एसिसी प्रिमियर खेल्ने नेपाली टिम घोषणा
काठमाडाैं | चैत २७, २०८०
काठमाडौं: ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ ।
एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन ।
प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।
हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।
नेपालको टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

