्र एफसीलाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा स्थान बनायो । अब सेमिफाइनल र फाइनल खेल शनिबार हुने क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पहिलो सेमिफाइनल गार्डेन एफसी र (स्वर्णिम एफसी रेड) आयोजकबीच हुनेछ भने दोस्रो सेमिफाइनल एट टु नाइन र टेन टु इलाभेनबीच हुनेछ । कुल १६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा आज(शुक्रबार) देखि प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता सुरु भएको छ । पूर्व खेलाडीहरुबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित खेलकुदको क्षेत्रमा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा आजदेखि भेट्रान्स भलिबल प्रतियोगिता सुरु भएको हो । समाजसेवी गंगा बहादुर खड्काको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा पहिलो चरणका खेल सकिएको कार्यक्रम संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार एपिएफको टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै विश्वकर्मा समाजलाई २–० को सोझो सेटमा हराउँदै जिएम ब्रदर्श क्वाटरफाइनलमा प्रवेश गर्याे । अर्काे खेलमा छन्त्याल भेट्रान्सलाई २–० को सोझो सेटमा हरिनास भेट्रान्सले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । आँधीखोला हङकङले आयोजक बिलाई २–० को सोझो सेटमा पराजित गर्दै आँधीखोला क्वाटरफाइनमा प्रवेश गरेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अर्काे खेलमा पोखरा २० मोहरियाको अनुपस्थितिमा पोखरा भेट्रान्स वाकओभरमार्फत विजयी बन्यो । यस्तै व्यास तनहुँको अनुपस्थितिमा गलकोट र धवलागिरी टिमको अनुसस्थितिमा आयोजक बिजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । अब शनिबार पोखरा भेट्रान्स र गलकोट, जिएम ब्रदर्श र आयोजक क्वाटरफाइनलमा भिड्नेछन् । यस्तै आँधीखोला र हरिनास भेट्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । कुल १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पोखरा: काठमाडौंमा भोलिदेखि सुरु हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगका लागि गण्डकीको पुरुष टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेश भलिबल संघले खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा १२ सदस्यीय टोलि घोषणा गरेको हो । गण्डकी प्रदेश भलिबल संघले आठौं प्रधानमन्त्री भलिबल कपमा तीन भारतीय खेलाडीसमेत समावेश गरेको छ । भने, केही महिना मात्र वैदेशिक रोजगारीका लागि जापान गएका गण्डकीका खेलाडी रवि केसी टिममा फर्किएका छन् । गण्डकीको टिमा खोम प्रसाद पाण्डेय (हरि) कप्तान, मोहन उक्रपाण्डियन, रमन कुमार, सहया एन्थोनी राज सन्तोष, सुजन चोखाल, रवि केसी, हिमाल सुनारी मगर, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन दर्लामी मगर र कुञ्जन शाही छन् । यस्तै टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा सन्तोष विक रहेका छन् । जेठ १९देखि २६ गतेसम्म सञ्चालन हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिम छनोट भएका थिए । खेल तालिका
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुल र राष्ट्रिय मावि प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेको हो । टुडिखेलको बास्केटबल कोर्टमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई पराजित गर्दै विन्ध्यश्वरी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनलमा राष्ट्रिय माविले पोखरा आदर्श माविलाई हराउँदै फाइनलमा विन्ध्यश्वरीसँगको भेट पक्का गर्याे । अब उपाधिका लागि विन्ध्यश्वरी आदर्श बोर्डिङ र राष्ट्रिय मावि शनिबार भिड्नेछन् । यस्तै पुरुषतर्फ भने सेमिफाइनलको समिकरणमात्र पूरा भएको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार यही शनिबार स्पाइरल ग्यालेक्सी मावि र पोखरा आदर्श माविबीच पहिलो समिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइन राष्ट्रिय मावि र करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)बीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगितामा छात्रतर्फ विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार छात्रातर्फ प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाई क्रमश नगद रु १२ हजार, १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । छात्र तथा छात्रा दुवै विधामा सर्वाेत्कृष्ट हुने खेलाडीलाई आकर्षक ट्रफिद्वारा पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । शनिबार विहान विद्यालयस्तरी छात्र तथा छात्रा दौड प्रतियोगिताकोसमेत आयोजना गरिने पोखरा महानगरपालिका १ खेलकुद विकास समितिले जनाएको छ । विद्यालयबीचको सम्बन्ध सुदृढ हुन्छ: वडाध्यक्ष प्रधान यसअघि प्रतियोतिाको उद्घाटन गर्दै पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधानले खेलकुद स्वस्थ्य जीवनका लागि अपरिहार्य रहेको उल्लेख गरे । उनले खेलकुदमा विभिन्न विधा भएको बताउदै बास्केटबल पनि महत्वपूर्ण खेल भएको धारणा राखे । उनले प्रतियोगिताले वडाभित्रका विद्यालयबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने बताउदै खेलाडी उत्पादनमासमेत टेवा पुर्याउने उल्लेख गरे । ‘खेल आफैमा महत्वपूर्ण विधा हो । जुन मानव जीवनमा स्वस्थ्यकर जीवनका लागि अपरिहार्य छ, वडाध्यक्ष प्रधानले भने, ‘यो एउटा पाटो हो भने अर्काे पाटो खेलाडी उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले यस्ता प्रतियोगिताहरु निरन्तर भइरहन जरुरी छ ।’ उनले आमागी दिनमा पनि खेलकुदसँगै रचनात्मक कार्यक्रमहरुलाई समेत वडाले प्राथमिकताका साथ जोड दिने बताएका थिए ।
पोखरा: पोखरामा स्वर्णिम एफसीले आयोजना गर्ने पहिलो संस्करणको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । भोलिदेखि (शुक्रबार) ३५ वर्ष माथि उमेर समूहलाई लक्षित गरेर सुरु हुने फुटसल प्रतियोगिताको तयारी करिब पूरा भएको क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए । उनका अनुसार अहिलेसम्म कुल १६ टिमको दर्ता भइसकेको छ । उनले सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु ४ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको जानकारी दिए । अमरसिंह स्पोर्टस् सेन्टरमा १८ र १९ गते गरि दुई दिन सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष गुरुङले बताए । यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा क्रियाशिल युुनाइटेड किङ्स क्लबको आयोजनामा हुने प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा यही १८ र १९ गते सञ्चमलन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार अहिले १५ टिम दर्ता भइसकेको छ । सो प्रतियोगितामा दर्शकका लागि भने प्रवेश निशुल्क गरिएको छ । अनुमानित २५ बढी टिमको सहभागिता रहने सो प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने थापाले बताए । उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल जीवनलाई ताजा बनाइराख्न र आपसी भाइचारालाई कायम गर्नका लागि ३५ वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको युुनाइटेड किङ्स क्लबले जनाएको छ ।