भोलिदेखि पोखरामा विद्यालयस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता

पाेखरा | बैशाख १४, २०८१

भोलिदेखि पोखरामा विद्यालयस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता

पोखरा:   पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा भोलि (शनिबार) देखि पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

 

सो प्रतियोगिता आगामी २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए ।

 

उनका अनुसार सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्य लिइएको छ ।

 

प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । 

 

सहभागि टिमलाई ३ समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए । 

 

प्रतियोगितामा सहभागि विद्यालयले कम्तिमा पनि दुई खेल खेल्न पाउने छन् । लिग चरणमा शिर्षस्थान हाँसिल गर्ने हरेक समुहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ ।

 

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरि हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगितालाई  कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गरेको छ ।

 

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्