वाटर स्पोर्टस् नेपाललाई प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिताको उपाधि
पाेखरा | चैत १२, २०८०
पोखरा: नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता पूर्वक सम्पन्न भएको छ ।
प्रतियोगिताको ५ सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद रु २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा नारा पोखरा द्धितिय र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु १ लाख र रु ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले नगद रु।२५ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको २ सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मच्त्छ्य सहकारी समूह तेस्रो भएको छ । खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । २ मिटर तर्फको विजेताले नगद रु १ लाख, उपविजेताले रु।७५ हजार, तेस्रोले रु।४० हजार प्राप्त गरेको छ ।
यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ । वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् ।
पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह(आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस् सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।
पोखरामा रहेका आकर्षक तालहरूको संरक्षण तथा सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिका योजनाबद्ध ढङ्गले लागिरहेको बताउँदै उहाँले खास्टे र न्युरेनी तालको विकास तथा संरक्षणका लागि डिपिआर समेत भएर प्रक्रियामा अघि बढेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माणमा समेत महानगर योजनाबद्ध रूपमा लागिरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा वाटर स्पोर्टस्को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपालको पर्यटन राजधानी पोखरामा प्रत्येक वर्ष राष्ट्रिय स्तरको ड्रागन डुङ्गा दौड प्रतियोगिता आयोजना गर्ने र प्रत्येक २–२ वर्षमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसअघि नै जनाएको प्रतिबद्धतामा महानगरपालिका प्रतिबद्ध रहेको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

