हेमजामा ‘बिच एण्ड फिस फेस्टिभल’ हुँदैं, ‘फुटबलदेखि बल्छी हान्ने प्रतियोगितासम्म
फुटबलतर्फ उपाधि राशि ५० हजार
पाेखरा | कात्तिक ६, २०८१
पोखरा महानगरपालिका–२५ हेमजास्थित अम्मटमा ‘बिच एण्ड फिस फेस्टिभल २०८१ आयोजना गर्ने भएको छ ।
हेमजामा रहेको आर.एस.बिच क्लबले यही कात्तिक ९ गतेदेखि खुला ‘फाइभ ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।
‘आर.एस.बिच क्लबले आयोजना गरेको बिच एण्ड फिस फेस्टिभल २०८१ को अवसरमा फाइभ ए साइड फुटबल प्रतियोगिता कात्तिक ९ गतेदेखि सञ्चालन गर्दै छौँ, अध्यक्ष कार्की भने, फेस्टिभलमा बल्छि हान्ने, साइकिलिङ, फ्रि स्टाईल फुटबल र बन्जी जम्प प्रतियोगिता गर्दै छौं ।’
उनका अनुसार फाइभ ए साइड फुटबलको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कारसहित प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर र हाईस्कोररलाई पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै फ्रि स्टाइल फुटबल प्रतियोगितामा च्याम्पियन बन्ने खेलाडीले १० हजारसहित बन्जी प्याकेज र उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
घोडा दौड प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडा दौडमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै बल्छी हान्ने प्रतियोगितासमेत आयोजना गरिएको क्लबले जनाएको छ ।
अम्मट गुफाको प्रचारप्रसार एवम् प्रर्वद्धन गर्ने उद्धेश्य
आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले ऐतिहासिक महत्व बोकेको अम्मट गुफाको प्रचारप्रसारसँगै प्रवद्र्धन गर्ने उद्धेश्य रहेको बताए ।
‘हामीले अम्मटरमा रहेको एतिहासिक अम्मट गुफाको प्रचारप्रसार गर्ने हो, यहाँ साहसिक बन्जी जम्प, जीपलाइन पनि सञ्चालन रहेको छ, कार्कीले भने, ‘यस स्थानमा व्यवसायिक मत्स्यपालसँगै यस क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै व्यवसायिक खेलकुद तथा पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने उद्धेश्य रहेको छ ।’
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सद्भाव कायम गर्न आज दरबारमार्गमा जागरणसभा आयोजना गर्दैछ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन...
पोखरा महानगरपालिका २९ भण्डारढिकस्थित नयाँबस्तीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको सँयुक्त टोलीले २६ वर्षीय कपिल घिमिरेलाई लागुऔ...
काठमाडौं: मन्त्रिपरिषद् बैठकले दुई जना डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो । गुरुङ अख्त...