पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा मालेपाटन युुथ क्लबले मसिना बगरलाई २–१ गोलको अन्तरले पराजित गर्याे ।   यस्तै दोसो खेलमा म्याक्सवेल पोखराले चाउँथे एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै म्याक्सवेल अघिल्लो चरणमा प्रवेश गर्याे ।   तेस्रो खेलमा एट टु नाइनले मेरो नेपाललाई १–० गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे ।    यस्तै चौथो खेलमा तारा एफसीले पसगाउँ एफसीलाई ४–० गोल अन्तरले पाखा लगायो ।   भिमकाली टिम ‘बि’ र एपेक्स क्लब काँडेबीच भएको पाँचौ खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा एपेक्सले भीमकालीलाई ५–४ गोल अन्तरले पराजित गर्याे ।    छैटौं खेलमा नमस्ते ब्रदर्शले डक्टरर्स टिमलाई ५–० गोलको फराकिलो अन्तरले नमस्ते ब्रदर्श विजयी बन्यो ।   क्लबका अनध्यक्ष असिम थापाका अनुसार आज २ वटा दोस्रो चरणका खेल सम्पन्न भएको छ । उनका अनुसार दोस्रो चरणको पहिलो खेलबाट मेनीमोरले भदौरे क्लब टिम ‘ए’लाई ३–० गोल अन्तरले पराजित गर्दै मेनीमोर प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।   नदीपुर युनाइटेड र शुक्लागंगा क्लब हेमजाबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समया सकिएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै नदीपुर प्रिक्वाटरफाइनलमा स्थान बनायो ।    अध्यक्ष थापाले शनिबार पनि दोस्रो चरणकै ८ खेल सञ्चालन हुने जानकारी दिए । दोस्रो चरणको खेलबाट विजयी टिम प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । सो प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।   सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।    

काठमाडौं:    नेपाली महिला क्रिकेट टोलीको ८ वर्षपछि एसिया कप खेल्ने सपना अधुरै भएको छ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सपना सकिएको हो । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनायो । ११६ रनको विजयी लक्ष्य मलेसियाले ६ विकेट गुमाएर भेट्टायो । मलेसियाको जितमा इल्सा हन्टरले ६९ रन बनाइन् । नेपालकी कबिता जोशीले दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले २९ रन बनाउँदा डली भट्टले २४ रन बनाइन् । मलेसियाको जितसँगै एसिया कप खेल्ने टिमको टुङ्गो लागेको छ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा युएईले थाइल्यान्डलाई ४ रनले हराउँदै एसिया कपमा छनोट भएको थियो । अब एसिया कप वुमन्स प्रिमियर कपको फाइनलमा युएई र मलेसिया खेल्नेछन् । एसिया कपमा भने मलेसिया र युएईसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो ।

पोखरा:     नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको छ । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् । मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ । जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५,  १० किमी पुरुतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ । म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । १० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् । पत्रकार सम्मेलनमा अध्यक्ष हरि प्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार पछिल्लो समय पोखरा म्याराथनलाई साथ दिनेहरुको संख्यामा वृद्धि भइरहेको छ । पोखरा म्याराथनलाई साथ दिन स्वस्फुर्तरुपमा सहयोगिहरु आइरहेको उनले बताए । रुट परिवर्तन पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ ।  यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित ल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ । म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रा।लिको सफल दुधले गरेको छ । यस्तै गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, पोखरेली मञ्च युके, नेपाली समाज अस्टे«लिया तमुधी युके, गैर आवासिय नेपाली संघ, ब्रिटिश कलेज, वि विल राइज फाउन्डेसन, रोटरी क्लब ३२९२, डायमण्ड बुद्धिस्ट सेन्टर युके, तमु समाज युके, बगर भाइखलक युके, कृषि विकास बैंक लि।, लगायतको प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्र्धन गर्नेछ । सम्पन्न पत्रकार सम्मेलनमा खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नविन पोखरेलले बताए । उनले भने–“हामी संग मार्केटिङको एक रणनिती हुन्छ हामी त्यही अनुसार काम गछौं । हाम्रो सोच पनि विदेशका भएका नेपाली मार्फत देशको पर्यटन प्रवर्द्धन गर्नका लागि सन्देश दिने हो । तर त्यो काम आज पोखरा म्याराथनले गरेको छ ।” सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए । कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गरे । त्यस्तै पोखरेली मञ्च युकेले गैर आवाशिय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित रकम करिव १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे भने बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरे । कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चबाट स्पेसियल अवार्डबाट सम्मानित हुने मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई दिएका थिए । कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गीतका रचयिता आरजु विष्ट सल्यानी र यूवा गायक बिनोद बानियालाई सम्मान गरिएको थियो । 

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (बिहीबार) ८ खेल सम्पन्न भएका छन् ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा लामागाउँ टिम ‘बि’ र नयाँगल्लीबीच आज भएको पहिलो खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा लामागाउँ ‘बि’ले ३–२ गोलको अन्तरले पराजित गर्याे ।   यस्तै दोसो खेलमा लामागाउँ टिम ‘ए’ ले हाम्रो एफसीलाई ३–१ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।  तेस्रो खेलमा मण्डलाले प्रदेश सभा टिमलाई ५–० फराकिलो गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे ।    यस्तै चौथो खेलमा रत्नसमाज क्लबले मिलनटोललाई १–० गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा स्थान बनायो ।    पाँचौ खेलमा एलसी ब्रदर्शले आकुरा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे ।    पिपलडाली युवा क्लब र रिभान युनाइटेडबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–१ गोल अन्तरले पिपलडाली विजयी बन्यो ।     बाँनिया ब्रदर्श र पाखुरीकोटबीच भएको सातौ खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–२ गोल अन्तरले बानियाँ ब्रदर्श विजयी बन्यो ।   यसैगरी आज भएको अन्तिम खेलमा बिटी क्लबलाई पोखरा म्युजिक हाउसले ३–० गोल अन्तरले पराजित गर्दै पोखरा म्युजिक हाउस अघिल्लो चरणमा प्रवेश गर्याे ।   शुक्रबारपनि पहिलो चरण अन्तरगतकै ८ खेल हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।    उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।   प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।  

काठमाडौं:    आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ । २०२० देखि ओडीआई खेल्दै आएको नेपालको घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै कम स्कोर बनाउने क्रममा ४१।१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो । यसअघि ओडीआईमा नेपालको कीर्तिपुरमा सबैभन्दा कम योगफल २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध १७९ रन थियो । नेपालको ओडीआई इतिहासकै सबैभन्दा कम योगफल भने २०२२ मार्चमा दुबईमा युएईसँग १०३ रन थियो । २०२३ को एसिया कपमा पाकिस्तानसँग मुल्तानमा १०४ रनमा नेपाल अल आउट भएको थियो । २०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अल आउट भएको थियो । विन्डहोकमा २०२२ मा स्कटल्यान्डसँग ११९, दुबईमा २०२२ मा युएईसँग १२० तथा २०२२ जुलाईमा स्कटल्यान्डसँग १२८ रनमा अल आउट भएको थियो । समग्रमा यो नेपालको सातौं कम योगफल हो । यो खेलमा नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाउँदा नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।

काठमाडौं:     नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध १ सय ३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो । विहीबार टियु क्रिकेट मैदानमा कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए । नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २÷२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए । ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक ९खेलको पहिलो बलमा विकेट० आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए । ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे । लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३(३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१(४ को स्थितिमा पुग्यो । त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे । लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४(७ को अवस्थामा पुग्यो । ३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए । एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।

काठमाडौं:    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग–२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ । गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए । नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ । नेपालको टोली:   रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ नामिबियाको टोली:   जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर

पोखरा:  बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् ।   पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।   बेलिजको जीतमा राकेश राईले ह्याट्रिक ​पूरा गरे भने दिपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे ।    क्लबका सचिव रेशम सापकोटाका अनुसार आज भएको दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतीकले १–० गोल अन्तरले हरायो । दिव्यज्योतीको जीतमा मन्जित थापाले निर्णायक गोल गरे ।   तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४÷१ गोल अन्तरले सहज जीत निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए ।    चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्याे । कमलपोखरीको जीतमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे ।     पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जीतमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशिष गुरुङले २ गोलको योगदान दिए ।   यसैगरी छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।    रामघाट क्लब र गार्डेन एफसीबीच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउदै रामघाट दोस्रो चरणमा प्रवेश गर्याे ।   बुधबारपनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सम्पन्न हुने प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ । 

काठमाडौं:     कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो । ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।  नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।  यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३(१३ रन जोडे ।  कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई(दुई विकेट लिए । नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।