फोर्टी फाइभ प्लस भेट्रान: उपाधिका लागि ढोलाहिटी र हेटौडा भिड्ने

पाेखरा | चैत २८, २०८०

फोर्टी फाइभ प्लस भेट्रान: उपाधिका लागि ढोलाहिटी र हेटौडा भिड्ने

पोखरा:   पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटी फ्रीडम र हेटौडा भेट्रान भिड्ने भएका छन । 


प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रीडमले फाईनल यात्रा तय गरेको हो । 


खेलमा ढोलाहिटीको तर्फबाट तेज बहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । 


खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो । 


त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रानलाई पाखा लगाउदै हेटौडा भेट्रानले फाइनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा  म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्