पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:      पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ ।  बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि सह–प्रायोजकको लागि एक समारोहका बिच सम्झौता भएको हो ।  बगर भाईखलकको तर्फ बाट अध्यक्ष दिल बहादुर गुरुङ र बैंकको तर्फबाट सिइओ हरि बहादुर बुढाथोकीले हस्ताक्षर गरेका थिए । भाईखलकको तर्फबाट प्रमुख सल्लाहकार दिनेस कुमार श्रेष्ठ र महासचिव याम बहादुर गुरुङ तथा बैंकको तर्फबाट डेपुटि सिइओ प्रकाश गुरुङ र व्यापार प्रबन्धक प्रमुख अनुप केसीको समेत उपस्थिती रहेको थियो । एक हप्तासम्म चल्ने प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर सहुमा प्रतियोगिता हुनेछन् ।  प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।   

पोखरा:    गण्डकी प्रदेश महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई पहिलो सेमिफाइनलमा ३–२ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।  गण्डकीले नेपाल पुलिस क्लबलाई २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  माघ १४ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसँगै ७ प्रदेशका गरी १० वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।

पोखरा:    पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् ।  महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो । कावासेतीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।  दोस्रो सेमीफाइनल खेलमा माछापुच्छ्रेले बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । माछापुच्छ्रेले २५–११, २५–८ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।  पुरुषतर्फको खेलमा माछापुच्छ्रेले बागलुङलाई २–० को सोझो सेटमा पाखा लगायो । माछापुच्छ्रेले २५–१४ र २५ १९ को सेटमा हरायो । दोस्रो खेलमा राम बजारले लामा अमृत फाउन्डेसनलाई सोझो सेटमा हरायो । राम बजारले २५–१९ र २५–२० को जित निकाल्यो । तेस्रो खेलमा समिर सुनचाँदीले सिक्लेसलाई सोझो सेटमै पाखा लगायो । समिर सुचचाँदीले २५–७ र २५–११ को सेटमा हरायो । चौथे खेलमा आयोजक पुन समाजले कालिका पब्लिक क्याम्पसलाई पनि सोझो सेटमै हरायो । आयोजकले २५–२० र २५–२३ को जित निकालेको हो ।  पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।  समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।  

काठमाडौं:     त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६।४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर इमरान शेखले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सोमपाल कामीले ३९ बलमा २ चौकासहित २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए । विवेक यादव १, कुशल मल्ल १५ र साहब आलमले १२ रन बनाए । गण्डकीका विपिन खत्रीले १० ओभरमा ५ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । अमृत गुरुङले ५.१ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमको नाममा १–१ विकेट रह्यो । पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेल्यो ।

पोखरा:    त्रिभुवन आर्मी फुटबल क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार २–१ ले हराउँदै आर्मी आहा राराको २३ औं संस्करणको फाइनल पुगेको हो । रसबहादुरले अतिरिक्त समयको नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। मैदानको दायाँबाट वसन्त जिम्बाले क्रस गरेको बलमा कसैको निगरानीमा नरहेका रसबहादुरले नजिकबाट हेड मार्फत गोल गरेका थिए।‌ आर्मीले शनिबार हुने फाइनलमा पाँच पटकको‌ विजेता थ्री स्टार क्लबको‌ सामना गर्नेछ। पाँचौं पटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय १-१ को बराबरीमा खेल टुंगिएको थियो। खेलमा अग्रता आर्मीले लिएको थियो। दिनेश हेन्जनले ६१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। दिनेशले झन्डै २५ कार्डबाट फ्रिकिकमा गोल‌ गरेका थिए। प्रतियोगितामा दिनेशको त्यो तेस्रो गोल हो । फाइनल अघिसम्म उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । निर्धारित समयको सकिन ५ मिनेटमा बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए। आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गरेका थिए। नेपाल पुलिस क्लबलाई‌ क्वाटरफाइनलमा १–० ले हराउँदा समिरले नै निर्णायक गोल गरेका थिए। प्रतियोगिताको फाइनल शनिबार हुनेछ। जावलाखेल युथ क्लबलाई बुधबार १-० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो। सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

पोखरा:    बगर भाइ खलकको आयोजनामा हुने दोस्रो हिमालयन ब्रअरी तथा तेहौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा कुल ३६ टिमको सहभागिता रहेको छ ।  आगामी आइतबारदेखि पोखरा १ टुडिखेल मैदानमा हुने एट ए साइड फुटबल प्रतियोगिताको तीन विधामा गरी ३६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरि तीन उमेर समुहमा प्रतियोगिता हुनेछन् ।  ‘हामीले यस पटक तीन उमेर समूहको प्रतिस्पर्धा गर्दैछौ । प्रतियोगिताको मुख्य उदेश्य भनेको ग्रास रुट फुटबल खेलाडी उत्पादन गर्नु हो’ उनले भने, ‘ग्रास रुटको विकासमा बुढाहरुको फुटबल किन भनियो भने बुढाहरु त खेल्दा रहेछन हामी पनि खेल्नुपर्छ भन्ने भावना जगाउन भेट्रान फुटबलको आयोजना गरेका हौं’ उनले भने । उनले तीन विधामा आयोजना हुने प्रतियोगितामा ५० वर्ष माथिको भेट्रानमा कैलालीको टिमबाट गण्डकीका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ेले सहभागिता जनाउनेछन् ।  सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्व राष्ट्रिय खेलाडी सम्मानबाट यसपटक शम्भु केसीलाई सम्मानित गर्ने भएको छ । राखेपका पूर्व प्रशिक्षक समेत रहेका कृसी वरिष्ठ प्रशिक्षक हुन् ।   प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४० वर्षमाथिमा २३ टिमको सहभागिता रहेको छ । ५० वर्षमाथि उमेर समूहको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । ५० वर्षमाथिमा ९ टिमको सहभागिता रहेको छ । ६० वर्षमाथिको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उक्त विधामा ४ टिमको सहभागिता रहेको छ भने, तीनै विधाका म्यान अफदी म्याचले भने ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  एक हप्तासम्म चल्ने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्रा.लि रहेको छ । सह–प्रायोजकको रुपमा बगर भाइ खलक युके रहेको छ । विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पोखरासहित भारतको देहरादु, काठमाडौं, ललितपुर, चितनव, सिरहा, हेटौडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ । बगर भाइखलकले २०६८ सालदेखि निरन्त भेट्रान फुटबल संचालन गर्दै आइरहेको छ ।   

पोखरा:    पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ । आहा! रारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । 

पोखरा:    पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् ।  पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो ।  दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो ।  यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो ।  यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो ।  जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।  समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रीस्टारक्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै  फाइनलमा स्थान पक्का गरेको हो ।  थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई गोलमा परिणत गरेका हुन् ।  थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा! राराको उपाधि जितेको छ । थ्रीस्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । भोलि अन्तिम सेमिफाइनल अन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।