पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:      पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्षमाथि र ६० वर्षमाथिको फाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्नसँगै फाइनल समिकरण पुरा भएको हो ।  पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको पहिलो सेमीफाइनल खेलमा जोरपाटी भेट्रान काठमाडौंले टाइव्रेकरमा ५–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । दोस्रो खेलमा नागस्वेती भेट्रान हेटौडाले ठमेल भेट्रान काठमाडौंलाई १–० ले हराउँदै फाइनलमा जोरपाटीको भेट पक्का गरेको हो । यी दुई बिचको फाइनल शनिबार हुनेछ ।  ६० वर्षमाथि उमेर समूहको सेमीफाइनल खेलमा बगर भाइखलक रातोले युके मास्टर उत्तरखण्ड भारत सेतोलाई ३–१ ले हरायो । बगरको जितमा आनन्द रञ्जीले दुई तथा दिशेन कुमार श्रेष्ठले एक गोल गरे । भारतका लागि विमल पासवानले एक गोल गरे ।  दोस्रो सेमिफाइनल खेलमा युके मास्टर उत्तरखण्ड भारत पहेँलोले बगर भाइखलक सेतोलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो  । त्यअघि निर्धारित समयको खेलमा भारतका लागि लक्ष्मण सिंहपातले दुई गोल गरे भने, बगरका लागि शम्भु केसी र विदुर विष्टले एक गोल गरे । भोलि (शुक्रबार) बगर रातोले उपाधिका लागि भारत पहेँलेको सामना गर्नेछ । बिहिबारनै ५० वर्षमाथिको क्वाटरफाइनल खेलमा बानेश्वर फ्रेन्डसिप थापा गाउँले फ्रिडम धोलारटी ललितपुरलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । वानेश्वरको जितमा शसी गौतम र प्रविर केसीले गोल गरे भने, धोलारटीका लागि तेज बहादुर मगरले एक गोल गरे ।  दोस्रो खेलमा बगर भाइखलकले बुटवल भेट्रानलाई ४–० ले हरायो । बगरको जितमा दिपक पुनले दुई तथा धन कुमार गुरुङ र दलबहादुर गुरुङले एक–एक गोल गरे ।  तेस्रो खेलमा कैलाली भेट्रानले चितवन भेट्रानलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा कैलालीका लागि डम्बर विक्रम शाह र चितवनका लागि मनोज लामाले गोल गरेका थिए ।    

पोखरा:    गण्डकी प्रदेश सरकार र नेपाल र्‍याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्‍याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्‍याफि्टङ  तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो ।  पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्‍याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए ।  ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्‍याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं । उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्‍याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्‍याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ ।  एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ ।  यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।   

काठमाडौं:    एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।  नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकिनन् । किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा  अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

काठमाडौं:    तीन खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय २५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको हो ।    नेपालका लागि ओपनर कुशल भुर्तलले ६२ रनको अर्धसतकीय इनिङ्स खेले । उनले ५८ बलमा नौ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले १० रन बनाए ।  बलिङमा क्यानडाका उदय भगवानले ३, साद विन जफर र इश्र्वारजोत सोहीले २÷२ तथा साहित अमदजाई र हर्स थाकेरले १÷१ विकेट लिए । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ । 

पोखरा:     पोखरामा फागुन ५ गते हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई आकर्षण बनाउन विभिन्न जात–जातीको मौलिक सांस्कृतिक भेषभुषा तथा बाजागाजासहित धावकहरुलाई स्वागत गरिने भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने म्याराथनका लागि विभिन्न चोकहरुमा रहेर सांस्कृतिक रुपमा स्वागत गर्ने तमु धिँ नेपाल र वडा ३ का विभिन्न संघ संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् । छुट्टा–छुट्टै सम्पन्न क्रममा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणलाई भव्य बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरामा तमु धिँ नेपाल र वडा नं ३ मा छुट्टा–छुट्टै भेला र छलफल सम्पन्न भएको मञ्चले जनाएको छ । पोखरा महानगर वडा नं ३ मा भएको विभिन्न समूह तथा संस्थाहरुसँगको छलफल कार्यक्रममा बोल्दै वडा नं ३ का वडाअध्यक्ष प्रकाश मान उदासले आफ्नो वडाभित्र पर्ने रुटमा सांस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले वडाको पहिचान गर्ने अवसर मिल्ने हुँदा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थालाई मौलिक विविध बाजा तथा सांस्कृति झ्याकिसहित उपस्थिति हुन अनुरोध गरे । अध्यक्ष उदासले वडामा रहेका फरक फरक जातजातीका मौलिक बाजाहरुको धुनले धावकलाई उर्जा थप्ने काम गर्ने हुँदै सफल पोखरा म्याराथनलाई आफ्नो वडामा स्वागत गर्ने बताए । विधता पौरखी केन्द्रकी अध्यक्ष शान्ति उदासले पोखरा म्याराथनमा सबै आमा समूह, युवा क्लब तथा टोल विकास संस्थाले आफ्नो वडा भित्र रहेको विविध मौलिक सांस्कृतिक पहिचानसहित धावकलाई स्वागत गर्ने सुनाइन् । उनले आफुहरुले फरक–फरक संस्कृति झल्कनेगरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । संघ संस्था समन्वय संयोजक शम्मर बहादुर श्रेष्ठले आ–आफ्नो ब्यानरसहित स्वागत गरिदिन आग्रह गरे । यस्तै तमु धिँ नेपालको मुख्य कार्यालय पोखरा नयाँबजारमा भएको छलफलमा तमु धी नेपालका अध्यक्ष हुम तमुले म्याराथनको रुटमा पर्ने गुरुङ समाजले जातीय पहिचानसहितको मौलिक बाजाले धावकलाई स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनमा आफ्नो संस्कृति देखाउँदा संसारमा फैलने उनले सुनाए । तमु धीको तर्फबाट म्याराथनको रौनक बढाउन रन फर फनमा समेत सहभागी हुने उनले बताए । तमु धिँ मा सम्पन्न कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनका विभिन्न पक्षहरु बारे चर्चा गर्दै सबैलाई म्याराथनमा सहभागिता जनाउन आग्रह गरे । उनले भने–“यो विशेष एक संस्थाको मात्रै कार्यक्रम होइन । यो समग्र पोखरेलीहरुको कार्यक्रम हो । म सबैलाई फागुन ५ गते आयोजना हुने पोखरा म्याराथन सफल बनाउन आग्रह र आह्वान गर्दछु ।”

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ ।  बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ ।  ४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १–० को अग्रता लिएको बगरले थप गरिएको अतिरिक्त तीन मिनेटमा गोल खाँदै १–१ को बराबरीमा पुगेको थियो ।  दोस्रो क्वाटरफाइनल खेलमा जोरपाटी काठमाडौंले हेटौडा भेट्रानलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । अब जोरपाटीले सेमीफाइनलमा एक्स वारियरको सामना गर्नेछ ।  तेस्रो क्वाटरफाइनल खेलमा नागस्वेती भेट्रानले थापा गाउँ भेट्रानलाई ३–२ ले पाखा लगाएको छ । अन्तिम क्वाटरफाइनल खेलमा ठमेलले चावहिल भेट्रानलाई ५–१ ले हराउँदै नागस्वेतीसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा तीन विधाका खेलहरु भइरहेको छन् । ४० वर्ष उमेर समूहमाथि, ५० वर्ष उमेर समुह माथि र ६० वर्ष उमेर समूह माथिको खेल भइरहेको छ । बुधबार नै भएको ५० वर्षमाथिको प्रिक्वाटरफाइनलमा फ्रिडम धोलाहिटीले कुपण्डोल भेट्रानलाई ३–० ले पाखा लगाएको छ । सोही विधाको क्वाटरफाइनल खेलमा संगम भेट्रानले हेटौडा भेट्रानलाई ४–२ ले पाखा लगायो । भोलि तीन क्वाटरफाइनल खेल हुनेछन भने ४० वर्षमाथिको सेमीफाइनल खेल समेत हुनेछ । यस्तै ६० वर्षमाथिको सेमीफाइनल समेत भोलिनै हुने आयोजकले जानकारी दिएको छ । 

पोखरा:    नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो । एनआरएनएको तर्फबाट एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले  हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ । सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले।रि।चन्द्र गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताए । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उनको भनाई थियो ।

पोखरा:     पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार सात खेल सम्पन्नसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो ।  पोखरा १ टुडिखेल खेलमैदानमा ४० वर्ष माथि उमेर समूहको प्रिक्वाटरअन्तरगत मंगलबारको पहिलो खेलमा ठमेल भेट्रान काठमाडौंले फ्रिडम फाइटरलाई ५–३ ले हरायो । ठमेलका लागि नगेन्द्र देवानले ह्याट्रिक गरे । टासी छिरिङ र नविन न्यौपानेले एक–एक गोल गरे । फ्रिडमका लागि विकर्ण श्रेष्ठले दुई तथा धनविर चौधरीले एक गोल गरे ।  दोस्रो खेलमा चिया पपले थापागाउँ भेट्रानलाई २–१ ले हरायो । मित्र बहादुर बस्नेत र सन्तोष नेपालीले एक–एक गोल गरे । थापा गाउँका लागि नारायण कार्कीले एक गोल गरे ।  निकै रोमाञ्चक बनेको तेस्रो खेलमामा नागस्वेती हेटौडाले संगम भेट्रान पोखरालाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी हुँदा सडनडेथमा पुगेको थियो ।  चौथो खेलमा चावहिल काठमाडौंले कुमण्डोल ललितपुरलाई २–१ ले हरायो । चावहिलको जीतमा पासाङ शेर्पाले दुई गोल गरे भने, कुमण्डोलका लागि रमेश सिकेमानले एक गोल गरे ।  पाँचौ खेलमा आयोजक बगर भेट्रानले एमएमभी पाँचथरलाई टाइब्रेकरमा २–० ले हरायो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।  छैटौं खेलमा जोरपाटीले चितवन भेट्रानलाई १–० ले हरायो । जोरपाटीको जीतमा सुमन मोक्तानले गोल गरे । दिनको अन्तिम खेलमा हेटौडाले नाइटकिंग काठमाडौंलाई टाइब्रेकरमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । प्रतियोगितामा भोलिदेखि क्वाटरफाइनलका खेल सुरु हुनेछन् ।  

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् ।  बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे ।  दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले दुई तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान एक÷एक गोल गरे ।  निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्श बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुङले गोलगर्दा खेल बराबरीमा सकिएको थियो ।    चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक÷एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक÷एक गोल गरे ।  पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तरगत भोलि प्रिक्वाटरफाइनलका सात खेल हुनेछन् ।