पोखरा: पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । ‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शुन्यप्राय छन् । कुनै पनि खेलको विकासका लागि पहिले त्यसको ग्राउण्ड लेभलबाट नै सुरु हुन जरुरी छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यायलस्तरीय क्रिकेट प्रतियोगिताको रुपमा हामीले यो अवधारणा प्रस्तुत गरेका हौं ।’ यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् । १२ विद्यालयलाई ४ समुहमा विभाजन गरेर लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ । बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालयस्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए । प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भएपनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ । ‘चाहेर पनि विद्यालयहरुले विद्यालयस्तरमा क्रिकेट खेलको प्रतियोगिता भइरहेको छैन’, उनले भने । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस पोखराका अपरेशन म्यानेजर रमेश बाँस्तोलाले क्रिकेटको विकासमा सदैव साथ दिने प्रतिबद्धता जनाए ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय ¥याफ्टिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए । यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ । प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । त्यसै गरी ¥याफ्टिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । डाउन रिभर र स्लालम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे । कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो ।
पोखरा: पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा आजदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे । बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे । काठमाडौंको जीतमा करण खड्काले निर्णायक गोल गरे । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले नयाँ खेलाडी उत्पादन गर्नमा प्रतियोगिताले भूमिका खेल्ने धारणा राखे । विगत लामोसमयदेखि निरन्तर रुपमा आयोजना हुदै आएको प्रतियोगिताले पोखराको फुटबलको विकासमा ठुलो टेवा पुर्याएको सांसद बरालले बताए । उनले १७ औं संस्कणसम्म एउटै प्रतियोगिताले निरन्तरता पाउनु पछाडि आयोजक संस्थाको अतुलनिय सँघर्ष भएको उल्लेख गर्दै खुलेरै प्रशंसा गरे । उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझाव दिदैं उनले आफ्ना तर्फदेखि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । आगामी १० गते सञ्चालन हुने सो प्रतियोगितामा ५६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अुनसार उनका अुनसार फागुन २ गते पहिलो चरणकै ८ खेल हुनेछन् । (फागुन २ गते हुने खेलतालिका) सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । तियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८÷८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ । १६ औं संस्करणकौ बिटी कपको उपाधि पोखरेली क्लब गन्नी एफसीले जितेको थियो ।
काठमाडौं: नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो । नेपालले प्रस्तुत गरेको २ सय २८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन जोड्दै अलआउट भयो । माल्दिभ्सका लागि कप्तान सिमय बिन्तले सर्वाधिक ८ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ४ विकेट लिंदा पुजा महतो र रुविना क्षेत्रीले ३/३ विकेट लिए । त्यसअघि रुविनाको शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् । ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् । पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल ट१(४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो । त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे । नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोल्न सकेन ।
काठमाडौं: नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् । रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो । नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् । ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् । पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल ६१–४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो । त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे । नेपाल २ खेलमा ४ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोलेको छैन ।
पोखरा: कास्की रुपा गाउँपालिकाले स्थापना दिवसमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ । गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,झाँकी प्रदर्शनी र माला प्रतियोगिता आयोजना गरेको बताए । ‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष ओझाले भने, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै रुपा रत्न पुरस्कार वितरण गरेर मनाउँदै छौं ।’ उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५०, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । यस्तै कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले स्थापना दिवसमा विभिन्न जातजातिको झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरेको छ । रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्र्षको भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए । झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ । मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्याफटिङ संघका मुख्य प्रशिक्षक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उक्त प्रतियोगिता अन्तर्गत आज (मंगलबार) ड्राउ रिभर रेस र र्याफटिङतर्फको स्लालम हुने छ । आज सम्पन्न हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए । र्याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।
पोखरा: गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापामगरको स्मृतिमा स्याङ्जाको चापाकोटमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक राजन दलार्मीले जानकारी दिए । दर्लामीले आगामी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने दोस्रो चापाकोट महोत्सवमा स्वर्गीय थापामगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक दर्लामीले बताए । ‘गण्डकी प्रदेशका भलिबल खेलाडी सन्तोष थापामगर भलिबल प्रतियोगिता खेलेर गत कात्तिकमा घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर निधन भयो’, प्रतियोगिता संयोजक दर्लामीले भने, ‘प्रदेशले महत्वपूर्ण भलिबल सदस्य गुमाएको छ । त्यसैले सन्तोषको सम्झनामा हामीले चापाकोट महोत्सवको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ उनका अनुसार चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा हुने सो प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुद छ । फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।